March 3, 2018
काठमाडौं (हाम्रो खेलकुद ) – आयोजक कुमारी फुटसलको प्रथम कुमारी महिला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । पक्नाजोलस्थित कुमारी फुटसलमा शनिबार भएको प्रतियोगिताको फाइनलमा आयोजक कुमारी फुटसलले लेडी लायन्सलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । कुमारीको जितमा मनिषा थापामगरले दुई तथा प्रिति राईले एक गोल गरिन् । लेडी लायन्सका बिमला […]
February 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कुमारी फुटसलको आयोजनामा प्रथम कुमारी महिला फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक कुमारी फुटसलले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक दिने प्रतियोगिता हुने जानकारी गराएको हो । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा विभिन्न १६ क्लबले सहभागिता जनाउने कुमारी फुटसलका राजन लाल महर्जनले जानकारी गराए । आवेदन खुलाएपछि पहिला […]
February 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राज महर्जनलाई निरन्तरता दिदै नेपाल फुटसल व्यवसायी संघको पहिलो साधारण सभा सम्पन्न भएको छ । शनिबार धन्ययन्तरी फुटसलमा भएको प्रथम वार्षिक साधरण सभाले तदर्थ समितिका राज महर्जनकै नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्षमा हरि खड्का, महासचिवमा मदन कोइराला, सचिवमा राजन लाल महर्जन र कोषाध्यक्षमा सम्राट […]
February 23, 2018
बुटवल (हाम्रो खेलकुद) – देवदह जेसिजले अन्तर जेसिज फुटसल उपाधि जितेको छ । बुटवल योगीकुटीमा रहेको लुम्बिनी फुटसल एरिनामा शुक्रबार सुनवल जेसीजलाई टाइब्रेकरमा २–१ हराउँदै देवदले उपाधि जितेको हो । निर्धारित समयमा ४–४ गोलको बराबरी पछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । कपिलवस्तु जेसिजलाई हराउँदै तिलोत्तमा जेसिज तेस्रो भयो । ४–४ बराबरीपछि टाइब्रेकरमा तिलोत्तमा […]
February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल इन्भेष्टमेन्ट बैंकको आयोजनामा अन्तर बैंक फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर अन्तर बैंक फुटसल प्रतियोगिता फागुन ४ गते हुने जानकारी गरायो । बैंक बैंकबीच आपसी सम्बन्ध प्रगाढ बनाउन बैंकको ३२ औं वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको बैंकको […]
December 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– श्री गणेश खुकुरी एफसीले दोस्रो ब्रदर्श कप फुटसल प्रतियोगियोगिताको उपाधि जितेको छ । आयोजक फुकोउका ब्रदर्शलाई शनिबार २–० ले हराएर गणेश खुकुरी एफसीले उपाधि जितेको छ । प्रतियोगितामा सनसाइन टोकियो तेस्रो भएको छ । सनसाइनले एफएनएस कुरुमेलाई ४–१ ले हराउँदै तेस्रो स्थान प्राप्त गरेको जापानबाट प्रदीप राईले जानकारी दिएका छन् । विजेता […]
November 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स कलेजले प्रथम अल्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ । शंखमुल फुटसलमा आज भएको फाइनलमा आइडियल इङ्लिस स्कुललाई टाइएब्रेकरमा ५–४ ले हराउँदै उपाधि जितेको हो । निर्धारित ३० मिनेटमा खेलमा १–१ को बराबरीपछि पेनाल्टी सुट आउटमा टाइम्सले बाजी मारेको हो । निर्धारित समयमा आइडियलका युर्केन शेर्पाले आइडियलका लागि […]
November 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम अल्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पूरा भएको छ । शंखमुलस्थित शंखमुल फुटसलमा बिहिबार भएको समूह चरणको अन्तिम खेलपछि फुटसलको क्वार्टरफाइनल समिकरण पूरा भएको हो । प्रतियोगितामा समूह ‘ए’ बाट साइपाल एकेडेमी समूह विजेता बन्दा कान्जिरोवा उपविजेता बन्यो । यस्तै समूह ‘बी’ बाट आइडियल कलेज विजेता तथा ओलम्पिया […]
November 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिया कलेज र आइडियल कलेजले प्रथम अल्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । शंखमुलस्थित शंखमुल फुटसलमा बुधबारबाट सुरु भएको फुटसल प्रतियोगितामा ओलम्पिया र आइडियलले समूह ‘बी’ मा दोहोरो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका हुन् । ओलम्पियाले पहिलो खेलमा लिटिल एन्जल्सलाई ३–१ ले पराजित गर्दा दोस्रो […]
November 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम अन्तर कलेज फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ । आयोजक अल्फा बिटाले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिता मंसिर ६ गते बुधबार देखि ८ गते शुक्रबारसम्म शंखमुल फुटसलमा हुनेछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । […]