default_image

महिला साफ च्याम्पियनसिप

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

September 17, 2024

मन्जलीको आमा बनेपछिको पुनरागमन

सुबास हुमागाईं, काठमाडौं मन्जली कुमारी योन्जनका लागि सन् २०२२ को साफ महिला च्याम्पियनसिप बिर्सनलायक क्षण थियो । यसैपनि नेपालले फाइनलमा बंगलादेशसँग हार बेहोरेका कारण खल्लो बनेको उक्त प्रतियोगिता मन्जलीका लागि भने सुरु नहुँदै सकिए बराबर भएको थियो । प्रतियोगिता सुरु भएको दिनबाट ज्वरो आएपछि अस्पताल पुगेकी उनलाई डेंगी संक्रमण भएको देखिएपछि प्रतियोगिताभर उनी अस्पतालमै रहिन् […]

August 30, 2024

महिला साफ च्याम्पियनसिप– नेपालको पहिलो खेल भुटानसँग

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भुटानको सामना गर्दै यसपटकको साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ । कात्तिक १ गते दशरथ रंगशालामा सुरु हुने साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले भुटानसँग कात्तिक २ गते खेल्नेछ । उद्घाटन खेल कात्तिक १ गते साविक विजेता बंगलादेश र पाकिस्तानबीच हुनेछ । समूह एमा बंगलादेश, पाकिस्तानसँगै भारत रहेको छ […]

August 30, 2024

नेपालमा लगातार तेस्रो पटक महिला साफ च्याम्पियनसिप हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा लगातार तेस्रो पटक पटक महिला साफ च्याम्पियनसिप आयोजना हुने भएको छ । दशरथ रंगशालामा साफ च्याम्पियनसिपको छैटौं संस्करण आयोजना भएको दुई वर्षपछि पुनः सोही मैदानमा सातौं संस्करण आयोजना हुने तय भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीवार सम्पन्न बैठकले कात्तिक १ देखि १४ गते सम्म साफ च्याम्पियनसिप आयोजना […]

June 8, 2024

नेपाल महिला साफको समूह ‘बी’ मा

काठमाडौं (हाम्रो खेलकुद) – आउँदो अक्टोबरमा नेपालमा हुने साफ महिला च्याम्पियनसिप २०२४ मा नेपाल समूह बी मा परेको छ छ । ढाकामा ड्र कार्यक्रमका बीच सम्पन्न समूह विभाजनमा नेपाल समूह बी मा परेको हो । नेपाल प्रतियोगिताको समूह बी मा रहेको छ । नेपालको समूहमा श्रीलंका, भुटान र माल्दिभ्स रहेका छन् । यस्तै समूह ए […]

June 3, 2024

साफ महिला च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – सातौं संस्करणको साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा हुने पक्का भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले प्रतियोगिता नेपालमा हुने घोषणा गरेको हो । सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले साफ महिला च्याम्पियनसिप २०२४ को आयोजक नेपाललाई स्वीकृत गरेको हो । प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म काठमाडौंको दशरथ रंगशालामा […]

December 27, 2023

यु–१९ महिला साफ च्याम्पियनसिप- नेपालको पहिलो खेल बंगलादेशसँग

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना बंगलादेशमा आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले माघ १९ देखि २५ गते सम्म बंगलादेशको राजधानी ढाकामा हुने प्रतियोगिताको बुधबार तालिका सार्वजनिक गरेको हो । आयोजक बंगलादेशसहित नेपाल, भारत, र भुटान गरी ४ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् […]

July 17, 2023

महिला फुटबल टोली स्वदेश आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जितेर नेपाली महिला राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्केको छ । फिफा डेटमा भएको यि दुई टोलीबीच आइतबार भएको दोस्रो खेलमा वैकल्पिक गोलकिपर अन्जना राना मगरको उच्च प्रदर्शनाबाट प्रेरित नेपालले बंगलादेशलाई टाइब्रेकरमा ४–२ ले हराउँदै उपाधि जितेको थियो । टाइब्रेकरमा आफू गोल गर्नबाट चुकेपनि अन्जनाले बंगलादेशका दुई खेलाडीको […]

July 16, 2023

नेपाल र बंगलादेशबीचको दोस्रो खेल आज

काठमाडौं(हाम्रो खेलकुद)– नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोलीबीचको दोस्रो अन्र्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा खेल नेपाल समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । फिफा डेटमा भइरहेको मैत्रीपूर्ण खेलको पहिलो खेल बिहीबार भएको थियो । त्यो खेल १–१ को बराबरीमा टुंगिएको थियो । बंगलादेशको गर्मी […]

July 13, 2023

सावित्राको गोलमा नेपाल हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद)– सावित्रा भण्डारी सम्बाको गोलमा नेपाल फेरि एक पटक हारबाट जोगिएको छ । बंगलादेशविरुद्ध बिहिबार १–० ले पछि परेको अवस्थालाई उल्टाउने क्रममा सावित्राले ४ मिनेट थपिएको इन्जुरी समयमा गोल गर्दै नेपाललाई हारबाट जोगाएकी थिइन् । नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको छ । विपक्षी खेलाडीले बल क्लियर गर्न […]

Success

Thank you for your time.