January 27, 2017
एजेन्सी – इएफएल कप अन्तर्गत बिहिबार राती भएको सेमीफाइनलको दोश्रो लेगमा म्यानचेस्टर युनाईटेड हल सिटिसंग २-१ले पराजित भएको छ। तर, पहिलो लेगमा २-०को जित दर्ता गरेको युनाईटेड समग्रमा ३-२को जित हासिल गर्दै फाइनल पुगेको हो। टम हडलस्टोनले पहिलो हाफमा गोल गर्दै घरेलु टोली हल सिटीलाई अग्रता दिलाएका थिए। उनले ३५औं मिनेटमा पेनाल्टिमार्फत गोल गरेका थिए। […]
January 26, 2017
काठमाडौं (हाम्रोे खेलकुद)– दुई महिनापछि एएफसी एसियन कप छनोट चरण सुरु भएपछि एक बर्ष नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबलमा व्यस्त रहन्छ। त्यो एक बर्षमा नेपालले छनोटका ६ खेल र डिसेम्बरमा बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपमा पनि भाग लिनेछ । नेपालले एसियन कप छनोटका ६ अन्तर्राष्ट्रिय खेल खेल्नुपर्नेछ । होम एन्ड अवेका आधारमा हुने छनोटका […]
January 26, 2017
पोखरा (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब १५औं आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहिबार सिएमजी संकटा क्लबलाई १-०ले हराउदै साविक विजेता समेत रहेको मनाङ फाइनलमा पुगेको हो। मनाङले फाइनलमा आयोजक साहारा क्लबको सामना गर्नेछ। चार पटकको विजेता रहिसकेको मनाङका लागि नाइजेरियाका फरवार्ड ओलावाले आफिजले निर्णायक गोल गरेका थिए। […]
January 26, 2017
पोखरा(हाम्रो खेलकुद) – १५औं आहा! रारा गोल्डकपको दोश्रो सेमिफाइनल खेलमा आज लक्ष्मी हुन्डाई मनाङ मर्श्यन्ग्दी क्लब र संकटा क्लब भिड्दै छन्। यसअघि यसै प्रतियोगिताको पछिल्ला संस्करणमा दुइ पटक आमने-सामने भइसकेका यी दुई टोलीको खेलमा दुवैपटक मनाङले बाजी मारेको थियो। सन् २००५ र सन् २०१४को क्वार्टरफाइनलमा मनाङले संकटालाइ समान २-०को अन्तरले पराजित गरेको थियो। प्रतिष्ठित आहा! […]
January 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठ एक बर्षमा दोस्रो अस्ट्रेलियन क्लबमा आबद्ध भएका छन् । उनले यसै साता अस्ट्रेलियन नेसनल प्रिमियर लिग (एनपिएल) क्लब भिक्टोरियाको सनसाइन जर्ज क्रस एफसीसँग सम्झौता गरेका छन् । झन्डै ९ महिनाका लागि सम्झौता गरेपछि उनले पारिश्रमिक भने खुलाउन चाहेनन् । ‘पारिश्रमिक गोप्य राख्ने सहमति छ ’जगजितले […]
January 26, 2017
एजेन्सी – इएफएल कप अन्तर्गत बुधबार भएको सेमीफाइनलको दोश्रो लेगमा साउथह्याम्पटनसंग १-०ले पराजित भएपछि लिभरपुल फाइनलमा पुग्नबाट बञ्चित भएको छ। पहिलो लेगमा १-०को हार व्यहोरेको लिभरपुलले बुधबार घरेलु मैदानमा पनि हार टार्न सकेन। सेन लङ्ले खेलको अन्तिम समयमा गरेको गोलले साउथह्याम्पटन समग्रमा २-०जित रच्न सफल रह्यो। अर्को सेमीफाइनल खेलमा युनाइटेडले पहिलो लेगमा हलसंग २-०को अग्रता […]
January 26, 2017
एजेन्सी – कोपा डेल रे अन्तर्गत बुधबार भएको दोश्रो लेगको खेलमा सेल्टा भिगोसंग २-२को बराबरी खेलेपछि रियल म्याड्रिड कोपा डेल रेको क्वार्टरफाइनलबाट बाहिरिएको छ। पहिलो लेगमा २-१को पराजय भोगेको म्याड्रिडका लागि दोश्रो लेगमा पनि कमजोर प्रदर्शन गर्यो। खेलको ४४औं मिनेटमा ड्यानिलोले आत्मघाती गोल गरेपछि सेल्टाले खेलमा अग्रता लिएको थियो। ६२औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई […]
January 25, 2017
पोखरा (हाम्रो खेलकुद) – तमु धिँ नेपालका अध्यक्ष कर्मा तमुले सहारा एकेडेमिको अक्षयकोष स्थापनाको लागि एक लाख १ हजार १ सय ११ रुपैया सहयोग रकम हस्तान्तरण गरेकी छन् । पोखरा रंगशालामा जारी १५ औं आहा रारा गोल्ड कपको सेमिफाइनलका दौरान बुधबार अध्यक्ष तमुले क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई चेक हस्तान्तरण गरेकी थिइन् । त्यसै गरी कास्की […]
January 25, 2017
पोखरा (हाम्रो खेलकुद) – आयोजक साहारा फुटबल क्लब १५औं आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बुधबार भएको सेमिफाइनल खेलमा तिन पटक फाइनल खेलिसकेको त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै साहारा उपाधि नजिक पुगेको हो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयतर्फा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल नभएपछि खेलको नतिजा […]
January 25, 2017
पोखरा(हाम्रो खेलकुद) – १५औं आहा! रारा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा आज त्रिभुवन आर्मी क्लब र आयोजक साहारा क्लब भिड्दै छन्। गतवर्ष पनि सेमिफाइनलमानै यी दुइ टोलीको भेट भएको थियो र उक्त खेल आर्मीले २-०को गोलअन्तरले जितेको थियो। यसअघी सन् २०१३को सेमिफाइनलमा भने साहाराले आर्मीलाई टाइब्रेकरमा ४-२को अन्तरले पराजित गरेको थियो। प्रतिष्ठित आहा! रारा गोल्डकपको उपाधि […]