default_image

महिला साफ च्याम्पियनसिप

July 30, 2022

महिला साफमा नेपाललाई सहज समूह

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा अर्को महिना आयोजना हुने महिला साफ च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक भएको छ । साफले आज एक कार्यक्रममाझ ७ राष्ट्र सम्मिलित प्रतियोगिताको समूह विभाजन गरेको हो । छैटौं संस्करणको आयोजक नेपाल रहेको समूह बी मा श्रीलंका र भुटान रहेका छन् । नेपालले हालसम्म साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानविरुद्ध सबै खेलमा जित […]

September 20, 2019

संविधान दिवस – सावित्रासहित खेलाडी र प्रशिक्षकलाई पदक

काठमाडौं (हाम्रो खेलकुद)– गत वर्ष तीन महत्वपूर्ण प्रतियोगितामा उच्च प्रदर्शन गरेको महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक, कप्तान र महत्वपूर्ण खेलाडी पदकबाट विभुषित हुने भएका छन् । राष्ट्रपतिले संविधान दिवसको अवसर पारेर शुक्रबार विभिन्न पदकबाट विभुषित गर्ने व्यक्तिहरुको नाम घोषणा गर्दा खेल क्षेत्रबाट २१ जना समेटिएका छन् । जसमा फुटबलबाट राष्ट्रिय महिला टोलीका प्रशिक्षक हरि खड्का, […]

June 18, 2019

मोजाको फुटबल खेल्दै हुर्केकी महिला फुटबलकी सनसनी

प्रकाश तिमल्सिना, काठमाडौं हाम्रो देशमा फुटबलमा सहज पहुच नभएर मोजाको बल बनाएर खाली खुट्टा खेल्दै बाल्यकाल बिताउनेको संख्या ठूलो छ । तर, त्यसको अर्थ पछि सबै फुटबल खेलाडी बन्छन् वा त्यसमा सफल नै हुन्छन् भन्ने जरुरी छैन । सफलताका लागि मेहनतसँगै संयोग पनि जुर्दै जानुपर्छ । त्यस्तै मेहनत र संयोगले होला नेपाली राष्ट्रिय महिला फुटबल […]

March 21, 2019

खेलाडी हुँदाकै अधुरो सपना पूरा गर्ने लक्ष्य

प्रकाश तिमल्सिना, विराटनगर खेलाडीका रुपमा हरि खड्काको नेपाली फुटबलमा बेग्लै पहिचान छ । राष्ट्रिय टोलीमा संयुक्त रुपमा सर्वाधिक गोलकर्ता रहेका हरिले आफूलाई प्रशिक्षकको रुपमा पनि पछिल्लो समय प्रमाणित गर्दै आएका छन् । राष्ट्रिय टोलीमा सर्वाधिक गोल गर्ने कीर्तिमान राखेपनि उनले उपाधिको स्वाद भने चाख्न पाएनन् । उनी खेलाडी हुँदा सन् १९९९ मा काठमाडौंको दशरथ रंगशालामा […]

March 21, 2019

महिला फुटबलमा नेपाल र भारतबीचको ‘हेड टु हेड’

विराटनगर (हाम्रो खेलकुद) – पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलमा शुक्रबार घरेलु टोली नेपालले यसअघिका चारै संस्करणको च्याम्पियन भारतसँग प्रतिस्पर्धा गर्दै छ । फाइनल खेल दिउसो ३ बजेपछि विराटनगरस्थित सहिद रंगशालामा शुरु हुनेछ । महिला फुटबलमा भोलिको फाइनल खेल नेपाल र भारतबीचको ११औं खेल हुनेछ । यसअघि नेपाल र भारतले अहिलेसम्म १० खेलमा प्रतिस्पर्धा गरेका […]

March 21, 2019

‘भारतको वर्चस्व तोड्दै उपाधि जित्छौं’

विराटनगर (हाम्रो खेलुकद) – पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधिको लागि शुक्रबार नेपाल र भातरबीच प्रतिस्पर्धा हुदैछ । खेल विराटनगरस्थित सहिद रंगशालामा दिउसो ३ बजेपछि शुरु हुनेछ । विराटनगरमा बिहीबार आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक हरि खड्काले दक्षिण एसियामा भारत बलियो भएपनि यसपटकको साफमा भारतको वर्चस्व तोड्दै उपाधि नेपालले जित्ने बताएका छन् । […]

March 20, 2019

भारत साफ च्याम्पियनसिपको फाइनलमा, बंगलादेश पराजित

विराटनगर (हाम्रो खेलकुद)– भारत महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बंगलादेशलाई बुधबार दोस्रो सेमिफाइनलमा ४–० ले हराउँदै भारत उपाधि नजिक पुगेको हो । भारतले शुक्रबार नेपालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । भारतका लागि इन्दुमती काथेरासेनले २, डालिमा चेबेर र मनीषाले समान १ गोल गरेकी थिइन् । एकपक्षिय खेलको १८ औं मिनेटमा डालिमाको गोलबाट भारतले […]

March 20, 2019

साफ च्याम्पियनसिप सेमिफाइनल – बंगलादेशविरुद्ध भारतको ३ गोल

विराटनगर (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्धको दोस्रो सेमिफाइनलको पहिलो हाफमा भारतले ३–० को अग्रता लिएको छ । यो खेलको विजेताले शुक्रबार नेपालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । भारतका लागि इन्दुमती काथेरासेनले २ र अर्को गोल डालिमा चेबेरले गरेकी थिइन् । एकपक्षिय खेलको १८ औं मिनेटमा डालिमाको गोलबाट भारतले अग्रता बनाएको थियो । कर्नरमा आएको […]

March 20, 2019

महिला साफ च्याम्पियनसिप- नेपालको प्लेइङ -११ यथावत

विराटनगर (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । नेपाली टोलीका प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्धकै पहिलो रोजाईलाई श्रीलंकाविरुद्ध उत्रार्ने तयारी गरिरहेका छन् । गोलकिपर एन्जिला तुम्बापो सुब्बा छिन् भने डिफेन्समा गीता राना, हिराकुमारी भुजेलसँगै मनमाया लिम्बू र पुनमले उनीहरुलाई साथ दिनेछन् । मिडफिल्डमा दिपा राई र रेनुका नगरकोटे रहनेछन् । […]

March 20, 2019

महिला साफ च्याम्पियनसिप –नेपाल चौथो पटक फाइनल पुग्ला ?

विराटनगर (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपमा नेपाल र श्रीलंकाले दोस्रो पटक एकअर्काको सामना गर्दैछन् । खेल आज बिहान ११ः०० बजे सुरु हुँदैछ । सेमिफाइनलका लागि दुवै टोली रंगशालामा पुगिसकेका छन् । विराटनगरको सहिद रंगशालामा जारी पाँचौं संस्करणको च्याम्पियनसिपमा नेपाल र भारत दुई अपराजित टोली हुन् । यी दुई टोलीलाई नै प्रतियोगिताको मुख्य दाबेदारका रुपमा हेरिन्छ […]

Success

Thank you for your time.