default_image

फुटबल

September 1, 2024

कोशीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- कोशी प्रदेशले एन्फा महिला लिगमा विजयी सुरुवात गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आइतवार भएको उद्घाटन खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई ४-० ले हराउँदै लिगमा सुखद सुरुवात गरेको हो। सानुमाया तामाङको गोलबाट अग्रता लिएको कोशीका लागि समिक्षा मगरले २ र प्रतिक्षा राईले गोल गरिन्।सानुमायाले १० औं मिनेटमा गोल गरेकी हुन् । थप‌ ३ […]

September 1, 2024

हालान्डको ह्याट्रिकमा सिटीको जित

एजेन्सी – नर्वेली फरवार्ड एर्लीङ हालान्डको ह्याट्रिकको मद्दतमा गत सिजनको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग (इपिएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ । सिजनको लगातार तेस्रो जित हात पार्ने क्रममा सिटीले वेस्ट हाम ह्यामलाई ३-१ गोल अन्तरले पराजित गर्यो । वेस्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा हालान्डले ह्याट्रिक गरे । वेस्ट […]

September 1, 2024

रेखाको गोलसँगै अबुधाबी समूह चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड रेखा पौडेलको गोलमा अबुधाबी कन्ट्री क्लबले एएफसी महिला च्याम्पियन्स लिगको खेलमा अल नासरलाई पराजित गरेको छ । प्रारम्भिक चरणको समूह ए को अन्तिम खेलमा अल नासरलाई १-० ले पराजित गर्दै अबुधाबीले समूह चरणमा स्थान पक्का गरेको हो । खेलको ६८ औं मिनेटमा रेखाले गोल गर्दै टोलीलाई […]

August 31, 2024

ब्रेन्टफर्डले साउथह्याम्पटनलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा ब्रेन्टफर्डले साउथह्याम्पटनलाई पराजित गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकालेको ब्रेन्टफर्डले साउथह्याम्पटनमाथि ३-१ को जित हात पारेको हो । घरेलु मैदानमा ब्रेन्टफर्डलाई जित दिलाउन ब्रायन एमबुएमोले २ तथा योएन विसाले १ गोल गरे । भ्रमणकारी साउथह्याम्पटनका लागि युकिनारी सुगवाराले सान्त्वना गोल फर्काए । एमबुएमोले ४३औं मिनेटमा गोल […]

August 31, 2024

लेस्टरमाथि एस्टन भिल्लाको जित

एजेन्सी – एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीमाथि जित निकालेको छ । जारी सिजनको तेस्रो खेलमा दोस्रो जित निकाल्नेक्रममा भिल्लाले लेस्टरको मैदानमा २-१ को जित हात पारेको हो । भिल्लालाई जित दिलाउन अमाडु ओनाना र जोन डुरानले १-१ गोल गरे । घरेलु टोलीका लागि भने फाकुन्डो बोनानोटेले सान्त्वना गोल फर्काए । भिल्लाका […]

August 31, 2024

एन्फा महिला लिग- कोशी र वालिङबीच उद्घाटन खेल

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिग फुटबलको उद्घाटन खेल कोशी प्रदेश र वालिङ नगरपालिकाबीच हुने भएको छ। आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिवार एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ। दुई चरणमा हुने लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । ३ विभागिय टोली (त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ […]

August 30, 2024

एन्फा महिला लिगको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– यसै साता सुरु हुने एन्फा महिला लिगको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र हाम्रो खेलकुदबीच शुक्रवार प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको छ । एन्फाका महासचिव किरण राई र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरे । एन्फाको आयोजनामा आइतबार सुरु हुने लिगमा […]

August 30, 2024

महिला साफ च्याम्पियनसिप– नेपालको पहिलो खेल भुटानसँग

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भुटानको सामना गर्दै यसपटकको साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ । कात्तिक १ गते दशरथ रंगशालामा सुरु हुने साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले भुटानसँग कात्तिक २ गते खेल्नेछ । उद्घाटन खेल कात्तिक १ गते साविक विजेता बंगलादेश र पाकिस्तानबीच हुनेछ । समूह एमा बंगलादेश, पाकिस्तानसँगै भारत रहेको छ […]

August 30, 2024

नेपालमा लगातार तेस्रो पटक महिला साफ च्याम्पियनसिप हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा लगातार तेस्रो पटक पटक महिला साफ च्याम्पियनसिप आयोजना हुने भएको छ । दशरथ रंगशालामा साफ च्याम्पियनसिपको छैटौं संस्करण आयोजना भएको दुई वर्षपछि पुनः सोही मैदानमा सातौं संस्करण आयोजना हुने तय भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीवार सम्पन्न बैठकले कात्तिक १ देखि १४ गते सम्म साफ च्याम्पियनसिप आयोजना […]

August 30, 2024

फुटबल क्रेज – ताप्लेजुङ गोल्डकपमा टिकट विक्रीबाट झन्डै २४ लाख संकलन

दिपक बोहोरा, ताप्लेजुङ फुटबल नेपालमा लोकप्रिय खेल मध्ये पर्दछ। देशको जुनै ठाउँमा फुटबल होस् दर्शकमा बेग्लै उत्साह हुन्छ। देशमा हुने साना ठूला प्रतियोगितामा शुल्क नै तिर्नुपर्ने खेल नेपालमा सम्भावत फुटबल मात्रै होला। त्यसअर्थ दर्शकहरु पैसा तिरेर फुटबल हेर्न तयार छन् । चाँहे त्यो संघिय राजधानी काठमाडौंमा होस् वा जिल्ला। यसैबीच हिमाली जिल्ला ताप्लेजुङमा सोमबार दोश्रो […]

Success

Thank you for your time.