default_image

फुटबल

nepal

February 8, 2016

साग फुटबल – नेपालको भुटान बिरुद्धको जित -[ हाइलाईट ]

आइतबार भएको प्रतियोगिताको पहिलो खेलमानवयुग श्रेष्ठको ह्याट्रिक मद्दतमा नेपालले भुटानलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । भुटानमाथिको शानदार जितसंगै नेपालको सेमिफाइलन प्रबेशको सम्भावना बलियो बनेको हो ।  हाइलाईट [ad#rect]

February 7, 2016

नवयुगको हृयाट्रिक मद्दतमा भुटानमाथि नेपालको शानदार जित

काठमाडौं, २४ माघ । भारतमा जारी १२ औं साग गेम्स अन्तर्गत पुरुष फुटबलतर्फ नवयुग श्रेष्ठको ह्याट्रिक मद्दतमा नेपालले पहिलो खेलमा नेपालले भुटानमाथि शानदार जित निकालेको छ । आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । भुटानमाथिको शानदार जितसंगै नेपालको सेमिफाइलन प्रबेशको सम्भावना बलियो बनेको छ । गुवहाटीस्थित जवाहरलाल […]

February 7, 2016

साग फुटबलमा नेपाल र भुटान खेल्दै

गुवाहटी, २४ माघ । नेपाली पुरुष फुटबल टिमले भुटानविरुद्ध खेल्दै नेपालले १२औं दक्षिण एसियाली खेलकुद सागको सुरुआत गर्दैछ । नेपाल र भुटानको खेल गुवाहाटीस्थित नेहरु रंगशालामा दिउसो सवा दुई बजेपछि हुनेछ । दुई साताअघि बंगलादेशमा बंगबन्धु गोल्ड कपको उपाधि जितेको नेपाली टोली फेरि अर्को उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ । नेपाली टोलीमा अधिकांश […]

February 5, 2016

साग फुटबल – नेपाली चेलीको विजयी सुरुवात

आजबाट सुरु भएको दक्षिण एसियाली खेलकुद साग मा नेपाली महिला टोलिले बाङ्लादेशलाई हराउदै विजयी सुरुवात गरेको छ । पदक आशा गरिएको नेपाली महिला फुटबल टोलीले बाङ्लादेशलाई ३-० ले हराउदै जित दर्ता गरेको हो । नेपालकोलागी दिपा अधिकारीले दोस्रो मिनेटमा , अनु लामाले १७औ र निरु थापाले खेलको अन्तिम मिनेट तिर गोल गर्दै ३-० को सहज जित दिलाएका […]

February 4, 2016

नेपाल फिफा वरियतामा आठ स्थान माथि

बंगबंधु गोल्ड कपमा विजय हासिल गरेको नेपालले फेब्रुअरीको फिफा वरियतामा ८ स्थान उक्लेको छ| १९६ स्थानमा रहेको नेपाल १८८ स्थानमा पुगेको छ| श्रीलंका १८९ र भुटान १९३ स्थानमा रहेका नेपाल मुनिका दक्षिण एसियाली राष्ट्र हुन्| बंगलादेश १७७, भारत १६२,माल्दिभ्स १५७ र अफगानिस्तान १५४ स्थानमा छन्|

February 2, 2016

साग फुटबल टोली भारत प्रस्थान

काठमाडौं, माघ १९ । भारतमा हुने १२औं दक्षिण एसियाली खेलकुद सागका लागि सहभागिता जनाएका नेपाली पुरुष टोली मंगलबार भारत प्रस्थान गरेका छन् । महिला टोली बुधबार भारत प्रस्थान गर्नेछन् । एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले सागमा सहभागिता जनाएका महिला र पुरुष दुवै टोलीलाई सफलताको शुभकामनासहित मंगलबार विदाई गरेका थिए । पुरुष फुटबल टिमले फेब्रुअरी ७ […]

February 2, 2016

दुई बर्षपछि महिला फुटवलरलाई पुरस्कार

काठमाडौं, माघ १९ । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफ च्याम्पियनसिप फुटवल प्रतियोगिताको उपबिजेता बनेको नेपाली महिला टोलीलाई दुईवर्षपछि पूर्व घोषणा गरेअनुसार जनही ५० हजार पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिता सम्पन्न भएको दुई बर्षपछि साग गेम्स्मा प्रथान गर्नुअघि अखिल नेपाल फुटवल संघ (एन्फा)ले खेलाडीहरुलाई पुरस्कृत गरेको हो । एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले […]

February 2, 2016

टेक्निकल डाइरेक्टर केदा चियाकीले जिम्वेवारी सम्हाले

काठमाडौं, १९ माघ । नेपाली राष्ट्रिय फुटवल टोलीका नवनियुक्त जापानी टेक्निकल डाइरेक्टर तेकेदा चियाकीले आफ्नो जिम्मेवारी सम्हालेका छन् । सोमबार नेपाल आइपुगेका टेकिनकल डाइरेक्टर तेकेदा चियाकीले मंगलबारदेखि नै जिम्मेबारी सम्हालेका हुन् । जापान फुटवल एशोसियसनको फुटवल विकास परियोजना अनुसार नेपाली टोलीको टेक्निकल डाइरेक्टरको रुपमा जिम्मेवारी सम्हालेका पूर्व जापानिज फुटवलर चियाकीलाई अखिल नेपाल फुटवल संघ (एन्फा)ले […]

inam kharel

February 2, 2016

इनाम खरेल ईंग्लिश क्लबमा अनुबंधित

लण्डनमा बस्दै आएका इनाम खरेल ईंग्लिश क्लब एरिथ एन्ड बेल्वेडेरसँग यस सिजनको अन्त्य सम्मकोलागी अनुबंधित भएका छन। इनामको अनुसार उनले अब लण्डनको उक्त क्लबसँग ‘साउदन कोउन्टिज इस्ट फूटबल लिग’ खेल्ने छन , जुन ईंग्लिश लिगको ९औ टियरमा पर्दछ । १९ बर्षिय ६ फिटका गोल रक्षक  इनामले यसअघी चारल्टोन अथेलेटिकको कम्युनिटी ट्रस्टबाट प्रशिक्षण लिएका थिए । इनामले आफु नेपाल आएर नेपालको यु-२३ टोली […]

February 1, 2016

सागमा महिला फुटबलको खेल तालिका परिवर्तन

काठमाडौं । १२औं सागको महिला फुटबलको खेल तालिका परिवर्तन भएको छ । सागमा अफगानिस्तानले सहभागिता नजाउने भएपछि आयोजकले खेल तालिका परिवर्तन गरेको हो । यससँगै साग महिला फुटबलमा ५ राष्ट्रको सहभागिता हुनेछ । लिगकम नकआउटका आधारमा हुने खेलमा शीर्ष दुईमा आउने टोलीको उपाधिको लागि खेल्नेछ । नयाँ तालिका अनुसार नेपालले आफ्नो पहिलो बंगलादेशको सामना गर्नेछ […]

Success

Thank you for your time.