April 16, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी ) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । एस्टन भिल्लासँग क्वाटरफाइनलको दोस्रो लेगमा मंगलवार ३-२ ले पराजित भएपनि पहिलो लेगको जितले पिएसजी अघि बढ्न सफल रह्यो । पहिलो लेगमा ३-१ ले विजयी भएको पिएसजी समग्रमा ५-४ ले अन्तिम चारमा पुगेको हो। भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो […]
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चितवनको नारायणगढ फुटबल क्लब र एम्बेसडर फुटबलले दशौं ओसन कपको पुरुष र महिलातर्फको उपाधि जितेका छन् । विजेता नारायणगढले २५ हजार रुपैयाँ र उपविजेता नव जन जागृतिले १५ हजार रुपैयाँ प्राप्त गरे । गोरखास्थित ओसन क्लबको कृत्रिम घाँसे मैदानमा भएको प्रतियोगिताको महिलातर्फ एम्बेसडरले हिलीफिल्डर्स गोरखा एफसीलाई २-१ ले पराजित गर्यो । […]
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा थन्डर्स तेस्रो स नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा पुग्न सफल भएको छ। बुटवल लुम्बिनीलाई आज २-० ले हराउँदै पोखरा लिगको तेस्रो स्थानमा उक्लिएको छ। यो सँगै पोखराले काठमाडौं रेजर्सलाई गोल अन्तरमा पछि पार्दै प्ले अफमा स्थान सुरक्षित गरेको हो। पोखराको जितपछि झापा लिगबाट बाहिरिने दोस्रो टोली बन्यो। अब एफसी […]
April 15, 2025
एजेन्सी – च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा आज बोरुसिया डर्टमण्डले बार्सिलोनाको सामना गर्दैछ। डर्टमण्डका लागि फेरि सेमिफाइनल पुग्ने लक्ष्य कठिन देखिन्छ। बार्सिलोनासँग ४-० को बलियो अग्रता छ। यद्यपि डर्टमण्डलाई सजिलो आँक्न हुँदैन। किनकी डर्टमण्डलाई आज आफ्नो घरेलु मैदान र समर्थकको साथ रहनेछ। बार्सिलोना सन् २०१५ पछि पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्ने दाउमा छ। ला लिगामा […]
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा सशक्त प्रदर्शन गरिरहेको टिम हो, धनगढी एफसी। धनगढी एक खेल अगाडि नै पहिलो क्वालिफायरमा प्रवेश गर्न पनि सफल भैसकेको छ। तर धनगढीले हिजो दशरथ रंगशालामा झापा एफसीसँगको खेलका दौरान धनगढीका अफ्रिकी खेलाडी अफिज ओलावालेले अनुशासनहीन व्यवहार गरे। उनी प्लेइङ इलेभेनमा थिएनन्। ६८ औं मिनेटमा मोहम्मद अल […]
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीचको खेल जारी छ। पहिलो हाफमा पोखराले १-० को अग्रता बनाएको छ। आयुष घलानले गोल गरे। प्ले अफमा पुग्ने संभावनाको लागि पोखरालाई जितको विकल्फ छैन । गर या मरको स्थितिमा पोखरा रहेको छ। प्ले अफबाट बाहिरिसकेको बुटवल भने सान्त्वना जित निकाल्न […]
April 15, 2025
एजेन्सी – स्पेनिस ला लिगमा एट्लेटिको मड्रिडले सोमवार भालाडोलिडलाई ४-२ पराजित गरेको छ । खेलमा भालाडोलिडले अग्रता लिएको थियो। ममदोउ सिलाले २१औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका थिए । एट्लेटिकोका लागि जुलियन अल्बारेजले २५औं पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । त्यस्तै एट्लेटिकोका लागि जिउलियानो सिमेनोइले २७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए […]
April 15, 2025
एजेन्सी – एन्टोइन सेमेन्इयोको पहिलो मिनेटमा गरिएको गोल निर्णायक बनेपछि एएफसी बर्नमाउथले फुलहमलाई १-० ले हराएको छ। यो जितले बर्नमाउथको युरोपेली प्रतियोगिता खेल्ने आशा बलियो बनायो। डिसेम्बरमा फुलहमसँग २-२ को बराबरी खेलेको बर्नमाउथले सोमवारको खेल सुरु भएको ५३ सेकेन्डमा लिएको अग्रता जोगाउन सफल रह्यो । एभानिल्सनले बर्नमाउथको अग्रता बढाउने राम्रो मौका चुकाए । उनले नजिकैबाट […]
April 14, 2025
सुमन अधिकारी, बुटवल सिम्रिक युवा क्लबले आठौ भूपू सैनिक कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमवार भएको फाइनलमा आयोजक भूपू सैनिक स्पोर्टिङ क्लबलाई ३-१ ले पराजित गर्दै सिम्रिकले उपाधि चुमेको हो । भूूपू सैनिक जबई खेल मैदानमा भएको फाइनलको २० औं मिनेटमा सुरज चौधरीले पेनाल्टी मार्फत गोलको खाता खोलेका हुन् । विशाल शाहीले […]
April 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनका मालिक सचिन ढकालले झापा एफसीविरुद्ध अघिल्लो साता सम्पन्न खेलमा रेफ्रीले पक्षपात गरेको गम्भीर आरोप लगाएका छन् । ढकालले सोमबार काठमाडौं रेजर्ससँग २-० को हार बेहोरेपछि सामाजिक संजाल फेसबुकमार्फत असन्तुष्टि पोखेका हुन् । ढकालले नाम नतोकेको भएपनि झापा र चितवनको खेलमा रेफ्रीको निर्णयलाई लिएर […]