default_image

फुटबल

July 21, 2024

चितवन जिल्ला लिगमा एनएफसी र एभरेष्ट विजयी

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार नारायणी फुटबल क्लब ( एनएफसी) र एभरेष्ट क्लब चितवन विजयी भएका छन्। शारदा नगरको मैदानमा भएको पहिलो खेलमा नारायणीले हर्दी युवा समाजलाई २-१ ले हरायो । नारायणीका‌ सुगम तामाङ र सुरज गुरुङले गोल गरे । हर्दीका सन्तोष थिङले एक गोल गरे । खेलमा […]

July 21, 2024

रेन्जर्सविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी

एजेन्सी – युरोपियन फुटबल सिजन सुरु हुनुअघिको प्रिसिजनको आफ्नो दोस्रो खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । ग्लास्गोमा भएको खेलमा युनाइटेडले स्कटिस टोली रेन्जर्स माथि २-० को जित दर्ता गरेको हो । युनाइटेडका लागि अमाद डियालो र जो हुगिलले गोल गरेका हुन् । ३९औं मिनेटमा बक्सको दायाँभागबाट उत्कृष्ट फिनिस सहित डियालोले सुरुवाती गोल गरेका थिए […]

July 20, 2024

प्रिती ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोली तथा एपिएफकी‌ मिडफिल्डर प्रिती राई एकता ग्लोबल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छन्। उनले एकता ग्लोबलको‌ ब्रान्ड एम्बेसडरका रुपमा‌ सम्झौता गरेको बताइएको छ । चोट मुक्त भएर प्रिती हाल एपिएफले अर्को महिना खेल्ने एएफसी वुमन्स च्याम्पियन्स लिगको तयारीका लागि प्रशिक्षणमा सामेल भएकी छिन् ।  साउदी अरबमा फागुनमा […]

July 19, 2024

मनाङको जित, मछिन्द्र र जावलाखेलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग २०८१ अन्तर्गत शुक्रवार भएका खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी हुँदा मछिन्द्र एफसी र जावलाखेलले बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मछिन्द्र र जावलाखेलले २-२ को बराबरी खेलेका हुन् । मछिन्द्रले पहिलो हाफमा लिएको दुई गोलको अग्रता गुमाएको थियो । मछिन्द्रका लागि अनिश […]

July 19, 2024

च्यालेन्ज कप प्लेअफको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – अपि पावर चर्च ब्वाइज युनाइटेडले यसै महिना खेल्ने एएफसी च्यालेन्ज लिग प्लेअफको खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । सहिद स्मारक ए डिभजन लिग च्याम्पियनका रुपमा अपि पावर चर्च ब्वाइजले एएफसी च्यालेन्ज कपको प्लेअफमा प्रतिस्पर्धा गर्दैछ । प्रत्यक्ष प्रसारणका लागि चर्च ब्वाइज र हाम्रो खेलकुदबीच शुक्रबार सम्झौता भएको हो […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 18, 2024

एएफसी प्रतियोगिता खेल्न चर्च ब्वाइजको बलियो टोली

काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेडले लिग च्याम्पियनको हैसियतले एएफसीको क्लब प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछ । यसका लागि चर्च ब्वाइजले साउन २९ गते एएफसी च्यालेन्ज लिगको प्लेअफमा भुटानी लिग विजेता पारो एफसीको सामना गर्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने सो खेलका लागि चर्च ब्वाइजले बलियो टोली निर्माण गर्ने भएको छ । केहि समय अघि […]

July 18, 2024

एपिएफको समूहमा मलेसिया र उज्बेकिस्तानको टोली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको खेल मलेसियामा खेल्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले विहीबार सार्वजनिक गरेको समूह ड्र अनुसार एपिएफ समूह सी मा परेको हो । यस समूहमा उज्बेकिस्तानको एफसी नासाफ र मलेसियाको सबाह एफए रहेका छन् । प्रारम्भिक चरणमा सहभागी १३ टोलीलाई […]

July 18, 2024

फ्रान्सका सर्वाधिक गोलकर्ताले लिए सन्यास

एजेन्सी – फ्रान्सको राष्ट्रिय फुटबल टोलीका लागि सर्वाधिक गोल गरेका फरवार्ड ओलिभिएर जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको औपचारिक घोषणा गरेका छन् । ३७ वर्षीय जिरुडले यसअघि मेमा नै जर्मनीमा हुने युरोपियन च्याम्पियनसिप फ्रान्सका लागि आफ्नो अन्तिम प्रमुख प्रतियोगिता हुने बताएका थिए । इंग्लिस क्लब आर्सनल र चेल्सी तथा इटालियन क्लब एसी मिलानका पूर्व फरवार्ड जिरुडले अब […]

July 17, 2024

एन्फा महिला लिग : छनोट नै नखेलेका ४ टोली सिधै अन्तिम चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२४ एन्फा महिला लिगका लागि छनोट नखेलेका ४ टोलीलाई सिधै अन्तिम चरणमा खेल्न दिने निर्णय गरेको छ । तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफलाई एन्फाले सिधै महिला लिगको लागि छनोट गरेको थियो । त्यस्तै दुई महिनाअघि कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न छनोट खेलेर उत्कृष्ट […]

Success

Thank you for your time.