June 30, 2024
एजेन्सी – घरेलु टोली जर्मनीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । राउन्ड अफ १६ को खेलमा डेनमार्कलाई हराउँदै जर्मनी अघि बढेको हो । डर्टमुन्डस्थित सिग्नाल इडुना पार्कमा सम्पन्न रोमान्चक खेलमा जर्मनीले २-० को जित दर्ता गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा डेनमार्कले दोस्रो हाफमा गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिए । […]
June 30, 2024
एजेन्सी – साविक विजेता इटाली युरो कप २०२४ को प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । बर्लिनमा भएको खेलमा स्विट्जरल्यान्ड विरुद्ध २-० ले पराजित भएसँगै इटाली अन्तिम १६ बाटै घर फर्किने भएको हो । स्विट्जरल्यान्डका लागि रेमो फ्रिउलार र रुबेन भार्गासले एक एक गोल गरे । ३७औं मिनेटमा भार्गासकै पास नियन्त्रणमा लिँदै फ्रिउलारले स्विट्जरल्यान्डलाई खेलमा अग्रता दिलाएका थिए […]
June 29, 2024
सुशिल पन्त क्षेत्री, चितवनसेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा साविक उपविजेता एभरेष्ट क्लब चितवन र माडी ११ फुटबल क्लबले अंक बाँडेका छन्। भरतपुर ७ कृष्णपुर मैदानमा शनिबार भएको समूह बी को खेलमा १-१ को बराबरीमा टुङ्गिएको थियो। माडीका लागि रितेश क्षेत्री र एभरेष्टका लागि विवेक खत्रीले गोल गरे । खेलको २५ औं मिनेटमा रितेशको […]
June 29, 2024
एजेन्सी – युरो कप २०२४ को नकआउट चरण आजदेखि सुरु हुँदैछ । अन्तिम १६ चरण अन्तर्गत आज दुई खेल हुँदै छन् । नेपाली समूह अनुसार ९:४५ बजे बर्लिनमा हुने पहिलो प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्ड र इटाली भिड्ने छन् । दुवै टोलीले आ-आफ्ना समूहमा दोस्रो स्थान हासिल गरेका थिए । स्विट्जरल्यान्ड समूह ए को उपविजेता बनेको थियो। पहिलो […]
June 29, 2024
एजेन्सी – भिनिसियस जुनियरको २ गोल गरेको खेलमा विजयी हुँदै ब्राजिल अमेरिकामा जारी कोपा अमेरिकाको नकआउट चरणनजिक पुगेको छ। एलेजिन्ट स्टेडियममा शनिबार समूह ‘डी’ को अन्तिम खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ ले पराजित गरेको छ। २ खेलमा ब्राजिलको ४ अंक छ । ब्राजिलले पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरी खेलेको थियो। पाराग्वे अंकविहीन रहेको छ। पाराग्वे भने […]
June 29, 2024
एजेन्सी – कोस्टा रिकामाथि सहज जित हात पार्दै कोलम्विया कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोस्टा रिकालाई ३–० ले पराजित गरेपछि कोलम्वियाले समुह ‘डी’ मा एक खेल बाँकी छँदै अन्तिम आठको यात्रा तय गरेको हो । स्टेट फार्म स्टेडियम ग्लेनडेल एरिजोना अमेरिकामा शुक्रबार राति भएको खेलमा कोलम्वियाको सहज जितमा लुइस डियाज, डाभिन्सन […]
June 28, 2024
सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा साविक विजेता हानामी भरतपुर फुटबल क्लब (विएफसी) ले विजयी सुरुवात गरेको छ । भरतपुर ७ कृष्णपुर मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा नारायणी फुटबल क्लबलाई २-० ले हराउँदै विएफसीले विजयी सुरुवात गरेको हो । सुमन आले मगर र सागर तामाङ लोप्चनले गोल गरे । खेलको […]
June 28, 2024
काठमाडौ (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले यसै महिना लेबनानमा हुने भनिएको फोर नेसन्स कप नखेल्ने लगभग निश्चित भएको छ। लेबनान फुटबल संघले प्रतियोगिताको तालिका गरिसकेको भएपनि लेबनानमा असुरक्षित रहेको भन्दै टोलीलाई नपठाउनेमा तयारी अखिल नेपाल फुटबल संघ (एन्फा) रहेको बुझिएको छ। ‘बंगलादेशले भाग नलिने भन्ने सुचना प्राप्त भएको छ ।हामीले पनि यो विषय […]
June 28, 2024
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर नाचो फर्नान्डेस साउदी प्रो लिग टोली अल कादसियामा अनुबन्धित भएका छन् । नाचो भर्खरै साउदी शीर्ष डिभिजनमा बढवा भएको टोलीमा अनुबन्धित भएका हुन् । सान्टियागो बर्नाबेउमा सम्झौताको अवधि सकिएसँगै युरो २०२४ मा स्पेनको प्रतिनिधित्व गरिरहेका नाँचोले नयाँ चुनौती पछ्याउने निर्णय गरेका छन् । ३४ वर्षीय नाँचो […]
June 28, 2024
एजेन्सी – कोपा अमेरिका २०२४ अन्तर्गत शुक्रबार बिहान सम्पन्न समूह सि अन्तर्गतका खेलमा उरुग्वे र पानामा विजयी भएका छन् । उरुग्वेले बोलिभिया र पानामाले अमेरिका माथि जित हात पारेका हुन् । न्यू जर्सीमा भएको खेलमा उरुग्वेले बोलिभियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो । यसपटक मार्सेलो बिएल्साको प्रशिक्षणमा रहेको उरुग्वे दावेदारको रुपमा उभिएको छ […]