January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]
January 27, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगमा फुलहमविरुद्ध कठिन जित दर्ता गरेको छ । युनाइटेडले आइतवार फुलहमलाई १-० ले हराएको हो । फुलहमको घरेलु मैदान कार्भेन कटेजमा पाहुना टोलीका लागि लिस्यान्द्रो मार्टिनेजले गोल गरे । खेलको ७८औं मिनेटमा मार्टिनेजले गरेको गोल युनाइटेडलाई जित दिलाउन पर्याप्त बन्यो । जितसँगै युनाइटेड २३ खेलमा २९ अंक जोडेको लिगको […]
January 27, 2025
एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई फराकिलो अन्तरले पराजित गरेको छ । बार्सिलोनाले आइतवार भ्यालेन्सियालाई ७-१ ले हराएको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन फिर्मिन लोपेजले २ , फ्याङकी डी जोङ, फेरान टोरेस, राफिन्हा र रोबर्ट लेवान्डोवस्कीले समान १ गोल गरे । १ गोल आत्मघाती भयो । भ्यालेन्सियाका लागि ह्युगो डुरोले गोल गरे […]
January 26, 2025
सुनिल गाउँले, सिमरा सिमराको नव–जनजागृति युवा क्लब मधेश प्रदेश च्याम्पियन बन्दै एन्फा प्रेसिडेन्ट लिगका लागि छनोट भएको छ । महोतरीको जलेस्वर रङ्गशालामा आइतवार मधेश प्रदेश लिगको फाइनलमा सप्तरीको प्रोग्रेसिभ युवा क्लबलाई २-० ले पराजित गर्दै नवजनजागृतिले चैतमा हुने एन्फा प्रेसिडेन्ट लिगमा खेल्नेछ । २०८१ सालको बारा जिल्ला लिग च्याम्पियन बन्दै नवजनजागृतिले प्रदेश लिगमा बारा जिल्लाको […]
January 26, 2025
दिपक बोहोरा, पाँचथर पाँचथर गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण अर्को महिना आयोजना हुने भएको छ। फिदिम माविको खेल मैदानमा फागुन २४ देखि चैत २ गतेसम्म हुने प्रतियोगितामा नेपाल र भारतका गरि ८ टोलीको सहभागिता रहने आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । विजेताले ११ लाख १ हजार १ सय ११ रुपैयाँ र […]
January 26, 2025
सुशील पन्त क्षेत्री,चितवन बागमती युवा क्लबले मिन्नानो राईजिङ भरतपुर गोल्डकप फुटबल प्रतियोगितामा आइतवार सूर्यपुर फुटबल क्लबलाई १-० ले हराएको छ। नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा बागमतीको जितमा सनम धिमालले निर्णायक गोल गरे । उनले खेलको २० औं मिनेटमा गरेको गोल नै बागमतीलाई जिताउन पर्याप्त भयो । दोस्रो हाफमा सूर्यपुरले केही मौका पाए पनि सदुपयोग […]
January 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान अन्जन विष्टको उत्कृष्ट प्रदर्शनमा न्यू रोड टिम (एनआरटी) ले सभापति कप २०८१ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न चौथो क्वाटरफाइनलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई ३-१ ले पराजित गरेको हो । एनआरटीलाई अन्तिम चारमा पुर्याउन अन्जनले २ तथा रिचार्ड विल्सनले १ गोल गरे । फ्रेन्ड्सका लागि विवेक […]
January 26, 2025
पोखरा (हाम्रो खेलकुद) – आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। सहारा क्लबले पोखराको आयोजनामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा राराको २४ औं संस्करण पोखरा रंगशालामा हुनेछ। विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुदको सहरको रुपमा स्थापित गरौं भन्ने मुख्य उद्देश्यका आयोजना हुने प्रतियोगितामा अहिले सम्म २ विदेशीसहित ११ […]
January 26, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको आर्सनलले वल्भ्समाथि कठिन जित निकालेको छ । आर्सनलले शनिवार वल्भ्सलाई १-० ले कठिन रुपमा पराजित गरेको हो । वल्भ्सको घरेलु मैदानमा ७४औं मिनेटमा रिकार्डो क्लाफायोरीले गरेको गोल नै आर्सनलका लागि निर्णायक भयो । जितपछि आर्सनल २३ खेलमा ४७ अंकका साथ दोस्रो स्थानमा छ । वल्भ्स २३ खेलमा १६ […]
January 26, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्ष स्थानको अग्रता फराकिलो बनाउँदै छ । इप्स्विच टाउनलाई शनिवार ४-१ ले हराउँदै लिभरपुलले अग्रता ६ अंकको बनाएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा काड्यो गोक्पोले २, डोमिनिक स्जोबोस्ल र मोहम्मद सलाहले समान १ गोल गरे । पाहुना टोलीका लागि भने ज्याकोव ग्रेसले गोल गरे । खेलको ११औं […]