default_image

फुटबल

January 7, 2016

आज नेपाली टोली बाङ्लादेश जादै

पुष २३ गते, काठमाडौं । आज नेपाली राष्ट्रिय फूटबल टोली भोली बाट सुरु हुने बाङ्ग्लाबन्धु गोल्ड कप खेल्नको लागि बाङ्लादेश तर्फ प्रस्थान गर्दैछ । युवाहरुले भरिएको टोलिले आफ्नो पहिलो खेल जनवरी ९ तरिखमा मलेशिया बिरुद खेल्नेछ । नेपालले यो प्रतियोगितलाई सागको तयारीको रुपमा हेरेको छ । टिमको कप्तानी बिराज महर्जनले गर्ने लगभग पक्का देखिएको छ ।  […]

Kiran

January 6, 2016

किरण मनाङ्गबाट खेल्ने

राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ्ग मनाङ मर्स्याङ्गदि क्लबबाट खेल्ने पक्का भएको छ  । करिव एक दशकदेखि थ्री स्टारबाट व्यवसायीक फुटबल खेल्दै आएका किरणको राष्ट्रिय लिगपश्चात अनुबन्धन सकिएको थियो । राष्ट्रिय लिगको उपाधि उठाउँदा किरणनै टोलीका कप्तान रहेका थिए । यसअघि मच्छिन्द्रबाट पनि खेलिसकेका किरणको यो तेश्रो ए डिभिजन क्लब हो । किरणको अनुबन्धनसंगै मनाङ्गको गोलरक्षणको समस्यामा सुधार […]

January 5, 2016

देवेन्द्रको स्थानमा दिनेशलाई बोलाइयो

पुष २१ गते, काठमाडौं नेपाली राष्ट्रिय फूटबल टोलिमा बङ्गबन्धु कपमा सहभागिता जनाउन बंगलादेश प्रस्थान गर्ने टोलीमा फेरबदल भएको छ| चोटका कारण डिफेन्डर देवेन्द्र तामाङ्गले खेल्न नसक्ने भएपछि दिनेश राजवंशीलाइ उनको ठाउँमा टोलीमा सामेल गरिएको छ| चोटका कारणनै साफको टोलीमा नपरेका देवेन्द्र सो चोटबाट ठिक भएर मोफसलका प्रतियोगितामा खेलिसकेका थिए| तर, राष्ट्रिय टोलीमा प्रशिक्षणका दौरान पुन: चोट बोकेपछि […]

January 5, 2016

रोहितद्वारा मलेसियाली क्लबमा प्रशिक्षण सुरु [फोटो फिचर]

रोहित चन्दले मलेसियाली क्लब टि-टिम एफ.सी.मा प्रशिक्षण सुरु गरेका छन्| अस्ति मात्र नेपाल बाट मलेसिया पुगेका रोहितले आज बाट प्रशिक्षण सुरु गरेका हुन्| उनको क्लबले आउँदो जनवरी ३०मा माथिल्लो डिभिजन पुग्न प्ले-अफ खेल्दै छ| रोहितले सो क्लबमा ३० नम्बर जर्सी लगाउने छन्| फोटो: टि-टिम एफ.सी.

Patrick

January 4, 2016

एन्फासँग असन्तुष्ट ओजेम्स – ‘नेपाल फर्कनु व्यर्थ ‘

आफ्नो व्यक्तिगत कारण फ्रान्स पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक प्याट्रिक ओजेम्सले नेपाली फुटबल समर्थकलाई खुला पत्र लेखेका छन  । उक्त पत्रमा ओजेम्सले एन्फा ले आफुले दिएको टोलिको विकास प्रस्ताव वेवस्ता गरेको जनाएका छन । ‘म ४ महिना अघी नेपाल आउँदा देखी नेपाली फुटबलमा धेरै नै नराम्रो कुराहरु भए । यिनै खराब कुराहरुले मलाई एउटा नयाँ […]

