default_image

General

January 7, 2023

गुप्त एसियाली भारोत्तोलनमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भारोत्तोलन संघका प्रथम उपाध्यक्ष पार्थ सारथी सेन गुप्त एसिायली भारोत्तोलन संघको कार्यकारी समितिको सदस्यमा निर्वाचित भएका छन् । ४४ राष्ट्रका मतदाता मध्ये गुप्त ३८ मतसहित सदस्यमा निर्वाचित भएको भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाएका छन् । यसअघि गुप्त एसियाली भारोत्तोलन संघअन्तर्गत प्राविधिक कमिटीका सचिव थिए । पुस २१ […]

January 7, 2023

टेनिस टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१४ डेभलपमेन्ट च्याम्पियनसिपको दक्षिण-दक्षिण पूर्वी-पूर्वी एसिया क्षेत्रीय छनोट प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । जनवरी ९ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा २–२ ब्वाइज– गल्स खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । ब्वाइजमा दर्शिल श्रेष्ठ र निशाद जोशी तथा […]

January 7, 2023

सन्तोषीलाई कखराको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – कखरा प्रि स्कूलले १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता धाविका सन्तोषी श्रेष्ठलाई शनिबार नगदसहित सम्मान गरेको छ । नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भए बापत कखराले आफनो वार्षिक खेलकुद दिवसको अवसरमा सन्तोषीलाई सम्मान गरेको हो । धादिङकी सन्तोषीले नेपालमै भएको १३ औं सागको एथलेटिक्सतर्फ महिला १० हजार […]

January 6, 2023

टिप टप हेल्प नेपालमा तीन पाकिस्तानी खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानी राष्ट्रिय टोलीका तीन खेलाडीलाई समेट्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले आइतबारदेखि राजधानीमा सुरु हुने सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको लागि टोली घोषणा गरेको छ । हेल्प नेपालले १२ सदस्यीय टोली घोषणा गरेको हो । अलराउन्डरमा सन्जु विक्रम शाह र यू२३ भलिबल टोलीका सदस्य विष्णु […]

January 6, 2023

बिच भलिबल टोलीलाई उपराष्ट्रपति पुनको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – गत साता सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला बिच भलिबल च्याम्पियनसिपमा रजत पदक जित्न सफल खेलाडीसहितको टोलीलाई उपराष्ट्रपति नन्द किशोर पुन ‘पासाङ’ ले बधाई दिएका छन् । उपराष्ट्रपति पासाङले बिहीबार आफ्नै कार्यकक्षमा भेट गरी सफलताका लागि बधाई दिएका हुन् । बंगलादेशको कक्स बजारमा गत सम्पन्न च्याम्पियनसिपमा नेपालको पुरुष […]

January 5, 2023

रामेछापमा प्रदेश स्तरीय पुरुष भलिबल हुने

रामेछाप (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको आयोजनामा रामेछापको मन्थलीमा नेकोस बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता आगामी माघ ४ देखि ७ गतेसम्म सदरमुकाम मन्थलीमा हुन लागेको महासंघका बागमती प्रदेश अध्यक्ष सीताराम कार्कीले जानकारी दिए । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल […]

January 4, 2023

नेपाल टि२० लिग प्रकरण – राखेपद्वारा ५ सदस्यीय छानबिन कार्यदल गठन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले काठमाडौंमा जारी नेपाल टि२० लिग प्रकरणबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । परिषद्को कार्यकारी समितिको बुधवार बसेको बैठकले सत्य तथ्य छानविन गरि १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन राखेपले कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको हो […]

January 4, 2023

सुनिल र नीमा सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – मनकामना डोजोका सुनिल समाल र च्याम्पियन मार्शल आर्टकी नीमा तामाङ दोस्रो उमा राष्ट्रिय खुला कराते प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । सुनिल र नीमा दुवै आ–आफ्नो तौल समूहका स्वर्ण विजेता हुन् । चावहिलस्थित स्मार्ट प्यालेसको हलमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन बुधबार ९ स्पर्धाको फाइनल खेल सन्चालन भएको थियो । जसमा पुरुषतर्फ […]

January 4, 2023

सोतोकान कराते टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – भारतको कोलकातामा हुने ३१ औं खुला अन्तर्राष्ट्रिय सोतो कपमा सहभागी हुने टोलीलाई बुधबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाई गरे । जनवरी ७ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा ५६ खेलाडीले विभिन्न स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । नेपाल सोतोकान कराते संघका महासचिव […]

January 4, 2023

क्योकुसिन टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाल इन्टरनेसनल क्योकुसिन कराते संघको टोली बिहीबार भारतको गुहाटी प्रस्थान गर्दैछ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । संघका महासचिव एवं ब्रान्च चिफ प्रेमनाथ श्रेष्ठको नेतृत्वमा १५ खेलाडीसहित २१ सदस्यीय टोली भारत […]

Success

Thank you for your time.