default_image

फुटबल

David Luiz

August 31, 2016

चेल्सी डेभिड लुइज खरिद गर्न आतुर

चेल्सीका नयाँ प्रशिक्षक कोन्टेको प्राथमिकतामा सेन्टर डिफेन्स रहे पनि एसि मिलानबाट रोमग्नोली र न्यापोलीबाट कोउलिबली किन्ने प्रयास बिफल भएपछी ट्रान्स्फरको अन्तिम दिनमा चेल्सीले डेभिड लुइज तर्फ ध्यानाकर्षण गरेको छ । स्काइ स्पोर्ट्सको अनुसार चेल्सीले २९ बर्षिय लुइजलाई स्टाम्फर्ड ब्रीज ल्याउन पिएसजि सामु ३० मिलियन पाउन्डको प्रस्ताब राखेको छ । २१ मिलियन पाउन्डमा बेन्फिकाबाट चेल्सीले लुइज लाई २०११ मा […]

August 30, 2016

गणेशलाई डेब्युमै ‘रेड कार्ड’

काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक बि डिभिजन लिगमा ब्वाइज युनियन क्लबका लागि  मध्यपुर विरुद्ध डेब्यु गरेका गणेश खड्काले पहिलो खेलमै रातो कार्ड पाएका छन्। आफ्नो पहिलो खेलको चौथो मिनेटमानै उनलाई खेलका रेफ्री श्रवण लामाले रातो कार्ड दिएका हुन्। मध्यपुरको डी बक्समा गणेशले विपक्षी खेलाडीलाई टाउकोले हिर्काएको आरोपमा मध्यपुरको खेलाडी र ब्वाइज युनियनको खेलाडीहरुविच भनाभन […]

August 30, 2016

मध्यपुर र ब्वाइज युनिएनको बराबरी

काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक बि डिभिजन लिग २०७३ अन्तर्गत आज भएको खेलमा मध्यपुर युथ एसोसिएसन र डिभाइन ब्वाइज युनिएन क्लबले २-२को बराबरी खेले। खेलको चौथो मिनेटमा गणेश खड्का र सुबर्ण कार्कीले रातो कार्ड पाएपछि दुवै टोलि दश खेलाडीमा घटेका थिए। ब्वाइज युनिएनका बिनोद लामाले पहिलो हाफको अतिरिक्त समयको दोश्रो मिनेटमा गोल गर्दै ब्वाइज […]

August 29, 2016

ए कोचिङ कोर्स उतिर्णलाई मनाङको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी ए कोचिङ कोर्स उतिर्ण गर्ने ८ नेपाली प्रशिक्षक र हालै ओलम्पिकमा सहभागी भएर फर्केका आर्चरी खेलाडी जितबहादुर मोक्तानलाई लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले सोमबार सम्मान गरेको छ । क्लबको नयाँ कार्यसमितिको परिचयात्मक कार्यक्रममा मनाङले उनीहरुलाई सम्मान गरेका हुन् । क्लबका अध्यक्ष मुखिया कान्छा गुरुङले ए कोचिङ कोर्स उर्तिण र जितबहादुरलाई सम्मान पत्रसहित […]

August 29, 2016

मुखिया कान्छाको अध्यक्षतामा मनाङको कार्यसमिति चयन

काठमाडौं (हाम्रो खेलकुद) – मुखिया कान्छा गुरुङको अध्यक्षतामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबको १५ सदस्यीय कार्यसमिति हालै चयन भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा निर्वतमान अध्यक्ष जिमी गुरुङले निर्वाचित कार्यसमितिका पदाधिकारी एवंम् सदस्यलाई खादा लगाइ बधाई दिएका थिए । नेपाली फटबल इतिहासमा सर्वाधिक ७ पटक ए डिभिजन लिग जितेको मनाङको कार्यसमितिको कार्यकाल दुई बर्षको […]

August 29, 2016

एन्फा अध्यक्षमा घलेको उम्मेदवारी घोषणा

काठमाडौं (हाम्रो खेलकुद) –लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीका पूर्व अध्यक्ष टासी घलेले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सँगै एन्फाको प्रस्तावित निर्वाचन निर्देशिका कारण आफु चुनिनेमा पनि शंका व्यक्त गरेका छन् । गत महिना मनाङको निर्वाचित कार्यसमितिको परिचयात्मक कार्यक्रममा सोमबार घलेले उम्मेदवारीको घोषणा गर्दै भने,‘मलाई हाम्रो क्लबले एन्फा अध्यक्षको […]

Ganesh Khadka

August 29, 2016

गणेश खड्का ब्वाइज युनियनसङ अनुबन्धित

जारी बि डिभिजनबाट उक्लिने लक्ष लिदै डिभाइन वाइन ब्वाइज युनियनले ए डिभिजनमा राम्रो अनुभव भएका स्टार गणेश खड्कालाई अनुबन्ध गरेको छ । खड्काले हिमालयन शेर्पा , नेपाल पुलिस क्लाब , मनाङ मर्स्याङ्दी , झापा एघार लगायतका क्लबबाट खेली सकेका छन  । गणेशसंगै ब्वाइज युनियनले अर्का ए डिभिजनको अनुभव भएका संकटाका पुर्व खेलाडी बर्तमन राइलाई पनि टोलीमा समावेश गरेको […]

August 29, 2016

बि डिभिजनमा च्यासल र टुसालको जित

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी बि डिभिजन लिग २०७३ अन्तर्गत सोमबार भएको खेलमा टुसाल युथ क्लब र च्यासल युथ क्लब विजयी भएका छन्। च्यासलले सातदोबाटो युथ क्लबलाई २-१ले हराएको थियो भने टुसालले महाबिरमाथि ३-१को जित दर्ता गर्यो। च्यासलको जितमा विनोद केसी र अरुण श्रेष्ठले गोल गरे। टुसालको जितमा अनिल धिमाल र दोर्जे तामाङले गोल […]

August 29, 2016

पुल्चोकको लगातार जित

काठमाडौं (हाम्रो खेलकुद) – राजधानिमा जारी बि डिभिजन लिग २०७३ अन्तर्गत आइतबार भएको खेलमा पुल्चोक स्पोर्टस क्लबले लगातार दोश्रो जित हात पारेको छ। एपिएफ रंगशालामा भएको खेलमा पुल्चोकले सामाजिकलाई ४-१को फराकिलो अन्तरले हरायो। लगातार तेश्रो पराजय भोगेको सामाजिक अंक तालिकाको पुछारमा रहेको छ। दिनकै पहिलो खेलमा बाँसबारी क्लब र खुमलटार युथ क्लबले १-१को बराबरी खेलेका […]

August 29, 2016

बार्सिलोनाको संघर्षपुर्ण जित

स्पेनिश ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई १-०ले हराएको छ। इभान राकिटिचले २१औं मिनेटमा गरेको गोलनै खेलमा जित हात पार्न पर्याप्त रह्यो। लियोनेल मेसी र सुआरेजले केहि मौका सिर्जना गरेपनि गोल भने निकाल्न सकेका थिएनन्। लिगको दोश्रो चरणको समाप्तिसम्म दुई खेल जितेका रियल म्याड्रिड तेश्रो, बार्सिलोना दोश्रो र लास पाल्मास प्रथम […]

Success

Thank you for your time.