default_image

फुटसल

September 19, 2024

प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल- वडा नं १२ को जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा बिहीवार वडा नं १२, वडा नं ५, वडा नं २६ र वडा नं ३२ ले जित हासिल गरेका छन् । लैनचौर फुटसल मैदानमा भएको दिनको पहिलो खेलमा वडा १२ ले वडा नं २ लाई २-१ ले हरायो । विजयी टिमका लागि दिकेश शाही […]

September 18, 2024

साविक विजेता वडा नं १४ को विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता काठमाडौ वडा नं १४ ले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।लैनचौर फुटसल मैदानमा वडा नं १४ ले रुपक हमालको गोलमा वडा नं १५ लाई १-० ले हरायो । रुपकनै प्लेयर अफ दि म्याच घोषित भए । अन्य खेलमा वडा नं ३, वडा नं […]

September 17, 2024

काठमाडौं महागरको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं महानगरपालिकाले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । लैनचौर फुटसल मैदानमा मंगलवार भएको उद्घाटन खेलमा काठमाडौं महानगरले आयोजक महानगरकै वडा नं २३ लाई टाइब्रेकरमा २–१ ले हरायो । काठमाडौँ महानगर र वडा नं २३ ले निर्धारित समयको खेलमा १–१ को बराबरीमा टुंगिएको थियो । […]

September 15, 2024

प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल हुने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सबै तयारी पूरा भएको छ । काठमाडौं महानगरपालिका वडा नं २३ को आयोजनामा असाज १ देखि ९ गतेसम्म लैनचौर फुटसल मैदानमा प्रतियोगिता हुँदैछ । प्रतियोगितामा काठमाडौं महानगरपालिका केन्द्रसहित ३१ वडाको सहभागिता रहनेछ । उद्घाटन खेल काठमाडौं महानगरपालिका र आयोजक २३ वडा बीच हुनेछ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

झमेल रक्सको दशै फुटसल‌ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- झमेल रक्सको आयोजनामा अर्को महिना चौथो दशै फुटसल‌ प्रतियोगिता हुने भएको छ। सानेपाको फिल्ड फुटसलमा‌ असोज १९ गते हुने प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र गोलकिपरले समान ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा भाग लिन चाहाने टोलीले ७ […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

हिमालयनद्वारा गानादा फुटसलको उपाधि रक्षा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन फुटबल क्लबहिमालयन गानादा फुटसल गोल्ड कपको उपाधि रक्षा गर्न सफल भएको छ । चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा शुक्रवार फाइनल ढुकु स्पोर्ट्स हवलाई पेनाल्टी सुटआउटमा ३-२ गोल पराजित गर्दै आयोजक हिमालयन एफसीले उपाधि रक्षा गरेको हो । निर्धारित २० मिनेटको समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । उपाधिसँगै […]

September 5, 2024

अग्रवाल युवा मञ्चले खेल महोत्सव आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चको आयोजनामा खेल महोत्सव शुक्रवार सुरु हुने भएको छ । मारवाडी समुदायका खेलाडीले मात्र भाग लिन पाउने महोत्सवमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुनेछ बताइएको छ। महोत्सवमा क्रिकेट, फुटसल, टेबलटेनिस, ब्याडमिन्टन र पौडीमा प्रतिस्पर्धा हुने मञ्चका अध्यक्ष प्रवीण गर्गले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब ३ सय खेलाडीको सहभागिता […]

September 2, 2024

लियोपार्ड फिजियोको जर्सी सार्वजनक

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फिजियोथेरापी दिवसको अवसरमा आयोजना हुने फुटसल प्रतियोगिताका लागि लियोपार्ड फिजियो टिमको जर्सी सार्वजनिक भएको छ । यहि भदौ २९ गते हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । सहभागी टिम मध्य लियोपार्ड एकमात्र फ्रेन्चाइज टिम हो । क्लबका संस्थापकद्वय सुरज भुसाल र समिद कतिला श्रेष्ठले यसपटक क्लबको प्रमुख प्रायोजकमा दूबईको ईतिहाद […]

Success

Thank you for your time.