default_image

फुटबल

November 16, 2015

गणेश थापाद्वारा प्रेस विज्ञप्ति जारी

फिफाले दश वर्ष प्रतिबन्ध लाएका गणेश थापाले प्रेस बिज्ञप्ति जारी गरेका छन्| फिफाको निर्णयप्रति असन्तुष्टि देखाउंदै थापाले आफुलाई अन्याय भएको बताएका छन्| आफुले फिफाको अनुसन्धानमा पूर्ण सहयोग गर्दागर्दै पनि यस्तो निर्णय आउनुमा दुख व्यक्त गरेका छन्| यस निर्णय बारे केहि पनि प्रतिक्रिया दिन नसक्ने स्थितिमा रहेको पनि उनले प्रष्टयाएका छन्|

Ganesh thapa

November 16, 2015

फीफाद्वरा गणेश थापा १० वर्ष प्रतिबन्धित

कार्तिक ३०, २०७२- अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई फिफाको नैतिक समितिले सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ । संगै थापा लाइ २०,००० स्विस फ्रैंक जरिमाना लगाईएको छ । सन् २०११ मा भएको फिफाको निर्वाचनमा घूस लिएको भन्दै उनलाई प्रतिबन्ध लगाइएको हो । गणेश थापा संगै लाओसका अध्यक्ष पनि कारबाहीमा परेका छन् […]

November 16, 2015

राष्ट्रिय टोलीलाई चोटको झड्का: भरत खवासले साफ खेल्न नसक्ने

कार्तिक ३० गते, काठमाडौं । घुँडाको चोटका कारण राष्ट्रिय फूटबल टिममा भरपर्दा फरवार्ड भरत खवासले डिसेम्बरमा हुन् साफ च्याम्पिएनशिप खेल्न नसक्ने भएका छन्| नेपाल र भारत बिच गत अगष्टमा खेलिएको मैत्रिपुर्ण खेलको प्रशिक्षणमा चोट बोकेका भरतले चोटका बावजुद भारतमा खेलेका थिए| त्यसलगत्तै राष्ट्रिय लिगमा पनि आर्मीका लागि उनले धेरै खेल खेले| कतिपय खेलमा पहिलो हाफमै निस्किएका […]

November 14, 2015

खेलाडीहरुको तिहार : [फोटो फिचर]

नेपालीहरुको महान चाड तिहार खेलाडीहरुले पनि घरपरिवारसंग मनाए, हेर्नुहोस केहि खेलाडीहरुको भाइटिका कस्तो रह्यो|  

November 11, 2015

साफ च्याम्पियनसिप तयारी: दोश्रो चरणको छनोटमा २७ खेलाडी छानिए

म्याच फिक्सिङ्गमा आरोपित पाँच खेलाडी धरौटीछुटेको भोलिपल्ट अखिल नेपाल फुटबल संघले साफ च्याम्पिएनसिपको लागि प्रशिक्षणरत टोलीलाई दोश्रो चरणको छनोटमा २७ खेलाडीमा झारेको छ| आरोपित कप्तान सागर थापासहित उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा, पुर्व खेलाडी अन्जन केसी र विकास सिंह क्षेत्रीलाई यसअघिनै एन्फा, एएफसी र फिफाले निलम्बन गरिसकेको छ| आजै घोषित टोलीमा प्रारम्भिक टोलीमा समावेश […]

Sagar Thapa and fixing

November 10, 2015

सागर सहित पाँच खेलाडी धरौटीमा रिहा

काठमाडौं, कात्तिक २४ राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापासहित पाँच खेलाडीलाई विशेष अदालतले मंगलबार धरौटीमा रिहा भएका छन् । म्याच फिक्सिङको आरोपमा असोज २७ गते सागर, अन्जन केसी, सन्दीप राई, रितेश थापा र विकाससिंह क्षेत्री पक्राउ परेका थिए । विशेषले थुनछेक वहसपछि अन्जन र रितेशलाई ५ लाख, सागरलाई १ लाख ५० हजार र सन्दीप र […]

November 10, 2015

नाकाबन्दिविरुद्ध खेलाडीहरुद्वारा सरकारलाई दवाव

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले सरकारसमक्ष नाकावन्दिको विरोध जनाउँदै हस्ताक्षर बुझाएका छन्|   उप-प्रधान तथा परराष्ट्र मन्त्रि कमल थापालाई आज आयोजित एक कार्यक्रममा खेलाडीहरुले हस्तानतरण गरेका थिए| विभिन्न खेलका खेलाडीहरु सम्मिलित कार्यक्रम सिहंदरबारमा आयोजना गरिएको थियो| संघका अध्यक्ष दिपक विष्ट र महासचिव दिपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले अहिलेको देशको अवस्थाले खेल क्षेत्रलाई ठुलो असर पारेको […]

Sagar Thapa bikash Sing Chettri Special Court

November 9, 2015

“हामीलाई फसाएर अगाडी बढ्न खोजिदै छ” : सागर

सागर थापाले आज अदालतबाट फर्किने बेलामा एन्फा विरोधी केहि मानिसहरुले उनीहरुलाई अपराधी भन्दै आफु फाइदा लिन खोजेको बताएका छन| खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका ५ खेलाडीहरुको बयान सकिएपछि आज विशेष अदालतमा बहस सुरु हुने भनिएको थियो| तर समय अभावका कारण थुनछेक बयान सकिएपनि थुनछेक बहस हुन नसकेकाले भोलीलाई सारिएको अदालतले जनाएको छ। अदालतबाट फर्किने […]

Suspended skipper Sagar Thapa

November 8, 2015

खेलाडीविरुद्ध जन्मकैदको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता

अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको निष्कर्ष निकाल्दै प्रहरीले फुटबलका पाँच खेलाडीविरुद्ध जन्मकैदको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। राष्ट्रिय टिमका कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र अञ्जन केसीलाई उक्त मुद्धामा दायर गरी खेल मिलेमतो गरेको पुष्टि भएको दाबी गर्दै उनीहरूविरुद्ध राज्यविरुद्धको अपराध र सजाय ऐन–२०४६ अनुसार सजाय प्रस्ताव गरेको थियो| न्यायाधिवक्ताको कार्यलयले  सुझाव संसोधन […]

Bimal Gharti Magar

November 7, 2015

साफ प्रशिक्षण अप्डेट – बिमल र भरत घाइते

कार्तिक २१, काठमाडौं भारतमा हुने साफ सुजुकी कपको प्रशिक्षणमा केहि खेलाडीहरुले सामान्य चोटको कारण प्रशिक्षण छुटाएका छन  । यु १९ टोलिको कप्तान बिमल घर्ती मगरले बाँया खुट्टाको चोटको कारण ट्रेनिङ छुटाए र राष्ट्रिय टोलिका स्ट्राइकर भरत खवास दाँया घुडामा लागेको चोटको कारण आराम गरे  । राष्ट्रिय टोलिका फिजियो सुरज भुसालले दुबैको चोट डरलाग्दो नभएको र केहि दिनको […]

Success

Thank you for your time.