default_image

महिला साफ च्याम्पियनसिप

September 13, 2022

साफ इतिहासमा भारतको पहिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिपको साविक विजेता भारतले प्रतियोगिताको इतिहासमै पहिलो हार बेहोरेको छ । नेपालमा जारी छैटौं संस्करण अन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई ३-० ले पराजित गरेको हो । एकपक्षीय खेलमा बंगलादेशले भारतविरुद्ध ३-० को जित दर्ता गरेको हो । खेल अवधिभर नै भारतको डिफेन्सलाई समस्या दिएको बंगलादेशले पहिलो हाफमा […]

September 13, 2022

भारत र बंगलादेशको खेलमा नेपालको नजर

काठमाडौं (हाम्रो खेलकुद) – दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियसिपको समूह चरणको अन्तिम खेल भारत र बंगलादेशबीच मंगलबार साँझ साढे ५ः०० मा सुरु हुनेछ । सेमिफाइनल पुगिसकेका दुई टोलीबीचको प्रतिस्पर्धाले समूह विजेता र उपविजेताको टुंगो लगाउने छ । भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइराख्दा सेमिफाइनलमा कुन टोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने हो भन्नेमा नेपाली टोलीको नजर रहनेछ । […]

September 13, 2022

माल्दिभ्समाथि पाकिस्तानको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्सविरुद्ध सानदार जित निकाल्दै पाकिस्तानले मंगलबार महिला साफ च्याम्पियनसिपको सुखद अन्त्य गरेको छ । दशरथ रंगशालामा भएको समूह एको खेलमा नाडिया खानको ४ गोलसहित पाकिस्तानले माल्दिभ्सलाई ७–० ले हराएको छ । टोलीका लागि रमिन फारिद, खाडिजा काज्मी र अनमोल हिराले समान १ गोल गरे । पहिलो हाफमा १–० ले अघि रहेको पाकिस्तानले […]

September 13, 2022

माल्दिभ्सविरुद्ध पाकिस्तानको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पिनसिपमा माल्दिभ्सविरुद्ध मंगलबार खेलको पहिलो हाफमा पाकिस्तानले १–० को अग्रता लिएको छ । च्याम्पियनसिपबाट बाहिरिसकेका दुई टोलीबीचको खेल प्रतिष्ठाका लागि मात्र रहेको छ । दशरथ रंगशालामा रमिन फारिदको गोलमा पाकिस्तानले अग्रता लिएको थियो । झण्डै २५ यार्ड टाढाबाट उनले गोल गरेकी थिइन् । ३९ औं मिनेटमा जुल्फिया नजिरको पासमा रमिनले […]

September 12, 2022

‘सेमिफाइनलमा पनि रणनीति परिवर्तन हुँदैन’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कुमार थापाले लगातार दोस्रो जित दर्ता गरेपछि आफ्नो रणनीतिमा कुनै परिवर्तन नगर्ने बताएका छन् । सोमबार दशरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल समूह विजेता बन्यो । पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो । पहिलो खेलमा […]

September 12, 2022

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली समूह बी को विजेता बन्दै छैटौं महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो । नेपालको जितले भुटान पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । दुई खेलमै हार बेहोरेको श्रीलंका समूह […]

September 12, 2022

राष्ट्रिय टोलीमा निशाको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर निशा थोकरले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेकी छिन् । श्रीलंकाविरुद्ध खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै उनले डेब्यु गरेकी हुन् । घरेलु फुटबलमा एपिएफबाट खेल्दै आएकी निशाले ७५ औं मिनेटमा पुनम जर्घा मगरको स्थान लिएकी हुन् । उमेर समूहमा नेपालका लागि विभिन्न टोलीबाट खेलेकी उनी यसअघि नै राष्ट्रिय टोलीमा […]

September 12, 2022

सावित्रालाई डेंगी संक्रमण!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई डेंगी संक्रमण देखिएको छ । संक्रमण देखिएसँगै सावित्राले सोमबार हुने श्रीलंकाविरुद्ध खेल गुमाउने भएकी छिन् । फरवार्ड सावित्रालाई संक्रमण भएको टोलीकी फिजियो नविना श्रेष्ठ वैद्यले जानकारी दिइन् । ‘सावित्रालाई डेंगी लागेको छ । उनको स्वास्थ्य स्थिति राम्रो छ तर रिपोर्ट पोजेटिभ आएको हो […]

September 12, 2022

नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले छैटौं साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह बी को अन्तिम खेलमा आज श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । नेपालले समूहको पहिलो खेलमा भुटानलाई ४-० ले हराउँदै सुखद सुरुवात गरेको थियो । भुटानले त्यसपछि दोस्रो खेलमा श्रीलंकालाई ५-० ले पराजित गर्दै […]

September 10, 2022

माल्दिभ्सविरुद्ध भारतको गोल वर्षा

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह ए को खेलमा भारतले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । माल्दिभ्सलाई ९-० ले पराजित गर्दै समूहबाट भारतसँगै बंगलादेश पनि अन्तिम चारमा प्रवेश गरेको हो । भारतले दोस्रो हाफको अन्त्यतिर ४ मिनेटको अन्तरमा ४ गोल गर्दै फराकिलो जित दर्ता गरेको हो […]

Success

Thank you for your time.