July 5, 2016
नेपाल खेलकुद पत्रकार मंचले आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डमा मनोनित भएका राष्ट्रिय फुटबल खेलाडी नवयुग श्रेष्ठले भिडियो संदेश मार्फत आफुलाई भोट गर्न अपिल गरेका छन्। नवयुगले समर्थकहरुलाई सदाझैं आशिर्वाद र मायाको अपेक्षा गरेको र धेरै भन्दा धेरै भोट दिएर विजय बनाउने आशा बोकेको पनि बताएका छन्। नवयुगले बङ्गबन्धु गोल्डकप विजेता […]
July 5, 2016
नेपालले नोभेम्बरमा हुने सोलिडारिटि कपको तयारीका लागि जुलाई १५ र १७मा बङ्गलादेशसंग दुइ मैत्रीपूर्णखेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघको अधिकारिक वेबसाइटले जनाए अनुसार नेपाली टोलीले दुइ मैत्रीपूर्ण खेल बंगलादेशमा गएर खेल्नेछ। नेपालले यसअघी साफको तयारीको लागि डिसेम्बर १७ तारिखमा खेलेको मैत्रीपूर्ण खेलमा १-०को हार व्येहोरेको थियो भने बङ्गबन्धु कपको खेलमा गोलरहित बराबरी खेलेको […]
July 4, 2016
नेपाल खेलकुद पत्रकार मंचले आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्डको २०७२ सालको संस्करणको ‘पिपल्स च्वाइस अवार्ड’ विधामा मनोनित भएका खेलाडीहरुको लागि फेसबुक भोटिंग खुलेको छ। टि.एच्.टि लाइभको आफिसिएल पेजमा अपलोड गरिएको फोटोमा गरिएको लाइक्स मात्र वैधानिक हुनेछन्। तल दिइएको पोष्टमा आफुले चाहेको फोटो छनोट गरेर आफ्नो भोट दिन सकिनेछ। फेसबुकमा आएको चार लाइक बराबर एस.एम.एस […]
July 4, 2016
पेरिस (एजेन्सि) आयोजक राष्ट्र फ्रान्सले अन्तिम क्वार्टर फाईनल खेलमा आईस ल्याण्डलाई ५-२ले पराजित गर्दै सेमी फाईनलको यात्रा पक्का गरेको छ । अब सेमी फाईनलमा फ्रान्सले जर्मनीको सामना गर्ने छ । ईङल्याण्डलाई २-१ले पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको आईसल्याण्ड खेलको पहिलो हाल्फमै चार गोलले पछाडी परेको थियो । फ्रान्सको लागि खेलको १३औ मिनटमा जिरुड, २०औ […]
July 3, 2016
सडन डेथमा इटालीलाई पाखा लगाउदै जर्मनी युरो २०१६ को सेमी फाइनल पुग्न सफल भएको छ । निकै नै प्रतिस्पर्धात्मक खेलमा निर्धरित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलले बिजेता निकाल्न नसके पछी खेलको निर्णय टाइब्रेकर बाट निस्किएको थियो । दोस्रो हाल्फमा मेसट ओजिलको गोलमा अग्रता लिएको जर्मनीले १३ मिनेट नबित्दै लियोनार्डो बोनुक्कीको गोलमा अग्रता गुमाउन पुज्ञो । १-१ […]
July 2, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – फ्रान्समा जारी युरो २०१६ अन्तर्गत आज हुने तेश्रो क्वार्टरफाइनल खेलमा इटाली र जर्मनी भिड्दै छन्। अनौठो लाग्न सक्छ तर इटालीले जर्मनीविरुद्ध ठुला प्रतियोगितामा खेलेको आठ खेलमा कुनै खेल हारेको छैन। तर आज हुने खेलमा सोहि रेकर्डलाई जारि राख्न भने इटालीको लागि ठुलो चुनौती हुनेछ। ड्यानीएले डे रोसी चोटका कारण अनुपस्थित हुने […]
July 2, 2016
काठमाडौं (हाम्रो खेलकुद)- सम्भावित मैत्रीपूर्ण खेलको लागी राष्ट्रिय टोलिमा नियमित प्रशिक्षण गरी रहेका भरत खवास हातमा लागेको सानो चोटका कारण केहि दिन यता अभ्यासबाट बाहिरिएका छन् । प्रशिक्षण समयमा सन्तुलन गुमाउदा कुहिनोमा लागेको सानो चोटका कारण खवास केहि दिन यता प्रशिक्षण गरेका छैनन ।आराममा रहेका खवासको चोट सामान्य रहेको र संभवतः उनि आइतबारदेखी फेरि खेलमा फर्किन सक्ने […]
July 2, 2016
लन्डन (एजेन्सी)- भर्खरै स्विडेनबाट सन्यास लिएका स्टार स्ट्राइकर ज्लाटन इब्रहिमोविच लाई म्यान्चेस्टर युनाईटेडले एक बर्षको लागि सम्झौता गरेको छ । गत सिजनको अन्त्य पछी पि.एस.जि सँगको ज्लाटनको सम्झौता सकिएको थियो । म्यान्चेस्टर युनाईटेडले आफ्नो फेसबुक एकाउन्टबाट ज्लाटनसँगको सम्झौता सर्वजनिक गरेको थियो । फ्री ट्रान्सफरमा आएका ज्लाटन यो क्लबसँग अर्को बर्षको लागि आवद्द हुने दोस्रो खेलाडी […]
July 2, 2016
लिल (एजेन्सी) आज बिहानै भएको युरो अन्तर्गतको क्वार्टर फाइनलको खेलमा बेल्जियमलाई वेल्सले ३-१ले पराजित गरेको छ । यो नतिजा पश्चात अब वेल्सले सेमी फाईनलमा पोर्चुगलको सामना गर्ने छ । समुह चरणको अन्तिम दुई खेल र राउन्ड अफ १६मा उत्कृष्ट प्रदर्शन गरेको बेल्जियमले जित्ने धेरैले अनुमान गरेपनी गलत साबित भएको छ । उच्च लक्ष्य सहित मैदानमा […]
July 1, 2016
बार्सिलोना छाडेर अन्यत्र जाने हल्ला चलिरहेको अवस्थामा नेयमारले बार्सीलोनासंगको अनुबन्धन बढाएर सम्पुर्ण हल्लालाई पाखा लगाएका छन्। उनलाई आफ्नो टोलीमा सामेल गर्न म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेनले योजना बनाइरहेको युरोपका पत्रिकाहरुले जानकारी दिएका थिए। २४ वर्षिय नेयमारले २०१३मा बार्सीलोना आएदेखि ९३ लिग खेल खेल्दै ५५ गोल गरिसकेका छन्। बार्सीलोनाले आजै नेयमारले क्लबसंग थप पाँच वर्षको […]