default_image

फुटबल

February 9, 2017

संकटा उदयपुर गोल्डकपको सेमिफाइनलमा

गाईघाट (हाम्रो खेलकुद)– खेलको अन्त्यतिर राज पौडेलले दुई गोल गरेपछि सिएमजी क्लब संकटा रमपम चौथो उदयपुर गोल्डकपको सेमिफाइनलमा पुगेको छ । धरान फुटबल क्लबलाई ३–१ ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो । संकटा एक दिनअघि रुस्लान आठौं सिमरा गोल्डकपको फाइनलमा पुगेको थियो ।  थारुहट मैदानमा बिहीबार १–१ को बराबरी रहेको खेलको ८९ औं मिनेटमा […]

February 9, 2017

हिमालयन शेर्पालाई हराउदै आर्मी फाईनलमा

सिमरा (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबलाई हराउदै त्रिभुवन आर्मी क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बिहिवार भएको दोस्रो सेमिफाईनल खेलमा शेर्पाविरुद्ध २–१ को जित निकाल्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । आर्मीका लागी एक गोल टंक बस्नेतले गरेका थिए भने एक गोल आत्मघाती भएको थियो । शेर्पाका […]

February 9, 2017

फिफा वरियतामा नेपालको सुधार

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले बिहिबार सार्वजनिक गरेको फेब्रुअरी महिनाको वरियताक्रममा नेपाल दुइ स्थान सुधार्दै १७३औं स्थानमा पुगेको छ। जनवरी महिनामा १७५औं स्थानमा रहेको नेपालके दुइ स्थान सुधार गरेको हो। नेपाल दक्षिण एसियाली राष्ट्रबीच चौथो  स्थानमा रहेको छ । नेपाललाई अफगानिस्तान, भारत र माल्दिभ्सले पछि पारेका छन् भने नेपाल बंगलादेश, भुटान, श्रीलंका […]

February 9, 2017

सरकारको सम्मान कार्यक्रम फेरी सर्यो

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सरकारले घोषणा गरेको पुरस्कार शुक्रबार प्रदान गर्ने  भनिएकोमा अर्को साता गरिने भएको छ । शुक्रबार हुने भनिएको कार्यक्रम विशेष कारणवाश सोमबार सारिएको एन्फा श्रोतले जानकारी दियो। सरकारले टोलीका हरेक सदस्यलाई ३ लाख रुपैयाँबाट पुरस्कृत गर्ने यसअघि नै निर्णय गरिसकेको थियो । कात्तिक अन्त्यमा मलेसियाको कुचिङमा भएको […]

February 9, 2017

एसियन कप छनोटका लागि पहिलो चरणका खेलाडी छनोट, रोहित र कर्ण पनि बोलाइए

काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सविरुद्ध हुने एएफसी एसियन कप २०१९ को छनोट खेलका लागि पहिलो चरणमा नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजीले बिहीबार पहिलो चरणमा ३६ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । एएफसी सोलिडारिटी कप विजेता टोलीमा रहेको २३ बाहेक कोजीले १३ खेलाडीलाई छनोटमा बोलाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबारबाट प्रशिक्षण सुरु हुने […]

February 9, 2017

सिमरा गोल्डकपमा आर्मी र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदै

सिमरा (हाम्रो खेलकुद)– गत महिना टुबोर्ग हेटौडा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि उचालेको आर्मीले रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पाको सामना गर्दैछ । अब केही समयमा सुरु हुने खेलको विजेताले शनिबार सिएमजी क्लब संकटासँग फाइनल खेल्नेछ । सोझै क्वार्टरफाइनलमा प्रवेश पाएको आर्मीले वीरगन्ज युथ युनाइटेडलाई ३–० ले र हिमालयन शेर्पाले रुपन्देहीलाई […]

February 9, 2017

सोलिडारिटी कप विजेता टोलीलाई सरकारले भोली पुरस्कृत गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सरकारले घोषणा गरेको पुरस्कार शुक्रबार प्रदान र्ने भएको छ । सरकारले टोलीका हरेक सदस्यलाई ३ लाख रुपैयाँबाट पुरस्कृत गर्ने यसअघि नै निर्णय गरिसकेको थियो । शुक्रबार पुरस्कार दिने तय भएपनि स्थान र समय भने निश्चित हुन बाँकी रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष एवम् […]

February 8, 2017

गोलकिपर विकेश खतरामुक्त

सिमरा (हाम्रो खेलकुद) – रुस्लान आठौं सिमरा गोल्डकपमा मंगलबार वीरगन्ज युनाइटेड क्लबसँगको खेलका क्रममा चोट लागेरका त्रिभुवन आर्मी क्लबका गोलकिपर विकेश कुथु खतरामुक्त रहेको छन् । बल नियन्त्रण गर्ने क्रममा खेलाडीसँथ ठोक्किदा विकेशको टाउकोमा चोट लागेको थियो । टाउकोमा पाँच वटा टाका लगाइएपनि उनको अवस्था गम्भिर नरहेको चिकित्सकले बताएका छन् । उनको स्थानिय स्थानिय अस्पतालमा […]

February 8, 2017

संकटा रुस्लान सिमरा गोल्डकपको उपाधि नजिक

सिमरा (हाम्रो खेलकुद)– साविक विजेता प्राइम पोलिक्लिनिक विजय युथ क्लबलाई स्तब्ध पार्दै सिएमजी क्लब संकटा सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सिमरा रंगशालामा बुधबारको पहिलो सेमिफाइनलमा विश्व अधिकारीको निर्णायक गोलमा विजय युथलाई २–१ ले हराउँदै संकटाले एकै महिना दोस्रो नकआउट फुटबलको फाइनल खेल्ने भएको छ । माघ १ गते […]

February 8, 2017

रुस्लान सिमरा गोल्डकपको पहिलो सेमिफाइनल– संकटा र विजय युथ भिड्दै

सिमरा (हाम्रो खेलकुद)– सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटवल प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनल हुँदैछ । सिमरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा साविक विजेता प्राइम पोलिक्लिनिक विजय युथ क्लब र सिएमजी क्लब संकटाको सामना गर्दैछ । सेमिफाइनल दिउँसो ३ बजे सुरु हुनेछ । संकटाले माघ १ गते सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकपमा फाइनल खेलेको थियो । विजय युथ […]

Success

Thank you for your time.