default_image

फुटबल

September 5, 2024

कोशीको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा कोशीले बागमती युथ क्लबलाई २-१ ले पराजित गर्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको बिहीबारको पहिलो खेलमा कोशीको जितमा समिक्षा मगरले १ गोल गर्दा १ गोल उपहार स्वरुप पाएको थियो । बागमतीका लागि बिष्नु माया […]

September 5, 2024

मेस्सी र रोनाल्डो विना बालोन डी ओर‌को मनोनयन सार्वजनिक

एजेन्सी – विश्वकै चर्चित फुटबल अवार्ड बालोन डी’ ओरको विभिन्न विधाको मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबल म्यागेजिनले आयोजना गर्ने अवार्डको बुधवार राति ३० खेलाडीको मनोनयन सार्वजनिक भएको हो । सन् २००३ पछि पहिलो पटक अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो बिना नै २०२४ को बालोन डि ओर‌ अवार्डका मनोनयनमा सार्वजनिक […]

September 5, 2024

एन्फा महिला लिग – आज २ खेल

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आजबाट दोस्रो राउन्डका खेलहरु सुरु हुँदैछन् । आज दुई खेल हुनेछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा बागमती युथ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । बागमती र कोशीबीचको खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । पहिलो राउन्डको खेलमा बागमतीले सुदुरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । कोशीले भने […]

September 4, 2024

आर्मीको सुखद सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सुखद सुरुवात गरेको छ । सातोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको लिगको पाँचौं खेलमा आर्मीले संकटा क्लबलाई ४-० ले पराजित गर्यो । आर्मीलाई जित दिलाउन विमला चौधरीले २, सावित्री देवी मगरर अनिता लम्जेल समान १ गोल गरे।१९औं मिनेटमा सावित्रीको गोलबाट आर्मीले अग्रता लियो । […]

September 4, 2024

आर्मी र संकटा भिड्दै

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा बुधवार विभागीय टोली त्रिभुवन आर्मी र संकटा फुटबल क्लब भिड्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । यस संस्करणको पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ लिगको सुरुवात गर्न चाहन्छन् । यो खेल पहिलो राउन्डको अन्तिम खेल पनि हो । संकटाले लिगमा […]

September 3, 2024

पुलिस र एपिएफले अंक बाडे

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोलीहरु नेपाल नेपाल पुलिस क्लब र नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगमा अंक बाडेका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको दिनको दोस्रो खेलमा पुलिस र एपिएफले गोलरहित बराबरी खेल्दै लिग सुरुवात गरेका हुन् । विभागीय डर्बीमा साविक विजेता समेत रहेको‌ एपिएफले धरै मौका सृजना गरेपनि सफलता मिलेन […]

September 3, 2024

चन्द्रपुर र कर्णालीले बराबरी खेले

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले एन्फा महिला लिगमा बराबरी खेलेका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको दिनको पहिलो खेलमा चन्द्रपुर र कर्णालीले १-१ को बराबरी खेल्दै लिग सुरुवात गरेका हुन् । कर्णालीका लागि सातौं मिनेटमा सुनकला राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएकि थिइन् । पहिलो हाफको इन्ज्युरी समयमा रजनी […]

September 3, 2024

सुआरेज अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

एजेन्सी – उरुग्वेका अनुभवी स्ट्राइकर लुइस सुआरेजले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । ३७ वर्षीय उनले सोमवार सन्यास घोषणा गरेका हुन् । १ सय ४२ खेलमा ६९ गोल गरेका उरुग्वेका सर्वाधिक गोलकर्ता सुआरेजले शुक्रवार पाराग्वेविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नेछन् । सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा भावुक सुआरेजले भने,’शुक्रवार राष्ट्रिय टोलीसँग मेरो अन्तिम खेल […]

September 3, 2024

एन्जिलाले पनि‌ युरोपमा व्यवसायिक फुटबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपमा व्यवसायिक फुटबल खेल्ने भएकी छिन्। १२ वर्ष भन्दा लामो समयदेखि एपिएफमा‌ आवद्ध रहेकी एञ्जिलाले ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग २०२४/०२५ को सिजनका लागि सम्झौता गरे हुन्‌ । उनले केही साता अघि नै सम्झौता भएको जानकारी दिइन् । […]

September 2, 2024

बागमतीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा महिला लिगमा विजयी सुरुवात गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सोमवार भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५-१ ले हराउँदै लिगमा सुखद सुरुवात गरेको हो। बागमतीको जितमा अस्मिता खवासले ह्याट्रिक गरिन् । सहारा लिम्बु र आरती भुजेलले समान १ गोल गरे । सुदूरका लागि तुलचा बाहोराले १ […]

Success

Thank you for your time.