default_image

फुटबल

April 14, 2024

लेभरकुसनलाई पहिलोपटक बुन्डेसलिगा उपाधि

एजेन्सी – जाभी अलोन्सोको प्रशिक्षणमा रहेको बायर लेभरकुसनले क्लब इतिहासमा पहिलोपटक बुन्डेसलिगाको उपाधि जितेको छ । आईतबार वेर्डर ब्रेमन माथि ५-० को सहज जित संगै लेभरकुसनको पहिलो लिग उपाधि पक्का भएको हो । लेभरकुसनको जितमा फ्लोरियन विर्ट्जले ह्याट्रिक पूरा गरे भने भिक्टर बोनिफेशले र ग्रानिट झाकाले खेलमा एक-एक गोल गरे । ९०औं मिनेटमा विर्ट्जले गोल […]

April 14, 2024

उपाधि आकांक्षी लिभरपुल स्तब्ध

एजेन्सी – प्रशिक्षक योर्गन क्लपको अन्तिम सिजनको सुखद अन्त्य गर्ने आशामा रहेको लिभरपुलको उपाधि आकांक्षामा धक्का लागेको छ । पछिल्लो हप्ता म्यानचेस्टर युनाइटेड विरुद्ध बराबरी खेलेको लिभरपुल आज भने क्रिस्टल प्यालेस विरुद्ध पराजित भएको हो । क्रिस्टल प्यालेसले लिभरपुलकै घरेलु मैदानमा १-० को जित हासिल गरेको हो । प्यालेसको जितमा एबेरिचे एजेले खेलको १४औं मिनेटमा […]

April 14, 2024

मनोहरा र झम्सिखेलको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘सि’ डिभिजन लिगमा आईतवार भएका खेलमा मनोहरा युथ क्लब र झम्सिखेल युथ क्लब विजयी भएका छन् । दिनको पहिलो खेलमा मनोहराले स्पोर्ट्स एकेडेमी साँगा माथि ३-२ को जित हासिल गरेको हो । मनोहराको जितमा उत्तम शाही, विशान्त मगर र आविष्कार खड्काले समान १-१ गोल गरे । साँगाका लागि स्यामुएल […]

April 14, 2024

वर्षको पहिलो उपाधिमा मछिन्द्र र पुलिसको नजर

सुनिल गाउँले, सिमरा जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई ए डिभिजन टोली मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबले एकअर्काको सामना गर्नेछन् । सिमरा रंगशालाको फ्लड लाइटमा सोमबार राति हुने फाइनल जित्दै दुबै टोली उपाधिका साथ नयाँ वर्ष २०८१ को सुखद सुरुवात गर्न चाहन्छन् । पुलिस आठ वर्षपछि दोस्रो पटक जीतपुरसिमरा […]

April 14, 2024

इंग्ल्यान्ड ‘सी’ सँग खेल्ने प्रारम्भिक टोलीमा २८ खेलाडी

काठमाडौ ( हाम्रो खेलकुद)- इंग्ल्यान्ड ‘सी’ विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोलीको घोषणा भएको‌ छ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आइतबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले सामाजिक सन्जाल मार्फत जानकारी दिएको छ। अल्डरसट टाउन एफसीको रंगशाला इबिबीमा वैशाख २४ गते बीच मैत्रीपूर्ण फुटबल हुनेछ।  […]

April 14, 2024

क्यासी स्पोर्टसलाई यु १३ फुटबल उपाधि

गोरखा (हाम्रो खेलकुद)- क्यासी स्पोर्टस् एकेडेमी यु-१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । द ओसन क्लबको आयोजनामा गोरखा नगरपालिका–९ स्थित एस्ट्रो टर्फमा शनिबार थ्री स्टार क्लबलाई पेनाल्टी सुट आउटमा ३-२ ले हराउँदै क्यासी च्याम्पियन बनेको हो ।निर्धारित समयमा १–१ को बराबरी भए पछि खेल पेलान्टी सुटआउटमा गएको थियो । क्यासी २० हजार रुपैयाँ, ट्रफी […]

April 14, 2024

ब्रुनोको दुई गोलमा युनाइटेड हारबाट जोगियो

एजेन्सी – कप्तान तथा मिडफिल्डर ब्रुनो फर्नान्डेसले दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ । खेलमा दुईपटक पछि परेको स्थितिमा ब्रुनोले दुई गोल गरेपछि युनाइटेडले घरेलु टोली बर्नमाउथसँग २–२ गोलको बराबरी खेलेको हो । बर्नमाउथका डोमिनिक सोलांके र जस्टिन क्लुइभर्टले गोल गरेपनि जित निकाल्न सकेन । बर्नमाउथमा शनिबार राति भएको खेलको […]

April 14, 2024

सानदार जितका साथ सिटी शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । सिटीले लुटन टाउनलाई ५–१ ले हराएको छ । सिटीका माटेओ कोभाए, एर्लिङ हालान्ड, जेर्मी डोकु र जाको गाभ्राडिओलले समान १ गोल गरे । लुटनका लागि रोस ब्राकलेले गोल फर्काए । सिटीले सुरुआती अग्रता आत्मघाती गोलबाट लिएको थियो । दोस्रो मिनेटमा लुटनका डेकी हिसाहोकाले […]

April 13, 2024

साम्बा सम्मिलित टोली रोकियो

एजेन्सी – नेपाली राष्ट्रिय टोलीकी सावित्रा भण्डारी साम्बा सम्मिलित एन अभान्ट ग्वेंगाम्प फ्रेन्च महिला डिभिजन वानमा शनिबार पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग बराबरीमा रोकिएको छ । पिएसजी र ग्वेंगाम्प ३–३ गोलको बराबरी खेलको छन् । ३०औं मिनेटमै तबिता चाविङ्गाले गोलमा पिएसजीले अग्रता लिएको थियो । ३३ औं मिनेटमा ग्वेंगाम्पकी एन्टोनी स्टारोवाले पेनाल्टीमा गोल गरेपछि खेलमा १–१ […]

April 13, 2024

एपिएफलाई हराउँदै पुलिस फाइनलमा

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लब बाराको सिमरा रंगशालामा जारी जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अर्को विभागिय टोली एपिएफ फुटबल क्लबलाई शनिबार ३–२ ले हराउँदै पुलिस अन्तिम दुईमा पुगेको हो । पुलिसका आशिष राई, रामचन्द्र वाजे, सुजन मगरले गोल गरे । एपिएफका प्रदीप लामा र युवराज खड्काले गोल […]

Success

Thank you for your time.