August 16, 2016
अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए.एफ.सी कप खेल्न मंगोलिया पुग्ने थ्री स्टार क्लबलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। आज दिउसो एन्फामा बसेको कार्यसमिति बैठकले नेपालको प्रतिनिधित्व गर्दै ए.एफ.सीको प्रतियोगिता खेल्ने क्लबहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार सार्क क्षेत्रमा खेल खेल्न जाने टोलीले रु. ५ लाख र सार्क बाहिर खेल्न […]
August 16, 2016
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो साधारण सभा र निर्वाचन कार्तिक ८ गते गर्ने निर्णय गरेको छ। आज दिउसो एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको कार्यसमितिको बैठकले अध्यक्ष र एक उपाध्यक्ष पदको निर्वाचन हुने निर्णय गरेको हो। ललितकृष्ण श्रेष्ठको स्वर्गरोहण पछि एन्फा कार्यसमितिले नरेन्द्र श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेर गणेश थापालाइ फिफाले कारवाही गरेपछि श्रेष्ठनै कार्यवाहक उपाध्यक्ष रहेका […]
August 16, 2016
काठमाडौं (हाम्रोखेलकुद) रुस्लान थ्री स्टार क्लब यही अगस्त २१ देखी २५सम्म हुने एएफसी कप २०१६ खेल्नको लागि आज मंगोलियातर्फ जादै छ । थ्री स्टार क्लबले पाटन स्तिथ अशोक हलमा एक कार्यक्रम बिच टिमलाई बिधाई गरेको थियो । बिधाई कार्यक्रम मा बोल्दै थ्री स्टार क्लबका नव नियुक्त प्रशिक्षक मेघराज केसीले टिमले राम्रो प्रदर्शन गर्नेमा ढुक्क रहेको […]
August 15, 2016
जर्मनी नेशनल टिमका फर्वार्ड लुकास पोडोल्स्कीले सन्यांसको घोषणा गरेका छन । युरो कपमा स्लोभाकिया बिरुद्दको खेलनै उनको लागि राष्ट्रिय टोलीको लागि अन्तिम खेल भयो । पोल्याण्डमा जन्मिएका पोडोल्स्कीले १२ बर्षमा जर्मनीको लागि १२९खेल खेल्दै ४८ गोल गरेका थिए । उनि २०१०मा जर्मनीले बिश्व कप जित्दा टोलिका महत्वपूर्ण खेलाडी थिए । समाजिक सन्जालबाट सन्यास घोषणा गर्दै […]
August 15, 2016
सुपर कपको पहिलो लेगमा सेभिल्ला बिरुद्ध २-० को जित दर्ता गर्दै बार्सिलोनाले सुपर कपमा अग्रता लिएको छ। दुई लेगमा निर्णय आउने खेलना बार्सिलोनाको लागि लुइस स्वारेज र मुनिरले गोल गरेका हुन । कोपा डेल रे र ला लिगा बिजेता बिच हुने खेलमा बार्सिलोनाले दुबै कोपा डेल रे र ला लिगा जिते पछि कोपा डेल रे […]
August 14, 2016
म्यानचेस्टर युनाइटेडले जारी सिजनको पहिलो खेलमा बर्नमाउथ विरुद्ध ३-१को जित दर्ता गर्दै तिन अंक जोडेको छ। नयाँ खेलाडी ज्लाटान इब्राहिमोभिचको डेब्यु गोल र एरिक बेलीको उत्कृष्ट प्रदर्शनसंगै जोसे मोउरिन्होले प्रिमिएर लिगमा सुखद सुरुवात गरेका छन्। यस जितसंगै युनाइटेड ३ अंक जोडेको छ। पउल पोग्बा अनुपस्थित यस खेलमा वान माटा र कप्तान वायन रोनीले गरेका थिए।
August 14, 2016
इंगलिश प्रिमिएर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई एमिरेट्स स्टेडियममा ४-३ले हरायो। सिजनको पहिलो खेलमा आफ्नो मुख्य चार खेलाडीबिना उत्रिएको आर्सनलले सुरुवातमा उत्कृष्टखेल पस्किएपनि खेलसंगै लय गुमाउँदा हार व्यहोरेको हो। थियो वालकटको गोलमा अघि बढेको आर्सनलले पहिलो हाफको अन्त्यतिर बरीबरी गोल खायो। लिभरपुलका फिलिप कुटिन्ह्योले करिब ३०मिटर टाढाबाट विश्वस्तरिय फ्रिकिक प्रहार गरेर गोल […]
August 13, 2016
नवप्रवेशी टिम हल सिटीले प्रिमियर लिग च्याम्पिएन टोलि लेस्टर सितिलाई २-१ले हराऊँदै इन्ग्लिश प्रिमिएर लिगको नया सिजनको सुरुवात गरेको छ। दिनको पहिलो खेलमा हलले अबेल हर्नान्डेजको गोलको मद्दतले अग्रता लिएको थियो भने लेस्टरले बराबरी पनि फर्काएको थियो। तर रोबर्ट स्नोडग्रासले घरेलु टोलीलाई दोश्रो हाफमा गोल गर्दै जित दिलाए। दिनको अन्य खेलमा उपाधिको दाबेदार म्यानचेस्टर सिटि […]
August 13, 2016
लियोनेल मेस्सीले कोपा अमेरिका सकिएलगत्तै अन्तराष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता लिएका छन्। आगामी महिना उरुग्वे र भनेजुएलामा हुने विश्वकप २०१८को छनोट चरणको खेलका लागि नवनियुक्त प्रशिक्षक एडगार्डो बाउजाले मेस्सीलाई टोलीमा सामेल गरेका हुन्। मेस्सी आफैंले पनि सन्यास फिर्ता लिएको स्विकारेका छन्। सो टोलीमा हालै युभेन्टस पुगेका गोन्जालो हिगुएनको भने नाम छैन। उनकै नयाँ टोलीका समकक्षी […]
August 12, 2016
युभेन्टसबाट बिश्व रेकर्ड शुल्कमा म्यान्चेस्टर युनाइटेड आएका पौल पोग्बा इङ्लिश प्रिमियर लिगको पहिको खेल खेल्न नपाउने कुरा स्काइ स्पोर्ट्सले जनाएको छ । अघिल्लो सिजनको इटालियन कोपा इटालियामा दुइ पहेलो कार्ड पाएका पोग्बाको सजाय इटाली देखी इङ्ल्याण्ड सम्म लागू हुने भएको कारण उनले युनाइटेडको पहिलो खेल पाउने छैनन । यसकारण पोग्बाले युनाइटेडमा आएपछी आफ्नो पहिलो खेल साउथह्याम्टम सँग […]