default_image

फुटबल

December 22, 2016

फिफा वरियतामा नेपाल यथास्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै पाँच साताअघि एएफसी सोलिडारिटी कप जितेको नेपाल फिफा वरियतामा यथास्थानमा रहेको छ । फिफाले डिसेम्बर महिनाका लागि बिहीबार जारी गरेको वरियतामा नेपाल १ सय ८१ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल सोही स्थानमा थियो । नेपालले नोभेम्बर १५ मा मलेसियाको कुचिङमा सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले हराएयता […]

December 22, 2016

आठौं मिडिया कप फुटबल दशरथ रंगशालामा हुने

काठमाडौं(हाम्रो खेलकुद)– नेपाल ओलम्पिक संग्रहालयले यसै महिना आठौं मिडिया कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । दक्षिण एसियाली खेलकुद (साग) खेलकुद सूचना केन्द्रको विस्तार एवंम् सञ्चार संस्थाबीच सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका मिडिया कप दशरथ रंगशालमा पुस २१ गते देखि माघ ५ गते सञ्चालन हुने ओलम्पिक संग्रहालयले प्रेस विज्ञप्तीमार्फत जनाएको छ । प्रतियोगितामा अन्नपूर्ण […]

December 22, 2016

बायर्न म्युनिखले लिपजिङसँगको अंक दुरी बढायो

म्युनिख (एजेन्सी)– निकटमत प्रतिद्वन्द्वि आरबी लिपजिङलाई ३–० ले हराउँदै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा ३ अंकको अग्रता लिएको छ । १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेका लिपजिङलाई हारएपछि क्रिसमसअघि बायर्न शीर्षस्थानमा यथावत रहेको छ । समान ३६ अंक मा रहेको अवस्थामा बायर्न र लिपजिङबीच पहिलो पटक प्रतिस्पर्धात्मक खेलमा भेट भएको थियो । थियागो अल्कान्टारा र […]

December 22, 2016

मेस्सी, नेयमार र स्वारेजविना बार्सिलोनाको फराकिलो जित

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका तीन ठूलो स्टार लियोनल मेस्सी, लुइस स्वारेज र नेयमार विना कापा डेल रेमा फराकिलो जित हासिल गरेको छ । आर्डा टुरानले ह्याट्रिक गरेपछि बार्सिलोनाले गए राती हर्कुलेसलाई ७–० ले हराएको छ । पहिलो लेग १–१ को बराबरीमा टुंगिएको थियो भने पछिल्लो जितपछि ८–१ को अग्रतासहित बार्सिलोना अन्तिम १६ मा पुगेको छ । […]

December 21, 2016

पुरुष फुटबलको उद्घाटनमा पुलिस र पूर्वाञ्चल भिड्ने

-सातौं राष्ट्रिय खेलकुद काठमाडौं (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको बिहीबार हुने उद्घाटन खेलमा नेपाल पुलिस र पूर्वाञ्चल भिड्ने भएका छन् । सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । पुलिस […]

December 21, 2016

पुलिस र एपिएफले बराबरी खेले, आर्मी पनि रोकियो

-सातौं राष्ट्रिय खेलकुद -सेमिफाइनलमा पुलिस र मध्यमाञ्चल तथा एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुने काठमाडौं (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा बुधबार दुवै खेल बराबरीमा टुंगिएको छ । विभागिय डर्बीमा एपिएफ र नेपाल पुलिस क्लबले १–१ को बराबरीमा टुंगियो भने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र मध्यमाञ्चलले गोलरहित बराबरी खेले । सुनसरीको दुहबी रंगशालामा जारी […]

December 20, 2016

एपिएफ महिला फुटबलको सेमिफाइनल नजिक

सातौं राष्ट्रिय खेलकुद काठमाडौं (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा एपिएफले लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनलको नजिक पुगेको छ । सुनसरीको दुहबी रंगशालामा एपिएफले सुदूरपश्चिमाञ्चललाई ४–१ ले हराएको छ । त्यस्तै अर्को खेलमा मध्यमाञ्चलले मध्यपञ्चिमाञ्चललाई ३–० ले पराजित गरेको थियो । समूह कमा एपिएफले पहिलो खेलमा पश्चिमाञ्चललाई ३–० ले हराएको थियोउ । मंगलबारको […]

December 20, 2016

रुस्लान थ्री स्टारले खेल्न नपाउनु एन्फाकै लापरवाही– एन्फा मानार्थ अध्यक्ष घले

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न नपाउनुमा अखिल नेपाल फुटबल संघ (एन्फा) को लापरवाही भएकोमा एन्फाकै मानार्थ अध्यक्ष टासीले घले आलोचना गरेका छन् । सामसुङ मोबाइलको आधिकारिक विक्रेता आइएमएस समूहले एएएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सम्मान गर्न सोमबार आयोजित कार्यक्रममा मानार्थ अध्यक्ष घलेले भने,‘थ्री स्टारले एएफसी कप प्ले […]

December 20, 2016

खत्रीसहित १२ रेफ्रीले फिफा ब्याच पाए

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फिफा रेफ्री र सहायक रेफ्रीमा ११ जनाले निरन्तरता पाउँदा १ जना नयाँ  समेटिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मा सोमबार आयोजित कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले रेफ्रीहरुलाई ब्याच वितरण गरेका थिए ।  पुरुषतर्फ ४ फिफा रेफ्री , ६ फिफा सहायक रेफ्री छन् । महिलातर्फ १ रेफ्री र १ सहायक […]

December 20, 2016

इन्जुरी समयको गोलले लिभरपुल विजयी

लिभरपुल (एजेन्सी) – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले घरेलु प्रतिद्वन्दि एभर्टनलाई १-०ले हराएको छ। एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा लिभरपुका साडियो मानेले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए। खेल गोलरहित बराबरीतर्फ अग्रसर भइरहँदा गरेको गोल लिभरपुललाई तिन महत्वपूर्ण अंक दिलाउन काफि रह्यो। यस जितसंगै लिभरपुल […]

Success

Thank you for your time.