default_image

फुटबल

June 20, 2024

चर्च ब्वाइजले एएफसी च्यालेन्ज लिग प्रारम्भिक छनोटमा पारो एफसी विरुद्ध खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो सिजन सहिद स्मारक ए डिभिजन लिग विजेता टोली चर्च ब्वाइज युनाइटेड एसियाली फुटबलको तेस्रो तहको महाद्वीपीय प्रतियोगिता एएफसी च्यालेन्ज लिगबाट एक जित टाढा रहेको छ । एएफसीले सार्वजनिक गरेको छनोट यात्रा अनुसार चर्च ब्वाइजले भुटानी लिग विजेता पारो फुटबल क्लब विरुद्धको छनोट खेल आयोजना गर्ने भएको हो । खेल अगस्ट […]

June 20, 2024

स्विट्जरल्यान्ड र स्कटल्यान्डको बराबरी

एजेन्सी – युरो कप २०२४ अन्तर्गत समूह ए को खेलमा स्विट्जरल्यान्ड र स्कटल्यान्डले बराबरी खेलेका छन् । गएराती कोलोग्नमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । १३औं मिनेटमा स्कट मकटोमिनेको गोलमा स्कटल्यान्डले अग्रता लिएको थियो । काउन्टर अट्याकमा उनले क्यालम मक्ग्रेगरको क्रसमा बक्सको छेउबाट गोल गरेका थिए । २६औं मिनेटमा स्विट्जरल्यान्डका लागि झेरडान शकिरीले […]

June 20, 2024

जर्मनी युरो कपको अन्तिम १६ मा पुग्ने पहिलो टोली

एजेन्सी – आयोजक जर्मनी युरो कप २०२४ को अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ । बुधवार भएको समूह चरणको आफ्नो दोस्रो खेलमा हंगेरी माथि २-० को जित दर्ता गर्दै जर्मनी दोस्रो चरणमा प्रवेश गरेको हो । जर्मनीका लागि जमाल मुसियाला र इलकाय गुन्डोगानले समान १-१ गोल गरे । २२औं मिनेटमा गुन्डोगानकै पासमा गोल […]

June 19, 2024

अल्बानिया र क्रोएसियाको रोमाञ्चक बराबरी

एजेन्सी – हारको संघारमा रहेको अवस्थामा अन्तिम समयमा गोल गर्दै अल्बानियाले क्रोएसिया विरुद्ध यूरो कप २०२४ मा रोमाञ्चक बराबरी खेलेको छ । समूह बी अन्तर्गत आ-आफ्ना दोस्रो खेलमा अल्बानिया र क्रोएसियाले २-२ को बराबरी खेलेका हुन् । खेलको सुरुवाती समयमा नै अग्रता लिएको अल्बानियाले दोस्रो हाफमा दुई मिनेटको अन्तरालमा दुई गोल खाँदै पछि पर्न पुगेको […]

June 19, 2024

डलासमा एनएसटी किड्स समर क्याम्प सुरु 

डलास (हाम्रो खेलकुद) – रुम्बा एकेडेमी र डिएफडब्लु हिमालयको सहकार्यमा एनएसटी किड्स समर क्याम्पले ४ देखि १५ वर्षका बालबालिकाहरूका लागि एक महिना लामो फुटबल प्रशिक्षण कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। हरेक आइतबार र मंगलबारदेखि बेलुका ४:३० बजे देखि दिनको १ घण्टा यो पहलले समुदायमा नेपाली बालबालिका र युवाहरूको फुटबल कौशललाई प्रेरित गर्ने र विकास गर्ने […]

June 19, 2024

लगातार दोस्रो जितको खोजीमा आयोजक जर्मनी

एजेन्सी – युरो कप २०२४ को आयोजक जर्मनी आज लगातार दोस्रो जित हासिल गर्ने लक्ष्य सहित मैदान उत्रिदै छ । समूह ए अन्तर्गत आफ्नो दोस्रो खेलमा आज जर्मनीले हंगेरीको सामना गर्नेछ । खेल नेपाली समय अनुसार ९:४५ बजे स्टुटगार्ट एरिनामा सुरु हुनेछ । उद्दघाटन खेलमा स्कटल्याण्ड माथि ५-१ को उत्कृष्ट जित दर्ता गरेको उपाधि दावेदार […]

June 19, 2024

रोनाल्डोको कीर्तिमान खेलमा पोर्चुगलको जित

एजेन्सी – युरो कपमा पोर्चुगलले चेक गणतन्त्रलाई‌ २-१ ले पराजित गरेको छ। कप्तान समेत रहेका ३९ वर्षीय फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी खेल समेत रहेको  समूह डी को खेलमा पोर्चुगल पुनरागमन जित हासिल गरेको हो।  पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे । पोर्चुगलले अर्को गोल उपहार पाएको थियो। चेकका लागि लुकास प्रोभोडले गोल गरेका हुन् […]

June 19, 2024

जर्जियाको युरो डेब्युमा टर्कीविरुद्ध हार

एजेन्सी – पहिलो पटक युरो कपमा सहभागिता जनाइरहेको जर्जिया आफ्नो पहिलो खेलमा टर्की विरुद्ध पराजित भएको छ । समूह एफ अन्तर्गतको पहिलो खेलमा टर्कीले जर्जियालाई ३-१ ले पराजित गरेको हो । २५औं मिनेटमा मर्ट मल्डरको उत्कृष्ट भली प्रहारमा टर्कीले खेलमा अग्रता लिएको थियो । बक्स भित्रबाट क्लियर भएर आएको बलमा उत्कृष्ट भली प्रहार गर्दै उनले […]

June 18, 2024

दशरथ रंगशालामा अन्तराष्ट्रिय खेल हुने वातावरण तयार पारिदिन किरणको‌ आग्रह

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले दशरथ रंगशालामा अन्तराष्ट्रिय खेल खेल्ने वातावरण तयार पारिदिन युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई आग्रह गरेका छन् । मन्त्री श्रेष्ठले मंगलबार उनको कार्यकक्षमा भेटका‌ अवसरमा किरणले यस्तो आग्रह गरेका हुन्। मैदानको अवस्था ठीक नभएकोलगायतको प्रश्न उठाउँदै एसियाली फुटबल महासंघ (एएफसी) ले दरशथ रंगशालामा अन्तराष्ट्रिय […]

June 18, 2024

रोनाल्डो ६ युरो कप खेल्ने पहिलो खेलाडी बन्दै 

एजेन्सी – क्रिस्टियानो रोनाल्डो इतिहासमा ६ वटा युरो कप खेल्ने हुने पहिलो खेलाडी बन्ने भएका छन् । रोनाल्डोले आज राति चेक रिपब्लिक विरुद्ध पोर्चुगलको युरोको पहिलो खेल खेलेमा युरोको‌ ६ वटा संस्करण खेल्ने पहिलो खेलाडी बन्ने कीर्तिमान बनाउनेछन् ।  उनले देशका लागि हालसम्म २ सय ८ खेलमा कीर्तिमान १ सय ३० गोल गरेका छन्। रोनाल्डोले […]

Success

Thank you for your time.