August 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को साता बस्ने केन्द्रिय कार्यकारी समितिको बैठकका लागि ४ वटा एजेण्डा थप गर्न सदस्य पेमा डोल्मा लामा माग गरेकी छिन्। एन्फा महासचिव किरण राईलाई शुक्रवार पत्र लेख्दै लामाले ४ वटा एजेण्डा थप्न आग्रह गरेकी हुन् । एन्फा केन्द्रिय कार्यकारी समितिको बैठक भदौ ११ लाई डाकिएको छ। […]
August 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)-नेपालले साफ यु–२० च्याम्पियनसिपमा फाइनल प्रवेश गर्न भुटानको सामना गर्ने भएको छ।समूह ‘बी’ को शुक्रवार भएको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको हो।नेपाल समूह ए को दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । नेपाल […]
August 23, 2024
एजेन्सी – युरोपा कन्फेरेन्स लिगमा इंग्लिस क्लब चेल्सीले जित निकालेको छ । बिहीवार राति भएको खेलमा घरेलु मैदानमा चेल्सीले स्विजरल्यान्डको सर्भटलाई २–० ले हरायो । चेल्सीको जितमा क्रिष्टिफर एकुन्कु र नोनी माडुकेले गोल गरे । पहिलो हाफको खेल गोलरहित भएको खेलमा दुवै गोल दोस्रो हाफमा भयो । चेल्सीका लागि ५०औं मिनेटमा एकुन्कुले पेनाल्टी मार्फत गोल […]
August 23, 2024
एजेन्सी – पोर्चुगिज स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डोको गोलको अग्रता जोगाउन नसक्दा साउदी प्रो लिगमा अल नासर बराबरीमा रोकिएको छ । सिजनको पहिलो खेल खेल्दै गरेको नासरले बिहीवार अल रइदसँग १-१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा नासरका लागि ३४औं मिनेटमा साडियो मानेको असिस्टमा रोनाल्डोले गोल गरे । त्योसँगै साउदी प्रो लिगमा रोनाल्डोको ५० गोल […]
August 22, 2024
सुबास हुमागाईं, काठमाडौं नेपालको यू२० फुटबल टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाउँदा कप्तान कुशल देउवाको प्रदर्शन गजबको रहेको छ । नेपालले विहीबार समूह ए को अन्तिम खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जितका साथ समूह विजेताको हैसियतले अन्तिम चारमा स्थान पक्का गरेको हो । समूह चरणका दुवै खेलमा कप्तान कुशलले पूरा समय मैदानमा […]
August 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसियामा महिला फुटबलको विकासका लागि एसियन फुटबल कन्फेडेरेसन(एएफसि) ले पहिलो पटक वुमेन्स च्याम्पियन्स लिग गराउँदैछ । पहिलो संस्करणको यस लिगमा नेपाल एपिएफ क्लबले नेपालको प्रतिनिधित्व गर्दैछ । यससँगै नेपाल एपिएफ क्लबले ईतिहास बनाउँदै छ । एपिएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली बन्नेछ । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली […]
August 22, 2024
एजेन्सी – एस्टन भिल्लाले गोलकिपर एमिलियानो मार्टिनेजसँग नयाँ सम्झौता गरेको छ । ३१ वर्षीय अर्जेन्टिनाका अन्तर्राष्ट्रिय खेलाडीले सन् २०२९ सम्मका लागि आफ्नो भिल्लामा बसाई लम्ब्याएका छन् । मार्टिनेज २०२० मा आर्सनलबाट १७ मिलियन पाउन्डमा भिल्लामा आबद्ध भएका थिए । उनले क्लबका लागि १ सय ५० भन्दा बढी खेल खेलिसकेका छन् । २०२२ को विश्वकप विजेता […]
August 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताको रुपमा साफ यू२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले २-१ को जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २-१ को अग्रता लिएको थियो । २ मिनेटको अन्तरमा नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरेका हुन् । हाफको अन्त्यतिर बंगलादेशले […]
August 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपाल र बंगलादेश खेल्दैछन् । एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २-१ को अग्रता लिएको छ । २ मिनेटको अन्तरमा नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरेका हुन् । हाफको अन्त्यतिर बंगलादेशले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दियो । […]
August 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल साफ यु २० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता बन्न बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दिउँसो ३ बजे सुरु हुनेछ । मंगलबार बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो । यस खेलमा पनि हात पार्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान […]