default_image

फुटबल

March 15, 2017

युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम आठमा, पोर्टो बाहिरियो

युभेन्ट्स (एजेन्सी)– पाउलो डेबालाले पहिलो हाफमा गरेको पेनाल्टी गोलमा एफसी पोर्टोमाथि १–० को जित हासिल गर्दै युभेन्ट्स च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार १० खेलाडीमा सिमित रहँदै खेलको अन्त्य गरेको पोर्टोविरुद्ध समग्रमा ३–० को अग्रतासहित युभेन्ट्स अन्तिम आठमा पुगेको हो । पछिल्लो चार बर्षमा युभेन्ट्स च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुगेको यो दोस्रो पटक हो । […]

March 15, 2017

लेस्टर च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

लेस्टर (एजेन्सी)– कास्पेर सेचमिचेलले पेनाल्टी रोकेपछि बुधबार बिहान सेभियालाई २–० ले हराउँदै इङ्लिस टोली लेस्टर सिटी च्याम्पिन्स लिगको क्वार्टरफाइनल पुगेको छ । क्रेग शाकेस्पियरेको नेतृत्वमा उच्च प्रदर्शनलाई जारी राख्ने क्रममा लेस्टरले १० खेलाडीमा सिमित रहेको सेभियामाथि जित हासिल गरेको हो । पहिलो लेगमा २–१ ले गुमाएको लेस्टरले बुधबारको जितपछि समग्रमा ३–२ को अग्रतासहित अन्तिम आठको […]

March 14, 2017

नेपाल र श्रीलंकाको खेल वर्षाका कारण रद्द

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी फुटबल एक्सचेन्ज कार्यक्रम अन्तर्गत अन्तिम खेलमा आयोजक श्रीलंका र नेपालको खेल बर्षाका कारण पुरा हुन सकेन। पहिलो हाफको ३७औं मिनेटमा खेल चलिरहँदा रेफ्रीले खेल रोक्ने निर्णय लिएका थिए। मौसममा सुधार नआएपछि खेल रद्द भएको थियो। यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ७-१ले पराजित गरेको थियो भने दोश्रो खेलमा जापानसंग ९-०को […]

March 14, 2017

अग्नी रुपन्देही टुबोर्ग नेपालगञ्ज गोल्डकपको फाइनलमा

सौरभ गिरी नेपालगञ्ज– अग्नी रुपन्देही ११ टुबोर्ग दोश्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विभागिय टोली नेपाल पुलिस क्लबलाई मंगलबार २–१ ले हराउँदै रुपन्देहीले सिएमजी क्लब संकटासँगको फाइनल भेट पक्का गरेको हो । सुदूर पश्चिमाञ्चल ११ लाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै संकटा फाइनल पुगेको थियो । नेपालगञ्ज १–० ले पछि […]

March 14, 2017

१४ दिन बाँकी!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब १४ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]

nepal-u-16

March 14, 2017

नेपाल र श्रीलंकाको युवा टोलीबीच आज प्रतिस्पर्धा हुने

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंका भ्रमणमा रहेको नेपाली युवा फुटबल टोलीले आज साँझ आयोजक श्रीलंकाको सामना गर्दैछ । एसएफटी दक्षिण एसिया जेएफए यू १६ फुटबल एक्सेन्ज कार्यक्रम अन्तर्गत आइतबारको खेलमा नेपाल जापान यू १६ सँग ९–० ले पराजित भएको थियो । पहिलो खेलमा भने नेपाली यू १५ टोली भुटानको युवा टोलीलाई ७–१ ले हराएको थियो । […]

March 14, 2017

नेपालगञ्ज गोल्ड कपको सेमिफाइनलमा रुपन्देही र पुलिसको आमना सामना

नेपालगञ्ज (हाम्रो खेलकुद) – टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनलमा अग्नी रुपन्देही ११ र विभागिय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । नेपालगञ्ज रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलको विजेताले फाइनलमा सिएमजी क्लब संकटाको सामना गर्नेछ । संकटाले सोबार सुदूरपश्चिमाञ्चललाई टाइब्रेकरमा ५–४ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो […]

March 14, 2017

एफए कपमा चेल्सीसँग म्यानचेस्टर युनाइटेडको हार

लन्डन (एजेन्सी)– एन’गोलो कान्टेले १० खेलाडीमा सिमित म्यानचेस्टर युनाइटेडविरुद्ध गोल गरेपछि प्रिमियर लिगको शीर्षस्थानमा रहेको चेल्सी एफए कपको सेमिफाइनलमा पुगेको छ । जाजे माउरिन्होलाई यसपटक स्टामफोर्ड ब्रिज फर्कनु सुखद रहेन । जहाँ उनको पूर्व क्लब चेल्सीले युनाइटेडलाई १–० निराश पार्यो र उपाधि रक्षा गर्ने उनको टोलीको सम्भावना टुंगियो । सन् २०१५ डिसेम्बरपछि पहिलो पटक स्टामफोर्ड […]

March 13, 2017

चेल्सीविरुद्धको एफए कप क्वार्टरफाइनलमा रुनी नखेल्ने

लन्डन (एजेन्सी)– चेल्सीविरुद्धको एफए कप क्वार्टरफाइनलमा म्यानचेस्टर युनाइटेडसँग कप्तान वायने रुनीको साथ हुने छैन । आज राती नेपाली समय अनुसार १ः३० बजे चेल्सीसँग खेल्दा रुनीमात्र होइन टोलीमा अन्य परिचत स्ट्राइकर पनि हुने छैनन् । अभ्यासका क्रममा फिल जोन्ससँग ठोक्किएर खुट्टामा चोट लागेका कारण रुनीले अन्तिम आठको खेल गुमाउनु पर्ने भएको हो । त्यस्तै बोर्नमाउथका ट्योरेन […]

March 13, 2017

एसियन कपको छनोटको पहिलो खेलका लागि १५ दिन बाँकी !

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब १५ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]

Success

Thank you for your time.