January 4, 2016

साफ यु-१९ विजयी टोलीका छ खेलाडी राष्ट्रिय टोलीमा

बंगबंधु गोल्ड कपका लागि घोषित टोलीमा छ जना खेलाडी यु-१९ साफ च्याम्पिएनसिप विजयी टोलीका सदस्य रहेका छन्| बालगोपाल महर्जन प्रशिक्षक रहेको टोलीमा उपेन्द्रमान सिंह गोलरक्षक प्रशिक्षक रहने छन्| महर्जन यु-१९ टोलि विजेता हुदा मुख्य प्रशिक्षक थिए भने सिंह यु-१६ टोलीका मुख्य प्रशिक्षक हुन्| यु-१९ टोलीका कप्तान विमल घर्ति मगर, फरवार्ड अन्जन विष्ट, मिडफिल्डर तेज तामाङ्ग, […]

Nepali Coach Patrick Aussems

January 4, 2016

ओजेम्स राष्ट्रिय टोलीबाट निष्काशित

राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक ओजेम्स जनवरी ८ देखि सुरु हुने बंगबंधु गोल्ड कपमा टोलीमा सामेल नहुने एन्फाले जनाएको छ| आज घोषित टोलीमा प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई दिईएको र उपेन्द्रमान सिंह गोलकिपर प्रशिक्षक रहने कुरा एन्फाले खुलाएको छ| केहि दिन अघि मात्र ओजेम्सले ट्वीटर मार्फत आफुले आफ्नो सम्झौता नवीकरण नगर्ने भनेका थिए| पारिवारिक कारणले […]

January 4, 2016

रोहितले मलेसियामा व्यवसायिक फुटबल खेल्ने

राष्ट्रिय फुटबल टोलीका उप-कप्तान एवं भरपर्दा मिडफिल्डर रोहित चन्द मलेसियाली क्लब टि-टिम एफ.सी.मा अनुबन्धित हुदैंछन्| भर्खरै सम्पन्न साफमा नेपाली टोलीको सन्तोषजनक प्रदर्शन नभएतापनि आफ्नो प्रभाव जमाउन सफल रहेका रोहित प्रतियोगिता सुरु हुनुअघिनै मलेसिया पुगेर मेडिकल गरेर आएका थिए| नेपाली टोलि बंगलादेशमा मैत्रीपूर्ण खेल खेल्न जानुपुर्व रोहित मलेसिया पुगेर ढाकामा जम्मा भएका थिए| रोहितकै पुर्व क्लब  […]

Light Training

January 4, 2016

बङ्गाबन्धु कपको लागि टिम घोषणा

पुष २० गते, काठमाडौं । अखिल नेपाल फूटबल संघले जनवरी ८ तरिखबाट बाङ्लादेशमा सुरु हुने बाङ्ग्लाबन्धु कपको लागि टिम घोषणा गरेको छ । नेपालले आफ्नो पहिलो खेल जनवरी ९मा मलेशिया बिरुद खेल्ने छ । प्रतियोगिताको लागि कोचको जिम्मेवारी बाल गोपाल महर्जनलाई सुम्पिएको छ । उपेन्द्रमान सिंहले गोलकिपर कोचको जिम्मेवारी सम्हाल्ने छन भने टिम म्यानेजरम बिराट […]

January 3, 2016

भारत साफ च्याम्पियन

अतिरिक्त समयमा सुनिल क्षेत्रीको गोलको मद्दतले भारतले अफगानीस्तानलाई साफ सुजुकी कपको फाइनलमा २-१ले पराजित गरेको छ| त्रिबेन्द्रमस्थित ग्रिन्फिल्ड स्टेडिएममा भएको फाइनल खेलमा खेलको ७०औं मिनेटमा अमिनिको गोलले अग्रता लिएको थियो| तर सो गोल भएको दुइ मिनेट नबित्दै जेजे लाल्पेख्लुआले गोल गर्दै भारतलाई ७२औ मिनेटमा बराबरीमा ल्याए| खेलमा त्येसपछि गोल भएन र खेल अतिरिक्त समय तर्फा […]

Success

Thank you for your time.