default_image

फुटबल

lewandowski

February 26, 2017

बायर्नको गोल बर्षामा लेवान्डोस्व्कीको ह्याट्रिक

म्युनिख (एजेन्सी) – बायर्न म्युनिखले बुन्डेसलिगामा रेलिगेसन जोगाउन संघर्षरत हामबर्गर एसभीलाई शनिबार ८–० ले हराउँदै अंकतालिकामा ५ अंकको अग्रता लिएको छ । पहिलो हाफमा ३–० को अग्रता लिन सफल बायर्नका लागी भिडालले १७ औँ मिनेटमा पहिलो गोल गरेका थिए भने त्यसको सात मिनेटपछि रोर्बेट लेवान्डोस्व्कीले पेनाल्टीमा गोल गरेका थिए । लुइस होल्ब्टी को फाउलमा पाएको […]

February 26, 2017

उपाधि जिते मनाङका खेलाडीले १ लाख भन्दा बढी पाउने

चितोगोङ (हाम्रो खेलकुद)– बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप जित्न सके लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका हरेक खेलाडीले १ लाख रुपैयाँ भन्दा पुरस्कार वापत पाउने भएका छन् । मनाङका अध्यक्ष मुखिया कान्छा गुरुङले टोलीले क्लब कप जिते पुरस्कार राशिको ५० प्रतिशत खेलाडीलाई दिने घोषणा गरेका छन् । क्लब कपको विजेताले ३० हजार तथा दोस्रो […]

February 25, 2017

प्रिमियर लिगको शीर्षस्थानमा थप मजबुद बन्दै चेल्सी

लन्डन (एजेन्सी)– प्रिमियर लिगमा तीन सयौं खेल खेल्दै सेस फेब्रिगासले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोगी भूमिका निर्वाह गरेपछि प्रिमियर लिगको शीर्ष टोली चेल्सीले स्वान्सी सिटीलाई ३–१ ले हराएको छ । शनिबारको नतिजापछि चेल्सीले ११ अंकको स्पष्ट अग्रता लिएको छ । प्रिमियर लिगमा तीन सय खेलको कोसे ढुंगा पुरा गर्ने पहिलो खेलाडी बनेका […]

February 25, 2017

जेनिथ लाई अन्तरस्कुल मध्यपुर नगरपालिका कप

काठमाडौं (हाम्रो खेलकुद) – जेनिथ एकेडेमीले दोस्रो अन्तरस्कुल मध्यपुर थिमी नगरपालिका कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । थिमी मैदानमा शनिबार भएको फाइनलमा विनायक शिक्षा निकेतलाई १–० ले हराउँदै उपाधि जितेको हो । सुशील तिमल्सिनाले ३५ औं मिनेटमा गरेको गोल नै जेनिथलाई उपाधि दिलाउन पर्याप्त रह्यो । सुशील नै फाइनलको म्यान अफ दी म्याच घोषित […]

February 25, 2017

हिमालयन शेर्पा तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा, झापा बाहिरियो

दिपक न्यौपाने बुटवल – हिमालयन शेर्पा १९ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विदेशी खेलाडी एलेक्सले थप समयमा निर्णायक गोल गरेपछि हिमालयन शेर्पाले मोफसलको बलियो टोली रमपम झापा ११ लाई २–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा टुंगिएपछि २० मिनेट समय थप गरिएको थियो […]

February 25, 2017

पुलिसलाई बुढासुब्बा रेडबुल गोल्डकप उपाधि

धरान (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लवले १९ औं अन्र्तराष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि उचालेको छ । शनिवार एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सम्पन्न फाइनल प्रतियोगितामा पुलिसले संकटा क्लवलाई सडन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै बुढासुब्बा गोल्डकपको उपाधि उचालेको हो । निर्धारित समयमा दुबै तर्फ १–१ गोलको बराबरी भएपछी खेल ट्राईबेकरमा गएको थियो […]

February 25, 2017

अस्ट्रेलियामा जगजितको क्लबको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर जगगित श्रेष्ठको अस्ट्रेलियन क्लब सनसाइन जज क्रस फुटबल क्लबले अष्ट्रेलिया भिक्टोरिया नेसनल प्रिमियर लिगमा लगातार दोस्रो खेल जितेको छ । जगजितले पहिलो गोल गरेको खेलमा सनसाइनले शनिबार बेनडिगोल सिटी एफसीलाई ३–० ले हराएको थियो । जगजितले दोस्रो मिनेटमा गोल गरेका थिए । बाँकी दुई गोल यावियो टेड्रोसले गरेका थिए […]

February 25, 2017

कतारमा पूर्व राष्ट्रिय खेलाडी शिव र अर्जुनको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)– वैदेशिक रोजगारीका लागि कतार पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य समेत सम्मिलित फुटबल टोलीले पाँचौं एसियन आप्रवासी फुटबल प्रतियोगिताको पहिलो खेलमा जापानी खेलाडी सम्मिलित टोलीलाई १०–० ले हराएको छ । पूर्व राष्ट्रिय एवंम् लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदीका खेलाडी शिव श्रेष्ठ र एपिएफका पूर्व खेलाडी अर्जुन सुब्बाले ह्याट्रिक गरेको खेलमा मनाङका पूर्व […]

February 25, 2017

किरणको प्रशिक्षणमा हिमालयन शेर्पा, तिलोत्तमामा झापासँग भिड्दै

बुटबल (हाम्रो खेलुकद) – सहारा क्लबलाई १२ औं आहा रारा गोल्डकपको उपाधि दिलाएका प्रशिक्षक किरण श्रेष्ठको नेतृत्वमा ए डिभिजन क्लब हिमालयन शेर्पाले १९ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता खेल्दैछ । हिमालयनले शनिबार पहिलो क्वार्टरफाइनलमा मोफसलको बलियो टोली रमपम झापा ११ को सामना गर्नेछ । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको […]

February 24, 2017

बंगलादेशमा मनाङको हौसला बढाउँदै नेपाली विधार्थी

चितोगोङ (हाम्रो खेलकुद) –बंगलादशको चितोगोङमा अध्ययन गरिरहेका नेपाली विधार्थीहरु आयोजक चितोगोङ अबहानीसँगविरुद्धको खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई समर्थन गर्न रंगशाला पुगेका थिए । उक्त खेल २–२ को बराबरीमा टुंगिएपनि अर्को खेलमा मोहमडन स्पोर्टिङ क्लबले अफगानिस्तानको शाहिन अस्मायीलाई २–१ ले हराएपछि मनाङ अन्तिम चारमा पुगेको थियो । तस्बिरमा नेपाली क्लब मनाङलाई समर्थन गर्दै नेपाली विधार्थीहरु […]

Success

Thank you for your time.