default_image

फुटबल

Premier League

April 1, 2017

प्रिमियर लिग पुनः सुरु हुँदै – आज ८ खेल

इङ्ल्यान्ड (एजेन्सी) – अन्तर्राष्ट्रिय ब्रेक पछि प्रिमियर लिग पुनः आजबाट सुरु हुँदैछ । विश्व कप अन्तर्गतको छनोट खेल तथा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडी पुनः क्लबमा फर्केका छन् ।    प्रिमियर लिग आज सुरु हुँदा आठ खेल हुन्दैछन् । पहिलो खेलमा नेपाली समय अनुसार साँझको ५ः १५ बजे लिभरपुलले एनफिल्डमा एभर्टनलाई निम्त्याउदै […]

March 31, 2017

मेस्सीमाथि फिफाको प्रतिबन्धमा बार्सिलोनाको फाइदा

स्पेन (एजेन्सी) – अर्जेन्टिनाका कप्तान तथा बार्सिलोनाका स्टार खेलाडी लिओनल मेस्सीले चिलीविरुद्ध भएको विश्वकप छनोट अन्तर्गत गत साता खेलिएको खेलमा अपशब्द प्रयोग गरेको आरोपमा फिफाबाट चार खेलको प्रतिबन्ध पाए। मेस्सीलाई साथ दिने धुनमा फिफाको यस कदमलाई आलोचना गर्दै बार्सिलोनाले आफ्नो पुरानो सम्बन्धमा धरापमा पारेको छ। विगतमा सेप ब्लाटर फिफाको अध्यक्ष हुँदा चिसिएको बार्सिलोना र फिफाको […]

March 31, 2017

एन्फाले यु-१४ एकेडेमीका लागि खुला आवेदन माग्यो

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघले एन्फा एकेडेमीको लागि १४ वर्ष मुनिका खेलाडीहरुको खुला आवेदन मागेको छ। विज्ञापन जारी गर्दै एन्फाले सोको माग गरेको हो। हाल राष्ट्रिय टोलीमा रहेका अधिकांश खेलाडी एन्फा एकेडमीकै उत्पादन हुन्। विमल घर्ति मगर, अनन्त तामाङ र अन्जन विष्ट एकडेमीको एकै ब्याचका खेलाडी हुन्। एन्फाले वार्षिक रुपमा यस कार्यक्रम […]

rupan

March 31, 2017

अग्नी रूपन्देही माईभ्याली गोल्ड कपको क्वार्टरफाइनलमा

दिपक बोहोरा इलाम – अग्नी रुपन्देही ११ माइ भ्याली गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । भारतको दुर्गापुर स्टिल टि.एस.वाइ , कोलकतालाई शुक्रबार टाईब्रेकर ४–२ ले हराउँदै रुपन्देही अन्तिम आठमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल १-१को बराबरीमा टुंगिएको थियो भने थप १५ मिनेटमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकर बाट लिनुपरेको थियो। […]

March 31, 2017

माईभ्याली गोल्ड कपमा अग्नी रुपन्देही र दुर्गापुरबीच प्रतिस्पर्धा हुँदै

दिपक बोहोरा इलाम– यो सिजन दुई वटा नकआउट उपाधि जितिसकेको अग्नी रुपन्देही ११ ले आज इलाममा जारी टुबार्ग तेस्रो माईभ्याली गोल्ड कप फुटबल प्रतियोगितामा भारत कोलकाताको दुर्गापुर स्टिल टिएसवाईको सामना गर्दैछ । सिजनको पहिलो उपाधिका रुपमा रमपम उदयपुर गोल्डकप जितेको रुपन्देहीले यसै महिनाको सुरुआतमा नेपालगञ्ज गोल्डकपको उपाधि जितेको थियो । ठुलो टुडिखेलमा हिजो पहिलो दिन […]

March 30, 2017

भेट्रान फुटबललाई यल्लो प्यागोडाको साथ, सामाखुसी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– लगनखेलको बुद्धि विकास मण्डलको मैदानमा जारी दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितालाई कान्तिपथस्थित यल्लो प्यागोडा होटल मुख्य प्रायोजन गर्ने भएको छ । चैत १० गतेबाट सुरु भइसकेको प्रतियोगितालाई यल्लो प्यागोडाले प्रायोजन गरेसंगै प्रतियोगिताको नाम शशिकला स्मृति दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगिता हुनेछ । प्रतियोगिता आयोजक स्पोर्ट्स फर अल क्लब, नेपालका अध्यक्ष […]

March 30, 2017

नवयुग, अनिल र भरत अष्ट्रेलिया पुगे

काठमाडौं (हाम्रो खेलकुद)– गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सम्मान ग्रहणका लागि तीन नेपाली खेलाडीलाई बिहीबार अस्ट्रेलिया पुगेका छन् । एनआरएनए अष्ट्रेलियाले नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरत शाह, राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ र स्ट्राइकर नवयुग श्रेष्ठलाई आइताबर सम्मान गर्न लागेको हो । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान समेत रहेका अनिल […]

March 30, 2017

माईभ्याली गोल्डकपमा पुलिसको जित, आयोजक निराश

दिपक बोहोरा इलाम– नेपाल पुलिस क्लबले टुबोर्ग तेस्रो माई भ्याली गोल्ड कप फुटबल प्रतियोगितामो विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा बिहीबार आयोजक क्लबलाई ३–० ले हराउँदै पुलिस अघिल्लो चरणमा पुगेको हो । पुलिसका लागि भरत शाह, अभिषेक रिजाल र तेज तामाङले गोल गरे । ठुलो टुडिखेलमा खेल सुरु भएको ५ मिनेटमै भरतले पुलिसका लागि […]

ronaldo-and-messi

March 30, 2017

मेस्सीको भन्दा रोनाल्डोका कमाई धेरै – कसले कति कमाए ?

फ्रान्स (एजेन्सी)– विश्वमा अहिले चर्चामा रहेका फुटबलका दुई खेलाडी रियाल मड्रिडका क्रिस्टियानो रानोल्डो र बार्सिलोनाका लियोनल मेस्सीमध्ये कसको कमाई बढी छ भन्ने उनीहरुका समर्थकलाई पक्कै चासो रहन्छ ।  पछिल्लो एउटा समाचारले मेस्सीका समर्थकलाई भने केही खल्लो बनाउन सक्छ । पोचुर्गल फुटबल टोलीका कप्तान रहेका रोनाल्डोले सन् २०१६/०१७ को सिजनमा कमाईमा अर्जेन्टिनाका कप्तान मेस्सीलाई पछाडि पारेका […]

March 30, 2017

माई भ्याली गोल्ड कपमा आयोजकसँग पुलिसको अग्रता

दिपक बोहोरा इलाम– टुबोर्ग तेस्रो माई भ्याली गोल्ड कप फुटबल प्रतियोगिताको आयोजकविरुद्धको उद्घाटन खेलको पहिलो हाफसम्म नेपाल पुलिसले २–० को अग्रता लिएको छ । खेल सुरु भएको ५ मिनेटमै भरत शाहले पुलिसका लागि पहिलो गोल गरेका थिए । २८ औं मिनेटमा आयोजक टोलीको कमजोर रक्षापक्तिको फाइदा उठाउँदै पुलिसका अभिषेक रिजालले गोलअन्तरलाई दोब्बर पारे । माई […]

Success

Thank you for your time.