default_image

फुटबल

April 7, 2016

यासोकमा पहिलो कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने ।

दिपक बोहोरा , पाँचथर जिल्लाकै एतिहासिक  तथा पर्यटकीय यासोक बजारमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ ।   परापूर्वकाल बाट लागदै आएको तङसुम तङनाम त्रिशाली मेलाको अबसरमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ ।  यासोक क्षेत्रबाट गणेश लाबती जस्ता खेलाडी उत्पादन भए पनि अहिले सम्म ठुला प्रतियोगिता नभएको हुँदा कुभ्भायक कुस्सायक […]

Jagjeet

April 5, 2016

जगजितले थ्री स्टार छाडे!

थ्री स्टार क्लब एवं राष्ट्रिय टोलीका मिडफिल्डर जगजित श्रेष्ठले थ्री स्टार क्लब छाडेका छन्| झापा गोल्डकप खेल्नका लागि झापा पुगेको थ्री स्टारले हिजोमात्र सशस्त्र प्रहरी बल विरुद्ध १-०को जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो| खेलको दोश्रो हाफको सुरुवातमै शिव श्रेष्ठलाई जगजितको स्थानमा मैदान छिराएपछि उनको प्रशिक्षक र अफिसिअलसंग केहि भनाभन भएको बुझिएको छ| […]

April 2, 2016

सपोर्टर्स क्लबहरुद्वारा रुशलको सम्झनामा विविध कार्यक्रम सम्पन्न

अमेरिकामा १३ दिन अघि सडक दुर्घटनामा परि ज्यान गुमाएका नेपाली युवा रुशल श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै  चेल्सी नेपालको आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न भएको छ | नेपालमा रहेका प्रिमिएर लिग र नेपाली लिगका समर्थकहरुको विभिन्न समुहले आज १३औं दिनको पुण्यतिथिमा उनलाई सम्झिएका थिए | चेल्सी नेपालका सदस्य समेत रहेका रुशल अमेरिका जानु अघि विविध […]

April 2, 2016

अन्जन र अनन्तलाइ फ्रान्समा मौका

स्पेन को मार्बेला युनाइटेड एफ सि मा फुटबल टुर मा रहका नेपाली खेलाडीद्वय अन्जन बिस्ट र अनन्त तामाङलाई फ्रान्समा ट्राइलको मौका मिलेको कुरा मार्बेला एफ सि को आधिकारिक फेसबुक पेज ले जनाएको छ| मार्बेला को अनुसार ४८ मध्य ८ खेलाडीहरुले विभिन्न युरोपेली मुलुकमा व्यवसायिक फुटबल खेल्न ट्राइल को मौका पाएको र ती मध्य अन्जन र […]

March 31, 2016

यु१४ राष्ट्रिय टोलीको लागि छनोट कार्यक्रम तय

अखिल नेपाल फुटबल संघले (एन्फा) मे महिनामा हुने ए.एफ.सी. यु-१४ प्रतियोगिताको लागि चौध वर्ष मुनिका खेलाडीहरुको खुला छनोटको कार्यक्रम तय गरेको छ | जिल्ला छनोट र क्षेत्रीय छनोट पार गर्दै केन्द्रीय छनोट पार गर्ने खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै ताजिकिस्तानमा ए.एफ.सी. अन्डर १४ प्रतियोगिता खेल्ने छन् | यससंगै टि खेलाडीहरु एन्फा एकेडेमीमा रही प्रशिक्षण पनि गर्नेछन् […]

Football

March 31, 2016

सञ्चारकर्मी द्वारा राजनीतिकर्मी पराजित

काठमाडौं – सञ्चारकर्मीको टोलीले बुधबार मैत्रीपूर्ण खेलमा राजनीतिकर्मीको टोलीलाई ३–२ ले पराजित गरेको छ । नेपाल पत्रकार महासंघको ६१ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित मैत्रीपूर्ण खेलमा सञ्चारकर्मीको टोलीलाई जित दिलाउन कान्तिपुर दैनिकका सुन्दर खनालले ह्याट्रिक गरेका थिए । २–० ले पछाडी पर्नाका वावजुद राजनीतिकर्मीको टोलीले २–२ को बराबरीमा ल्याएको थियो । तर, अन्तिममा सम्हालिन नसक्दा […]

March 29, 2016

बुधबार सञ्चारकर्मी र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं, चैत १६ नेपाल पत्रकार महासंघको ६१ औं स्थापना दिवसको उपलक्ष्य पारेर बुधबार सञ्चारकर्मी र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । स्थापना दिवसको उपलक्ष्यमा महासंघले गत बर्षदेखि मैत्रीपूर्ण खेल आयोजनाको सुरुआत गरेको थियो । सञ्चारकर्मी टोलीको नेतृत्व नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले तथा राजनीतिकर्मीको नेतृत्व सुचना तथा सञ्चारमन्त्री शेरधन राईले गर्नुहुनेछ […]

March 29, 2016

राष्ट्रिय फुटबल टोलि नेपाल फर्कियो

आइतबार राति मलेसियामा भएको मैत्रीपूर्ण खेलमा मलेसिया यु-२२ संग १-१ को बराबरी खेल खेलेको नेपाली टोलि नेपाल फर्किएको छ| आज बिहान नेपाल वायुसेवा निगमको विमानबाट नेपाल फर्किएको टोलि अब घरेलु प्रतियोगितामा व्यस्त रहने छन्| चैत्र १८ गतेदेखि झापा गोल्ड कप सुरु हुदैंछ भने चैत्र २९ गतेदेखि पोखरामा मनकामना गोल्ड कप हुने कार्यक्रम तय गरिएको छ| […]

Nepal starting sri lanka

March 27, 2016

अन्तिम क्षणमा गोल खादै नेपाल बरबारीमा रोकियो

मलेशियामा सम्पन्न मैत्रीपुर्ण खेलमा १ गोलको अग्रता गुमाउदै नेपाल १-१ को बराबरिमा चित बुजाउन बाध्य रह्यो । इनुजुरीको कारण लामो समय राष्ट्रिय टोलीमा पर्न नसकेका भरतले लयमा रहेका बिमल घर्ती मगर र अन्जन बिस्टको अनुपस्थितिमा टोलीमा फर्केका थिए  । बिमल घर्ती मगर , अन्जन बिस्ट , अनन्त तामङ र बिक्रम लामा सबै बिदेशी क्लब्मा ट्राइलमा रह्दा पनि […]

March 27, 2016

मलेशिया यु – २२ बिरुद्धको नेपाली सुरुवाती -११ घोषणा

प्रशिक्षक कोजीको पहिलो खेलमा उनले किरण को अगाडी बिकेसलाई मौका दिएका छन । त्यस्तै बिमल र अन्जनको अनुपस्थितिमा नवयुग र भरतले नेपालको आक्रमण सम्हाल्ने छन  । बिकेस , रबिन , बिराज , जितेन्द्र , कमल , प्रकाश, बिशाल, हेमन्, सुजल , नवयुग , भरत  

Success

Thank you for your time.