April 6, 2025
एजेन्सी – बार्सिलोना घरेलु मैदानमा शनिवार रियल बेटिससँग १-१ को बराबरीमा रोकिएको छ। त्यसका बाबजुद ला लिगाको शीर्ष स्थानको बार्सिलोनाले प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ४ अंकले पछि पारेको छ। ह्यान्सी फ्लिकको टोलीले एकतर्फी प्रदर्शन गरेपनि बराबरीमा चित्त बुझाउनु पर्यो। सबै प्रतियोगितामा लगातार ७ खेल जितेको यात्रा पनि बेटिसले तोडिदियो। सातौं मिनेटमा मिडफिल्डर गाभीको गोलमा बार्सिलोनाले अग्रता […]
April 6, 2025
एजेन्सी – आर्सनल इंग्लिस प्रिमियर लिगमा शनिवार बराबरीमा रोकिएको छ। दोस्रो हाफमा इलिमान एन्डियायेको पेनाल्टी गोलले एभर्टनले आर्सनलसँग १-१ बराबरी रोकेको हो । यसले आर्सनलको उपाधि दौड झन् कमजोर भएको छ। माइल्स लुइस-स्केलीले ज्याक ह्यारिसनलाई फाउल गरेपछि ४९ औं मिनेटमा एभर्टनले पेनाल्टी पायो । एन्डियायेले पेनाल्टीमा गोल गरे। जारी सिजनमा त्यो उनको सातौं प्रिमियर लिग […]
April 6, 2025
एजेन्सी – रियल म्याड्रिडको स्पेनिस ला लिगा उपाधि दौडमा धक्का लागेको छ। ह्युगो डुरोले इन्ज्युरी समयमा गरेको निर्णायक गोलमा रियल शनिवार भ्यालेन्सियासँग २-१ ले स्तब्ध भएको छ।शीर्ष स्थानको बार्सिलोनासँग टक्कर गरिरहेको रियललाई यो हार महंगो पर्न सक्छ। इन्ज्युरी समयको पाँचौं मिनेटमा राफा मिरले दिएको उत्कृष्ट क्रसमा डुरोले नजिकैबाट हेड गर्दै गोल गरे। त्यसअघि भ्यालेन्सियाका लागि […]
April 6, 2025
एजेन्सी – डिजायर डुएले एक मात्र गोल गर्दै पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार एन्जेर्स १-० ले हराएपछि ६ खेलअघि नै फ्रेन्च लिग वानको उपाधि जितेको छ। लुइस एनरिकको टोलीलाई यो सिजन च्याम्पिय बन्नका लागि १ अंक मात्र आवश्यक थियो। तर डुएले ख्विचा ख्वारात्स्खेलियाको क्रसमा ५५औं मिनेटमा गरेको भली गोलले टोलीले ३ अंक जोड्यो । यसअघि […]
April 5, 2025
सुनिल गाउँले, सिमरा मोहित गुरुङको निर्णायक गोलमा आयोजक नव जनजागृति युवा क्लब सिमराले जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। हेटौंडाको एन्फा मकवानपुरलाई १-० ले हराउँदै नव जनजागृति अन्तिम चारमा पुगेको हो। मोहितले खेलको ८५ औं मिनटमा गोल गरे । कर्नर एरियाबाट मोहितले हानेको लङ रेन्ज बलले सिधै जाली चुम्दा हेटौंडाका गोलरक्षक टोपबहादुर रानाले रोक्ने […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा शनिवार दोस्रो खेलमा ललितपुरले दबाब बनाउँदै गोल गर्ने मौका सिर्जना गरपनि गोल गर्न सकेन। पहिलो खेलमा ४ गोल गरेको धनगढीले आज संघर्ष गर्यो। खेलको नवौं मिनेटमा साविक विजेता ललितपुरले अग्रता बनाउने मौका […]
April 5, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा सुरु भएको प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक क्लब बिस पचहत्तर युवा परिवार विजयी भएको छ । सिद्देश्वरी लालकुमारी माविको खेलमैदानमा शनिवार भएको खेलमा सुनवल नवलपरासीलाई ५–० गोलले पराजित गर्दै आयोजक टोली सेमिफाइनलमा पुगेको छ। खेलको १८ औं मिनेटमा एश्वर्या बमरेलले पहिलो गोल गरिन् । ३२ औं मिनेटमा […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र धनगढी एफसीबीच खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा जारी खेलको नवौं मिनेटमा साबिक विजेता ललितपुरले सुरूवाती अग्रता बनाउने मौका गुमायो । मणि कुमार लामाको फ्री किकमा इमोह इजेकिएलको हेडरलाई धनगढीका डिफेन्डर काइसेडोले गोल लाइनबाट बचाए । […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा काठमाडौं रेजर्सलाई २-० ले स्तब्ध बनाउँदै पोखरा थन्डर्सले सिजनको पहिलो जित हात पारेको छ । तेस्रो खेलमा आएर अंकको खाता खोलेको पोखराले यो जितबाट महत्त्वपूर्ण ३ अंक जोडेको हो । यसअघि लगातार दुई खेल हारेको पोखरालाई जित्नैपर्ने दबाब थियो । आज उसले पछिल्लो दुई खेलको हार मात्र […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा अहिले पोखरा थन्डर्स र काठमाडौं रेजर्सबीचको खेल जारी छ। पहिलो हाफको समाप्तीमा पोखराले १-० को अग्रता बनाएको छ। अंक बिहिन पोखरा अंक तालिकाको पुछारमा छ। उसले यसअघिको दुवै खेल हारेको छ। आजको खेल जित्नैपर्ने दबाबमा पोखरा छ। यता पहिलो संस्करणको विजेता काठमाडौंलाई भने पहिलो जित निकाल्ने […]