July 20, 2016
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ को सबै तयारी पुरा भएको छ । महाभूकम्प र अघोषित नाकाबन्दीको कारण २०७१ सालको संस्करण भने आयोजना संभव भएन । वैशाख, २०७२ मा गएको महाभुकम्पमा करिब नौ हजार नेपालीस“गै नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाका अध्यक्ष सुमन भोम्जनले पनि ज्यान गुमाउनु भएको थियो । […]
July 19, 2016
२० बर्षिय इनाम खरेललाई एल्डर्सट टाउनमा परीक्षणको रुपमा मौका मिलेको छ । पुर्व कुइन्स पार्क्स रेन्जर्सका म्यानेजर गेरी वाडलकको रेखदेखमा उनले ट्राइल दिने कुरा एल्डर्सट टाउनको फेसबुक पेजमा जनाएको छ । लण्डनमा बस्दै आएका इनाम खरेल यस अघी ईंग्लिश क्लब एरिथ एन्ड बेल्वेडेरसँग ‘साउदन कोउन्टिज इस्ट फूटबल लिग’ खेलेका थिए । नेपाल आएर नेपालको यु-२३ टोलीबाट खेल्न […]
July 19, 2016
पुर्व राष्ट्रिय खेलाडी एवं मनाङ मर्श्याङदि क्लबका पुर्व प्रशिक्षक र खेलाडी नबिन न्यौपाने त्रिभुवन आर्मी क्लबका प्रशिक्षक पदमा नियुक्त भएका छन्। केहि महिना अघि मात्र एएफसीको ‘ए’ कोचिङ सर्टिफिकेट हासिल गरेका उनले आर्मीमा मेघराज के.सी.को स्थानमा आएका हुन्। मेघराज आर्मीमा आफ्नो अनुबन्धन सकिएपछि थ्री स्टार जाने सम्भावना बढी रहेको छ। नबिनले यसअघी मनाङ मर्श्याङदि क्लबमा […]
July 18, 2016
यूएफाले यस गत सिजनको उत्कृष्ट खेलाडी घोषणा गर्नका लागि शिर्ष दशमा पर्न सफल खेलाडीको नामावली सार्वजनिक गरेको छ। युरोपको उत्कृष्ट खेलाडी बन्ने होडमा स्पेनिश ला लिगाका खेलाडीको वर्चस्व रहेको छ। युरोपमा रहेका क्लब फुटबलमा खेलेको प्रदर्शनका आधारमा युरोपका ५५ देशका पत्रकारहरुले गरेको मतको आधारमा अन्तिम १० छुट्याइएको हो। गत सिजन बार्सिलोनाका लिओनेल मेस्सीले सो उपाधि […]
July 17, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर जगजित श्रेष्ठले अस्ट्रेलियनबाट डेब्यू खेलमै २ गोल गरेका छन् । झन्डै ६ साताअघि अस्ट्रेलिया पुगेका उनले भिक्टोरिया स्टेटको बी डिभिजन ह्युम युनाइटेड एफसीसँग बिहीबार सम्झौता गरेका थिए । मासिक १ हजार ५ सय अमेरिकी डलरमा चार महिनाका लागि सम्झौता गरेका जगगितले शनिबार पहिलो खेलमै २ गोल गरेपछि ह्युम युनाइटेडले […]
July 17, 2016
राष्ट्रिय टोलिका मिड्फिल्डर जगजित श्रेष्ठ अष्ट्रेलियाको फुटबल क्लबसगं आवद्ध भएका छन्। गत महिनामात्र अष्ट्रिलिया पुगेका श्रेष्ठले स्टेट २ लिगको ह्युम युनाइटेड एफ.सी. बाट फुटबल खेल्नेछन्। फेसबुक मार्फत उनले यो अवसर सिर्जना गरिदिने यती फुटबल क्लब लगायत अष्ट्रेलियामा रहेका नेपाली समाजलाई धन्यवाद दिए। जगजितले जारी सिजनमा मासिक १५०० अष्ट्रेलियन डलरलिनेछन् भने आगामी सिजन यसलाई थप गरिन […]
July 14, 2016
फिफाले सर्वजनिक गरेको नयाँ फिफा बरीयता क्रममा नेपाल ६ स्थान तल झार्दै १८८औँ स्थानमा पुगेको छ । यो बारीयताले नेपाललाई साफ क्षेत्रको ५औँ टोलिकोमा पुर्याएको छ । आज सर्वजनिक भएको फिफा बारीयता क्रममा कोपा अमेरिकाको उप-बिजेता अर्जेन्टिना पहिलो स्थानमा छ । बेल्जियम, कोलम्बिया, जर्मनी र चिली क्रमश: तेस्रो, चौथो, पाचौ र ६औँ स्थानम रहेका छन […]
July 13, 2016
२९ असार, काठमाडौं । काठमाडौं नयाँबजारको गीताञ्जली कलेजले केहि नेपाली राष्ट्रिय टोलीका खेलाडीसहित १८ फुटबलरलाई पूर्ण छात्रबृति प्रदान गरेको छ । राष्ट्रिय टोलीका खेलाडीहरु अञ्जन विष्ट, एलन न्यौपाने, प्रकाश बुढाथोकी, मानबहादुर तामाङ लगायतका खेलाडीहरुले गीतान्ञ्जली कलेजबाट पुर्ण छात्रबृतिमा कक्षा ११ र १२ अध्ययन गर्नेछन् । यस्तै अन्डर १६का रेजिन सुब्बा, राजिभ लोप्चन, असिम भुसाल, सेसेहांग अंग्देम्बे, […]
July 13, 2016
जपान फुटबल संघको गोलकिपिङ इन्स्ट्रक्टर कोर्षमा सहभागि हुन जापान पुगेका छन्। ओसाकामा भइरहेको कोर्षमा उनि नेपालबाट एकमात्र प्रतिनिधि हुन्। भर्खरै मात्र एएफसीको ‘ए’ कोचिङ सर्टिफिकेट प्राप्त गरेका सिंहले बंगबन्धु गोल्डकप विजेता राष्ट्रिय टोलीको गोलरक्षण प्रशिक्षकको भुमिका सम्हालेका थिए। उनले जापानमा कोर्ष गरेर आएपछि नेपालमै पनि गोलरक्षक प्रशिक्षक उत्पादन गर्न सकिने लक्ष्य रहेको बताए।
July 12, 2016
क्रिस्टियानो रोनाल्डोले युरो २०१६को दोश्रो उच्च गोलकर्ता भएवापत पाएका सिल्भर बुट नानीलाई उपहारस्वरूप दिएका छन्। प्रतियोगितामा तिन गोल गरेका रोनाल्डोले फ्रान्सका ओलिभिएर जिरुलाई पछि पार्दै सो उपाधि हात परेका थिए। तर, खेल सकिएलगत्तै ड्रेशिंग रुममा रोनाल्डोले नानीलाई सो उपहार हस्तान्तरण गरेका थिए। रोनाल्डोको अनुपस्थितिमा टोलीको कप्तान रहेका नानीले पनि प्रतियोगितामा राम्रो प्रदर्शन गरेका थिए।