default_image

फुटबल

June 25, 2024

अर्जेन्टिना चिली विरुद्ध खेल्दै

एजेन्सी – साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को दोस्रो खेलमा चिली विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बुधबार बिहान ६:४५ बजे न्यू जर्सीमा सुरु हुनेछ । अर्जेन्टिनाले पहिलो खेलमा क्यानडा विरुद्ध २-० को जित हात पारेको थियो । पहिलो खेलमा अर्जेन्टिना खेलमा हावि भएपनि सोचेअनुरूप प्रदर्शन भने रहेको थिएन । अर्जेन्टिनाले थुप्रै अवसरहरू […]

June 25, 2024

नाचो र जोसेलुले रियल म्याड्रिड छाड्ने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर नाचो फर्नान्डेस र फरवार्ड जोसेलु माटाले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् । सान्टियागो बर्नाबेउमा सम्झौताको अवधि सकिएसँगै युरो २०२४ मा स्पेनको प्रतिनिधित्व गरिरहेका नाँचोले नयाँ चुनौती पछ्याउने निर्णय गरेका छन् । उनी साउदी प्रो लिग क्लब अल कादासियामा सामेल हुने सम्भावना रहेको छ । […]

June 25, 2024

ब्राजिल र कोस्टारिकाको बराबरी

एजेन्सी – उपाधि दावेदार ब्राजिलले कोपा अमेरिका २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा कोस्टारिकासँग बराबरी खेलेको छ । अमेरिकाको लस एन्जेलसस्थित सोफाइ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिदा दुवै टोलीले १-१ अंक हात पारे । ब्राजिलले खेलमा एकपक्षीय आक्रमण गरेपनि आवश्यक गोल भने गर्न सकेन । ब्राजिलले पहिलो हाफमा मार्किन्हसको प्रयासमा बललाई पोस्टभित्र पठाएपनि रेफ्रीले भीएआरको […]

June 25, 2024

इटाली नाटकीय ढंगले युरो कपको अन्तिम १६मा

एजेन्सी – अन्तिम मिनेटमा बराबरी गोल गर्दै साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १-१ को बराबरी खेल्दै इटाली नकआउट चरणमा पुगेको हो । ५५औं मिनेटमा लुका मोड्रिचको गोलमा क्रोएसियाले अग्रता लिएको थियो । त्यसअघि […]

June 24, 2024

कोस्टारिकासँग खेल्दै ब्राजिलले कोपा अमेरिकाको यात्रा सुरु गर्ने

एजेन्सी – ब्राजिलले मंगलबार बिहान कोपा अमेरिका २०२४ यात्राको सुरुवात गर्दैछ । समूह डीमा ब्राजिलले कोस्टा रिका विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।   खेल मंगलबार नेपाली समय अनुसार बिहान ६:४५ बजे सुरु हुनेछ । त्यसअघि राति ३:४५ बजे कोलम्बिया र पाराग्वेले एकअर्काको सामना गर्नेछन्। ब्राजिलले कोपा अमेरिकाको तयारीका लागि दुई मैत्रीपूर्ण खेलहरु खेलेको थियो । […]

June 24, 2024

अन्तिम १६मा स्थान पक्का गर्न इटाली क्रोएसियासँग भिड्दै

एजेन्सी – साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा स्थान पक्का गर्न आज क्रोएसियाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राती १२:४५ बजे हुनेछ । अल्बानिया माथि जित र स्पेन विरुद्ध हार बेहोरेको इटाली ३ अंक सहित समूह बि को दोस्रो स्थानमा छ । क्रोएसियाको भने २ खेलमा १ अंक छ […]

June 24, 2024

जर्मनीसँग रोकिएपनि स्विट्जरल्याण्ड नकआउट चरणमा

एजेन्सी – निकलस फुलक्रगले इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरेपछि युरो कप आयोजक जर्मनीले आफ्नो समूहको विजेता बनेको छ। स्विट्जरल्याण्डसँग आइतबार १–१ को बराबरी खेल्दै जर्मनी समूह ए विजेता बनेको हो । लगातार दुई खेल जित्दै यसअघि नै नकआउट चरणमा पुगिसकेको जर्मनीलाई समूह विजेता बन्न बराबरी नै पर्याप्त थियो । डान एनडोएले २८ औं मिनेटमा […]

June 23, 2024

चितवन जिल्ला लिग यसै साता सुरु हुने

सुशिल पन्त क्षेत्री, चितवनसेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल यसै साता सुरु हुने भएको छ। आयोजक चितवन जिल्ला फुटबल संघले असार १४ गते सुरु हुने लिगमा  सहभागी १३ टोलीलाई‌ दुई समूह विभाजन गरेको  छ । सेन्ट्रल टावरमा आज (आइतबार) एक कार्यक्रमकाबीच भएको  विभाजनको समूह ए मा साविक विजेता हनामी भरतपुर फुटबल क्लब (बिएफसी) […]

June 22, 2024

पोर्चुगल युरोको अन्तिम १६ मा

एजेन्सी – लगातार दोस्रो जित दर्ता गर्दै पोर्चुगल युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा पोर्चुगलले टर्कीलाई ३-० ले सहजै पराजित गरेको हो । पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १-१ गोल गरे भने १ गोल आत्मघाती गोल रहेको थियो । २१औं मिनेटमा बर्नार्डो सिल्भाले […]

June 22, 2024

जर्जिया र चेकियाको बराबरी 

काठमाडौँ (हाम्रोखेलकुद) – यूरो कप २०२४ अन्तर्गत शनिवार सम्पन्न पहिलो खेलमा जर्जिया र चेकियाले बराबरी खेलेका छन् । जर्मनीको ह्यामबर्गमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । पहिलो हाफको अन्त्यतिर जर्जियाले खेलमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । रोबिन ह्रनाचले बक्स भित्र ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा जर्जेस मिकाउताड्जेले कुनै गल्ती गरेनन् ।   खेलको ५९औ मिनेटमा […]

Success

Thank you for your time.