default_image

महिला साफ च्याम्पियनसिप

September 10, 2022

सविनाको ह्याट्रिकमा बंगलादेशको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सविना खातुनको ह्याट्रिकमा बंगलादेशले छैटौं महिला साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह ए को दोस्रो खेलमा पाकिस्तानलाई पराजित गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बंगलादेशले ६-० को जित हासिल गरेको हो । पहिलो हाफदेखि नै आक्रामक फुटबल खेलेको बंगलादेशले पाकिस्तानलाई खेल अवधिभर दबाबमा राखेको थियो । काउन्टर अट्याकमा […]

September 9, 2022

साफ च्याम्पियनसिप– ऐतिहासिक जितसँगै भुटान सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– पहिलो एतिहासिक जितसँगै भुटान दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सन् २०१० बाट सुरु भएको च्याम्पियनपिको आफ्नो १५ औं खेलमा प्राप्त जितले भुटानलाई पहिलो पटक अन्तिम चारको यात्रा तय गराएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा भुटानले श्रीलंकालाई ५–० को हराउँदै ऐतिहासिक जित निकालेको हो । नेपाल […]

September 9, 2022

साफ च्याम्पियनसिप- भुटानले अग्रतालाई दोब्बर पार्यो

काठमाडौं (हाम्रो खेलकुद)– भुटानले महिला साफ च्याम्पियनसिपको समूह चरणमा शुक्रबार श्रीलंकाविरुद्ध खेलमा अग्रतालाई दोब्बर बनाएको छ । दशरथ रंगशालामा जारी खेलेको दोस्रो हाफ सुरु भएको पाँचौं मिनेटमै भुटानले अर्को गोल थपेपछि भुटान २–० ले अघि लागेको छ । दोस्रो गोल ५० औं मिनेटमा डेखी लाजोमले गरेकी थिइन् । पेनाल्टी बक्स भित्र घले वाङ्मोको पासमा डेखीले […]

September 9, 2022

साफ च्याम्पियनसिप : भुटान र श्रीलंका भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार समूह बी को दोस्रो खेलमा श्रीलंका र भुटान खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ । समूह बी मा भुटान दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो । आजको खेलमा अंक हासिल गर्न नसके भुटान फेरी एकपटक […]

September 9, 2022

मेयर बालेनले फुटबल टोलीलाई भेटरै शुभकामना दिए

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उप मेयर सुनिता डंगोलले महिला राष्ट्रिय फुटबल टोलीलाई साफ च्याम्पियनसिपमा सफलताको शुभकामना दिएका छन् । मेयर शाह र उपमेयर डंगोल टोलीका खेलाडीलाई शुभकामना दिन शुक्रबार बिहान टोली बसेको होटल पुगेका थिए । ‘मेयर र उप मेयर बिहान साढे ८ बजेको आसपासमा होटल आउनु भएको थियो,’ राष्ट्रिय […]

September 7, 2022

बंगलादेशले माल्दिभ्सलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह ए को दोस्रो खेलमा बंगलादेशले माल्दिभ्सलाई हराएको छ । पहिलो हाफको ३ गोलको मदतले बंगलादेश ३-० ले विजयी भएको हो । एकपक्षीय खेलमा बंगलादेशकी कप्तान सविना खातुनले दुई गोल गरेकी छिन् । अर्को गोल मसुरा प्रविनको नाममा रहेको छ । बंगलादेशले खेलको सुरुवातदेखि नै […]

September 7, 2022

साविक विजेता भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह ए को पहिलो खेलमा साविक विजेता भारतले विजयी सुरुवात गरेको छ । भारतले पाकिस्तानमाथि ३-० को जित दर्ता गर्दै ३ अंक जोडेको हो । खेलको सुरुवातमा पाकिस्तानले केही राम्रो मुभ सिर्जना गरेपनि पाकिस्तानी कप्तानले आत्मघाती गोल गरेपछि टोली दबाबमा देखियो । पहिलो गोलको केही मिनेटपछि […]

September 6, 2022

‘पुरानै लयमा फर्कन प्रयास गर्दैछु’

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतको २-२ गोलमा नेपालले छैटौं महिला साफ च्याम्पियनसिपमा भुटानलाई ४-० ले पराजित गर्दै सुखद सुरुवात गर्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी विंगर अनिता बस्नेत प्लेयर अफ द म्याच चुनिइन् । उनले ७३ औं र ८५ औं मिनेटमा गोल गरेकी थिइन् । उनको पहिलो गोल विशेष […]

September 6, 2022

‘पानी परेको कारण समयमा गोल निकाल्न सकेनौं’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भुटानलाई ४-० ले पराजित गर्यो । टोलीका प्रशिक्षक कुमार थापाले खेलको सुरुवातमा वर्षा हुँदा सोचेजस्तो समयमा गोल निकाल्न नसकेको बताए । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक थापाले वर्षाका कारण मैदान भारी हुँदा आफ्नो योजना अनुसार खेल्न नसकेको बताए । ‘हामीले […]

September 6, 2022

सावित्रा र अनिता चम्कँदा नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत चम्कँदा नेपालले छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । नेपालले भुटानलाई ४–० ले पराजित गर्दै सानदार सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालको सानदार जितमा सावित्रा र अनिताले समान २-२ गोल गरे । खेलको […]

Success

Thank you for your time.