default_image

फुटबल

August 22, 2024

साफ यु २० – समूह विजेता बन्न नेपाल र बंगलादेश खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल साफ यु २० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता बन्न बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दिउँसो ३ बजे सुरु हुनेछ । मंगलबार बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो । यस खेलमा पनि हात पार्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान […]

August 21, 2024

साफ यू२० : भुटानसँग माल्दिभ्स पराजित

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्सलाई हराउँदै भुटानले काठमाडौंमा‌ जारी साफ यू२० च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो पारेको छ । दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सीमित भएको भुटानले माल्दिभ्सलाई बुधवारको समूह बीको खेलमा २-१ ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भारी वर्षाका बीच खेलको २१ मिनेटमा दोर्जीको गोलबाट भुटानले अग्रता लिएको थियो । खेलको […]

August 21, 2024

अल्मुताइरी श्रीलंकाको अन्तरिम प्रशिक्षकमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी श्रीलंकाको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका छन् । श्रीलंका फुटबल महासंघले मंगलबार अल्मुताइरीलाई एएफसी छनोटका लागि अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो । एएफसी छनोटका क्रममा श्रीलंकाले ५ र १० सेप्टेम्बर मा कम्बोडियासँग खेल्दैछ । अल्मुताइरी यसअघि सन् २०२१ देखि २०२२ सम्म […]

August 20, 2024

बंगलादेशको जितमा नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- बंगालादेशको जितपछि नेपाल एक खेलअघि नै साफ यु २० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको खेलमा श्रीलंकालाई २-० ले पराजित गरेसँगै बंगालादेश पनि अन्तिम चारमा पुगेको‌ छ। समूह ए मा दुवै खेलमा पराजित भएको श्रीलंका च्याम्पियनसिपबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो। नेपालले समूहचरणको […]

August 20, 2024

एट्लेटिको र भिल्लारियल बराबरीमा रोकिए

एजेन्सी – स्पेनिस ला लिगमा एट्लेटिको मड्रिड र भिल्लारियालले सोमवार बराबरी खेलेका छन् । घरेलु मैदानमा भिल्लारियलले एट्लेटिकोसँग २-२ को बराबरीमा रोकिएको हो । भिल्लारियलले २ पटकको अग्रता जोगाउन सकेन।भिल्लारियलका लागि अमौत दान्जुमाले १ गोल गर्दा एट्लेटिकोका कोकेले आत्माघाति गोल उपाहार दिए । एट्लेटिकोका लागि मार्कोस लोरेन्ट र एलेक्जेन्डर सार्लोथले समान १ गोल गरे । […]

August 20, 2024

टोटनहम बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिग (इपिएल) मा अग्रता जोगाउन नसक्दा टोटनहम लेस्टर सिटीसँग बराबरीमा राेकिएको छ । घरेलु मैदान किंग पावर स्टेडियममा मंगलवार भएको खेल लेस्टरले टोटनहमलाई १–१ को बराबरीमा रोकेको हो । भ्रमणकारी टोटनहमको लागि पेड्रो पोरोले गोल गरे । घर लेस्टरका लागि अनुभवी स्ट्राइकर जेमी भार्डेले गोल गरे । पोरोले २९औं मिनेट गोल […]

August 19, 2024

साफ यु २० -भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतले साफ यु २० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सोमवार भुटानलाई १-० ले हराउँदै भारतले जितबाट यात्रा सुरु गरेको हो । मोनिरुल मुल्ला ३७ औं‌ मिनेटमा गरको गोल नै खेलको निर्णायक बनेको थियो । तनावपूर्ण खेलमा भारतका २ खेलाडी र भुटानका १ खेलाडीले रातो कार्ड पाएका थिए। यससँगै समूह […]

August 19, 2024

एमबाप्पे नचल्दा रियल बराबरीमा रोकियो

एजेन्सी – साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगाको पहिलो खेलमा मालोर्कासँग बराबरीमा रोकिएको छ। ला लिगामा डेब्यु गरेका फ्रान्सका स्टार स्ट्राइकर किलियन एमबाप्पेको लागि डेब्यु राम्रो हुन सकेन । रियलका लागि भने उनले गत साता भएको युइएफए सुपर कपमा एटलान्टालाई २-० ले पराजित गर्दै उपाधि जितेको खेलमा डेब्यु गरेका थिए । त्यो खेलमा एमबाप्पेले […]

August 19, 2024

सिटीले चेल्सीलाई हरायो

एजेन्सी – गत सिजनको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गर्ने क्रममा चेल्सीलाई हराएको छ । चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा सिटीले २-० को सहज जित दर्ता गरेको हो । सिटीको जितमा नर्वेली फरवार्ड एर्लीङ हालान्ड र चेल्सीकै पूर्व खेलाडी माटियो कोभाचिचले १-१ गोल गरे । सिटीका लागि सयौं खेल खेलिरहेका […]

August 18, 2024

साफ यू२० : नेपालको विजयी सुरुवात

एजेन्सी – साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले १-० को जित दर्ता गरेको हो । नेपालको जितमा निराजन धामीले गरेको गोल नै निर्णायक सावित भयो । खेलको अधिकांश समय बल पोसेसनमा नियन्त्रण लिएको नेपालले मध्यतिर अग्रता लिएको थियो । आक्रमक फुटबलमा जोड […]

Success

Thank you for your time.