default_image

फुटबल

January 5, 2016

रोहितद्वारा मलेसियाली क्लबमा प्रशिक्षण सुरु [फोटो फिचर]

रोहित चन्दले मलेसियाली क्लब टि-टिम एफ.सी.मा प्रशिक्षण सुरु गरेका छन्| अस्ति मात्र नेपाल बाट मलेसिया पुगेका रोहितले आज बाट प्रशिक्षण सुरु गरेका हुन्| उनको क्लबले आउँदो जनवरी ३०मा माथिल्लो डिभिजन पुग्न प्ले-अफ खेल्दै छ| रोहितले सो क्लबमा ३० नम्बर जर्सी लगाउने छन्| फोटो: टि-टिम एफ.सी.

Patrick

January 4, 2016

एन्फासँग असन्तुष्ट ओजेम्स – ‘नेपाल फर्कनु व्यर्थ ‘

आफ्नो व्यक्तिगत कारण फ्रान्स पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक प्याट्रिक ओजेम्सले नेपाली फुटबल समर्थकलाई खुला पत्र लेखेका छन  । उक्त पत्रमा ओजेम्सले एन्फा ले आफुले दिएको टोलिको विकास प्रस्ताव वेवस्ता गरेको जनाएका छन । ‘म ४ महिना अघी नेपाल आउँदा देखी नेपाली फुटबलमा धेरै नै नराम्रो कुराहरु भए । यिनै खराब कुराहरुले मलाई एउटा नयाँ […]

January 4, 2016

साफ यु-१९ विजयी टोलीका छ खेलाडी राष्ट्रिय टोलीमा

बंगबंधु गोल्ड कपका लागि घोषित टोलीमा छ जना खेलाडी यु-१९ साफ च्याम्पिएनसिप विजयी टोलीका सदस्य रहेका छन्| बालगोपाल महर्जन प्रशिक्षक रहेको टोलीमा उपेन्द्रमान सिंह गोलरक्षक प्रशिक्षक रहने छन्| महर्जन यु-१९ टोलि विजेता हुदा मुख्य प्रशिक्षक थिए भने सिंह यु-१६ टोलीका मुख्य प्रशिक्षक हुन्| यु-१९ टोलीका कप्तान विमल घर्ति मगर, फरवार्ड अन्जन विष्ट, मिडफिल्डर तेज तामाङ्ग, […]

Nepali Coach Patrick Aussems

January 4, 2016

ओजेम्स राष्ट्रिय टोलीबाट निष्काशित

राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक ओजेम्स जनवरी ८ देखि सुरु हुने बंगबंधु गोल्ड कपमा टोलीमा सामेल नहुने एन्फाले जनाएको छ| आज घोषित टोलीमा प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई दिईएको र उपेन्द्रमान सिंह गोलकिपर प्रशिक्षक रहने कुरा एन्फाले खुलाएको छ| केहि दिन अघि मात्र ओजेम्सले ट्वीटर मार्फत आफुले आफ्नो सम्झौता नवीकरण नगर्ने भनेका थिए| पारिवारिक कारणले […]

January 4, 2016

रोहितले मलेसियामा व्यवसायिक फुटबल खेल्ने

राष्ट्रिय फुटबल टोलीका उप-कप्तान एवं भरपर्दा मिडफिल्डर रोहित चन्द मलेसियाली क्लब टि-टिम एफ.सी.मा अनुबन्धित हुदैंछन्| भर्खरै सम्पन्न साफमा नेपाली टोलीको सन्तोषजनक प्रदर्शन नभएतापनि आफ्नो प्रभाव जमाउन सफल रहेका रोहित प्रतियोगिता सुरु हुनुअघिनै मलेसिया पुगेर मेडिकल गरेर आएका थिए| नेपाली टोलि बंगलादेशमा मैत्रीपूर्ण खेल खेल्न जानुपुर्व रोहित मलेसिया पुगेर ढाकामा जम्मा भएका थिए| रोहितकै पुर्व क्लब  […]

Light Training

January 4, 2016

बङ्गाबन्धु कपको लागि टिम घोषणा

पुष २० गते, काठमाडौं । अखिल नेपाल फूटबल संघले जनवरी ८ तरिखबाट बाङ्लादेशमा सुरु हुने बाङ्ग्लाबन्धु कपको लागि टिम घोषणा गरेको छ । नेपालले आफ्नो पहिलो खेल जनवरी ९मा मलेशिया बिरुद खेल्ने छ । प्रतियोगिताको लागि कोचको जिम्मेवारी बाल गोपाल महर्जनलाई सुम्पिएको छ । उपेन्द्रमान सिंहले गोलकिपर कोचको जिम्मेवारी सम्हाल्ने छन भने टिम म्यानेजरम बिराट […]

January 3, 2016

भारत साफ च्याम्पियन

अतिरिक्त समयमा सुनिल क्षेत्रीको गोलको मद्दतले भारतले अफगानीस्तानलाई साफ सुजुकी कपको फाइनलमा २-१ले पराजित गरेको छ| त्रिबेन्द्रमस्थित ग्रिन्फिल्ड स्टेडिएममा भएको फाइनल खेलमा खेलको ७०औं मिनेटमा अमिनिको गोलले अग्रता लिएको थियो| तर सो गोल भएको दुइ मिनेट नबित्दै जेजे लाल्पेख्लुआले गोल गर्दै भारतलाई ७२औ मिनेटमा बराबरीमा ल्याए| खेलमा त्येसपछि गोल भएन र खेल अतिरिक्त समय तर्फा […]

January 3, 2016

आहा! रारा गोल्डकपको दर्शकलाई १ तोलाको सिक्का

मोफसलको प्रतिष्ठित फुटवल प्रतियोगिता आहा ! रारा गोल्ड कपको १४ औं संष्करणको तयारी तिव्र पारिएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका आउदो माघ ५ गतेदेखि १६ गतेसम्म पोखरा रङ्गशालामा संचालन हुने उक्त प्रतियोगिताको तयारुी तिव्र पारिएको आयोजक सहारा क्लवले आज (आईतबार) पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी गराएको […]

Ganesh thapa

January 3, 2016

अझै एन्फाकै गाडीमा थापा

फिफाबाट १० वर्षे प्रतिबन्धमा परेको डेढ महिना वितिसक्दा पनि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट सुविधामा लिएको गाडी अध्यक्ष गणेश थापाले फिर्ता गरेका छैनन् । एन्फाले पनि आफ्नो फर्चुनर गाडी फिर्ताको पहल गरेको छैन । अपिलको समयसम्म कुरेको भन्दै एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले शनिबार नागरिकसँग भने भने, ‘छिट्टै गाडी फिर्ताको प्रक्रिया अघि बढाउनेछौं […]

Falgungnand

January 2, 2016

फाल्गुनन्द गोल्डकपको तयारी तिब्र

दिपक बोहोरा , पाँचथर जिल्लाकै सबै भन्दा ठुलो र लोकप्रिय फुटबल प्रतियोगीता अथवा पाँचथरे फुटवल माहाकुम्भ“फाल्गुनन्द गोल्डकप”को सातै संस्करणको तयारी पाँचथरको फिदिमा तिब्र गतिमा भइरहेको छ । सो प्रतियोगीता पुस पुस २५ गते बाट पाँचथरको फिदिममा सञ्चालन हुने छ । प्रतियोगीताको मिति नजिकीदै जादा आयोजक तयारीमा व्यस्त रहेका छन । अहिले सम्म खेलमैदान भिजाउने , […]

Success

Thank you for your time.