default_image

महिला साफ च्याम्पियनसिप

July 12, 2023

बंगलादेशमा महिला फुटबल टोलीको अभ्यास

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेलका लागि अघिल्लो दिन त्यहाँ पुगेको नेपाली महिला राष्ट्रिय टोलीले बुधबार अभ्यास गरेको छ । नेपाल र बंगलादेशबीचको पहिलो खेल बुधबार ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा साँझ ५ः४५ बजे सुरु हुनेछ । गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलपछि नेपाल र बंगलादेशले एक अर्काको सामना […]

July 11, 2023

महिला फुटबल टोली बंगलादेश पुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– दुई मैत्रीपूर्ण खेललाई नेपाली महिला राष्ट्रिय टोली मंगलबार बंगलादेश पुगेको छ । साफ च्याम्पियनसिपको फाइनलको झण्डै दश महिना पछि नेपाल र बंगलादेशको महिला टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको छ । गत वर्ष दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो । फिफा डेटमा हुन लागेको मैत्रीपूर्ण खेल असार […]

September 21, 2022

बंगलादेशकी गोलरक्षक रुपनाको घर सरकारले बनाइदिने

एजेन्सी – साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट गोलरक्षक घोषित बंगलादेशकी रुपना चक्माको घर सरकारले बनाइदिने भएको छ । बंगलादेशको नानिआर्चर उपजीलाकी बासिन्दा रुपनाको कमजोर स्थितिलाई मध्यनजर गर्दै सरकारले उनलाई घर बनाइदिने भएको हो । रुपनाले मंगलबार आफ्नो फेसबुकमा पोस्ट गर्दै सरकारी प्रतिनिधिलाई धन्यवाद दिएकी छिन् । बंगलादेशले सोमबार साफ च्याम्पियनसिपको उपाधि जितेपछि रंगमती जिल्लाका कमिस्नर मोहमद […]

September 21, 2022

साफ समिक्षा : भारतको वर्चस्व तोड्दै बंगलादेशको उदय

काठमाडौं (हाम्रो खेलकुद) – छैंटौं संस्करणको महिला साफ सोमबार बंगलादेशलाई नयाँ च्याम्पियन बनाएर सकिएको छ । दक्षिण एसियाका सातवटै राष्ट्रको सहभागिता रहेको प्रतियोगिता भदौ २१ गतेबाट काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको थियो । असोज ३ मा सकिएको महिला साफमा नयाँ च्याम्पियनसँगै अन्य कीर्तिमान पनि रचिए । झन्डै १६ हजार समर्थकबीच घरेलु टोली नेपाललाई ३–१ […]

September 20, 2022

साफको उपविजेता टोलीले सरकारबाट जनही ३ लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सरकारबाट पुरस्कार पाउने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले हालै बनाएको खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिमा दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण, रजत र कांस्य विजेताका लागि निश्चित पुरस्कारको व्यवस्था छ । २०७२ सालमा बनेको कार्यविधि २०७६ सालमा संशोधन भएको थियो । […]

September 19, 2022

पुनम, दीपा र इन्दिराको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीका सदस्यत्रय पुनम जर्घा मगर, दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय खेल जीवनबाट सोमबार सन्यासको घोषणा गरेका छन् । तीनै खेलाडी त्रिभुवन आर्मी फुटबल क्लबका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको समापनसँगै रक्षक पुनम, मिडफिल्डरद्वय दीपा र इन्दिराले सन्यासको घोषणा गरेका हुन् । अखिल […]

September 19, 2022

प्रशिक्षक थापाद्वारा पद त्याग्ने घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कुमार थापाले प्रशिक्षक पद‌ त्याग्ने घोषणा गरेका छन् । प्रशिक्षक थापाले सोमबार सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलपछि पदमा नरहने बताए । उनले आफूले उपाधि दिलाउन नसकेपछि पदमा बस्नु उचित नरहेको बताउँदै पद छाड्ने जानकारी दिए । थापाले यसै प्रतियोगिताको सुरुवातमा जिम्मेवारी पाएका थिए । सन् […]

September 19, 2022

उपाधिसँगै अवार्डमा बंगलादेशको क्लिन स्विप

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिपको उपाधिसँगै बंगलादेशले व्यक्तिगत अवार्डमा पनि क्लिन स्विप गरेको छ । दशरथ रंगशालामा सोमबार इतिहासकै पहिलो उपाधि जित्ने क्रममा घरेलु टोलीलाई ३-१ ले पराजित गरेको हो । उपाधि दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेकी बंगलादशकी कप्तान सविना खातुन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिइन् । उनले प्रतियोगिता अवधिभर ८ गोल गर्दै […]

September 19, 2022

नेपाललाई स्तब्ध पार्दै बंगलादेशलाई ऐतिहासिक उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशले पहिलो पटक महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली नेपाललाई ३-१ ले पराजित गर्दै बंगलादेशले ऐतिहासिक उपाधि जितेको हो । दशरथ रंगशालामा सोमबार घरेलु टोलीलाई स्तब्ध पार्न बंगलादेशकी कृष्णारानी सरकारले २ गोल गरिन । सम्सुनाहारले सुरुवाती अग्रता दिलाउँदा नेपालका लागि अनिता बस्नेतको गोल सान्तवना सावित भयो । […]

September 19, 2022

साफ च्याम्पियनसिपमा नेपाललाई इतिहास रच्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल अर्को ऐतिहासिक उपलब्धीको एक कदम टाढा छ । दशरथ रंगशालामा बंगलादेशविरुद्ध हुने महिला साफ च्याम्पियनसिपको उपाधि जित्न सके नेपाल पहिलो पटक दक्षिण एसियाको प्रतिष्ठित प्रतियोगिताको च्याम्पियन बन्नेछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्ने साफ च्याम्पियनसिपमा अहिले सम्म नेपाली पुरुष वा महिला दुवै टोली च्याम्पियन बन्न सकेको छैन […]

Success

Thank you for your time.