March 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले आज फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणमा घरेलु टोली बहराइनको सामना गर्नेछ। खेल नेपाली समयअनुसार राती १२:४५ बजे सुरु हुनेछ। दशरथ रंगशालाको मैदान खेल्न उपयुक्त नभएपछि दुवै लेग बहराइनमा हुँदैछ। नेपाल पहिलो चरणमा लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको थियो। समूह ‘एच’ मा […]
March 20, 2024
सुशिल पन्त क्षेत्री, चितवन आबुखैरेनी भरतपुरमा जारी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधबार गैंडाकोट एफसीलाई ३–० ले हराउँदै आबुखैरनी फाइनलमा पुगको हो । आबुखैरनीको जितमा अबायोमी र फोडे फोफनाले गोल गरे । आबुखैरनीले एक उपहार गोल पाएको थियो । आबुखैरेनीका भविन्द्र मल्ल म्यान अफ दि म्याच भए […]
March 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साउदी अरबमा डेढ दशकदेखि बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यम बहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई पठाएको १० लाख रुपैयाँ बुधबार खेलाडीलाई वितरण गरिएो छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल संघले कार्यक्रमको आयोजना गर्दै यम तमुबाट रकमसहित खेलाडीलाई सम्मान गरिएको थियो । साउदीमा […]
March 19, 2024
सुशिल पन्त क्षेत्री, चितवन रोमाञ्चक खेलमा घैरुङ एफसीलाई हराउँदै २८ बिगा भरतपुरमा जारी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा मंगलबार घैरुङ एफसीलाई सडन डेथमा हराउँदै २८ बिगा फाइनलमा प्रवेश गरेको हो । रोमाञ्चक खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो । खेलको निर्धारित समयमा २८ बिगाले दुई […]
March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को भूमिका सन्तोषजनक नभएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला संरक्षणको आफैले गर्ने भएको छ । राखेप मातहत रहेको दशरथ रंगशालाको खेल मैदान विगत लामो समयदेखि राखेपले एन्फालाई मैदानको जिम्मेवारी दिदै आएको थियो । एन्फाले मर्मत सम्भार तथा संरक्षण गर्दै आएपनि मैदानको गुणस्तर […]
March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) को स्वीकृति विना नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय पुरुष फुटबल टोलीसँग प्रत्यक्ष सरोकार नरहेका ८ पदाधिकारी बहराइन पठाएको छ । मलेसियामा मैत्रीपूर्ण खेलपछि फुटबल टोली सिधै बहराइन पुगिसकेको छ । टोलीसहित अन्य गरि ४१ सदस्य टोलीको सहभागिताका लागि स्वीकृति दिनका लागि एन्फाले राखेपमा बिहीबार […]
March 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय फुटबल टोलीसँग प्रत्यक्ष सरोकार राख्ने बाहेक अन्य पदाधिकारीलाई भने बहराइनको खेल हेर्न जानबाट रोक लगाएको छ । बहराइनमा हुने फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोट खेलका लागि एन्फाले फुटबल टोलीका साथ पदाधिकारी र अन्य गरि ४१ जनाको नाम बिहीबार स्वीकृतिका लागि राखेपमा […]
March 18, 2024
एजेन्सी – बार्सिलोना आइतबार एट्लेटिको मड्रिडलाई ३-०ले हराउँदै स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औं मिनेटमा जोआओ फेलिक्सले गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । यो सिजन लिगमा उनको त्यो छैटौं गोल हो । दोस्रो हाफको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो। ६५ औं मिनेटमा […]
March 18, 2024
एजेन्सी – चिर प्रतिद्वन्दी लिभरपुल माथि रोमाञ्चक जित दर्ता गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुललाई अतिरिक्त समयमा ४-३ को जित निकाल्दै युनाइटेड अन्तिम चारमा पुग्न सफल भएका हो । निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय […]
March 17, 2024
एजेन्सी – लेस्टर सिटी विरुद्ध जित निकाल्दै चेल्सी एफए कपको सेमीफाइनलमा प्रवेश गरेको छ । आईतबार साँझ भएको खेलमा चेल्सीले दश जनामा सिमित लेस्टर विरुद्ध ४-२ को जित निकालेको हो । खेलको १३औं मिनेटमा चेल्सीले खेलमा सुरुवाती अग्रता लिएको थियो । निकोलस ज्याक्सनको पासमा मार्क कुकुरेलाले गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए । २६औं […]