default_image

फुटबल

July 17, 2024

एनआरटी र चर्च ब्वाइजको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बुधवार भएका खेलमा न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड विजयी भएका छन् । दिनको पहिलो खेलमा चर्च ब्वाइजले अमन बहादुर तामाङले ४५औं मिनेटमा गरेको गोलको मद्दतले थ्रीस्टार क्लब माथि १-० ले जित हात पारेको हो । जित सँगै चर्च ब्वाइजको २ खेलमा ३ अंक भएको छ […]

July 17, 2024

मोड्रिच रियलको नयाँ कप्तान

एजेन्सी – मिडफिल्डर लुका मोड्रिच स्पेनिस क्लब रियल म्याड्रिडको नयाँ कप्तान नियुक्त भएका छन् । क्लब सँग एक वर्ष सम्झौता नवीकरण गर्दै क्रोएसियन खेलाडी मोड्रिच क्लबको नयाँ कप्तान बनेका हुन् । गत सिजनको अन्त्यमा सकिएको सम्झौता मोड्रिचले १ वर्षका लागि नवीकरण गरेका हुन् । रियलका कप्तान नाचो क्लब छोडेर साउदी लिगमा गएसँगै कप्तानीको भूमिका खाली […]

July 17, 2024

रियलले भित्र्याउन खोजेको योरो युनाइटेड जाने

एजेन्सी – रियल म्याड्रिडले भित्र्याउन खोजेको फ्रेन्च डिफेन्डर लेनी याेरो म्यानचेस्टर युनाइटेड जाने लगभग पक्का भएको छ । विभिन्न युरोपेली सञ्चार माध्यमका अनुसार १८ वर्षीय योरो युनाइटेड जाने भएका हुन् । रियलले योरोका लागि करिब २० मिलियन युरोको प्रस्ताव गरेको थियो । अर्कोतर्फ युनाइटेडले ५० मिलियन युरो भन्दा बढीको प्रस्ताव गर्यो जुन रियलको भन्दा निकै […]

July 17, 2024

‘द ब्यूटीफुल गेम’ भित्रका कुरुप शब्दहरु

सन्जोग चाम्लिङ राई गुगलमा ‘द ब्यूटीफुल गेम’ टाइप गरी खोज्नु भयो भने त्यसले फुटबलसँग सम्बन्धित विभिन्न लेख र चित्रतर्फ तपाईंलाई डोर्याउँछ । यही नाम गरेको फिल्म पनि नेटफ्लिक्समा पाईन्छ, जसको विषय फुटबल नै हो । फुटबललाई ‘द ब्यूटीफुल गेम’ भनेर नै विश्वभर भन्ने गरे पछि गुगलले त भन्ने नै भयो । यो बुझाईमा विश्वव्यापी सहमति […]

July 16, 2024

मनाङ मर्स्याङ्दी र मछिन्द्रको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले विजयी सुरुवात गरेका छन् । मंगलबार भएको दिनको पहिलो खेलमा मनाङ मर्स्याङ्दीले संकटा क्लब विरुद्ध १-० को जित हात पारेको हो । मनाङ मर्स्याङ्दीका लागि विशाल चन्दले ४०औं मिनेटमा एकमात्र गोल गरे । दिनको दोस्रो खेलमा मछिन्द्रले त्रिभुवन आर्मीका क्लबलाई […]

July 16, 2024

एमबाप्पे रियल म्याड्रिड खेलाडीका रुपमा सार्वजनिक

एजेन्सी – फ्रान्सको राष्ट्रिय फुटबल टोलीका कप्तान किलियन एमबाप्पे मंगलबार सान्टियागो बर्नाबाउमा रियल म्याड्रिडका खेलाडीको रुपमा सार्वजनिक भएका छन् । एमबाप्पे २०२३/२४ क्लब सिजनको अन्त्यपछि फ्री ट्रान्सफरमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट रियल गएका हुन् । २५ वर्षीय फरवार्डलाई स्वागत गर्न रियलको रंगशालामा ८० हजारभन्दा बढी समर्थक उपस्थित थिए ।  पिएसजीमा रहँदा एमबाप्पेले ६ पटक […]

July 16, 2024

साउथगेटले इंग्ल्याण्डको मुख्य प्रशिक्षकको जिम्मेवारी छाडे

एजेन्सी – इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट जिम्मेवारीबाट अलग भएका छन् । साउथगेटले युरो कप फाइनलको हारपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको इङ्ल्यान्ड फुटबल एसोसिएसनले जनाएको हो । जर्मनीमा आइतबार भएको फाइनलमा इङ्ल्यान्ड स्पेनसँग २-१ ले पराजित भएको थियो । यो साउथगेटको प्रशिक्षणमा इङ्ल्यान्डको लगातार दोस्रो युरो कप फाइनल हार थियो । […]

July 16, 2024

पहिलो प्रि-सिजन खेलमा म्यानचेस्टर युनाइटेडको हार

एजेन्सी – फुटबल सिजन अघि प्रि-सिजनको पहिलो खेलमा इंग्लिस टोली म्यानचेस्टर युनाइटेड पराजित भएको छ । नर्वेमा सोमबार भएको खेलमा युनाइटेड घरेलु टोली रोसेनबोर्गसँग १-० ले पराजित भएको हो । खेलको अन्तिम समयतिर गोल भएको थियो । नोआह होल्मले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दै रोसेनबोर्गलाई जित दिलाए । युनाइटेडका लागि मार्कस र्यासफोर्ड, क्यासेमिरो, मेसन […]

July 15, 2024

रोड्रिगेज कोपा अमेरिकाको उत्कृष्ट खेलाडी

एजेन्सी – उपविजेता कोलम्बियाका कप्तान हामेस रोड्रिगेज कोपा अमेरिका २०२४ को उत्कृष्ट खेलाडी घोषित भएका छन् । अर्जेन्टिना विरुद्ध फाइनलमा १-० ले पराजित भएपनि उनले उत्कृष्ट खेलाडीको उपाधि हात पारेका हुन् । प्रतियोगिता अवधिभर उनले १ गोलका साथै ६ असिस्ट गर्न सफल रहे । फाइनलमा भने उनी अतिरिक्त समयको सुरुवात परिवर्तन भएका थिए । यस्तै […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.