default_image

फुटबल

April 12, 2017

‘बायर्नभन्दा रियल नराम्रो टोली’ – एन्चेलोटि

एजेन्सी – रियल म्याड्रिडका पुर्व प्रशिक्षक एवं हाल बायर्न म्युनिखका प्रशिक्षक रहेका इटालियन कार्लो एन्चेलोटिले हालको रियल म्याड्रिड टोली बायर्नभन्दा नराम्रो रहेको प्रतिक्रिया दिएका छन्। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती हुने बायर्न म्युनिख र रियल म्याड्रिडको खेल अगाडी एन्चेलोटिले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘रियल राम्रो टोली हो र स्पेनिस लिग रियलको हातमा रहेको छ। […]

April 11, 2017

डर्टमुण्डको टिम बसमा विस्फोट; बार्ट्रालाई अस्पताल पुर्याइयो

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती हुने भनिएको बोरुसिया डर्टमुण्ड र ए.एस. मोनाको बिचको खेल स्थगित हुने देखिएको छ। डर्टमुण्डको टिम बसमा विस्फोट भएपछि मार्क बार्ट्रा घाइते भएर अस्पताल लागिएको जानकारी क्लबले दिएको छ। अन्य खेलाडीहरु सबै ठिक रहेको र खेल हुने/नहुने अझै टुंगो लागेको छैन। बसमा विस्फोट भएपछि उडेको सिसाले बार्ट्राको हातमा […]

April 11, 2017

समर्थकमाझ ‘मिसफिट’ रोहित

सुवास हुमागाई काठमाडौं – क्लब करियर सुरु गर्नुअघि १७ बर्षको उमेरमा नै रोहित चन्द राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका थिए । कलिलो उमेरमै विदेशमा खेल कौशलमार्फत चर्चा कमाएका रोहित अहिले २५ बर्षका भए । यो ८ बर्षे यात्रामा उनले नेपालका लागि ४३ अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । उनको व्यवसायिक खेल जीवन हेर्दा लोभ लाग्दो छ […]

April 11, 2017

आर्सनलको लज्जास्पद हार

एजेन्सी – इङलिस प्रिमिएर लिग अन्तर्गत सोमबार राती भएको खेलमा क्रिस्टल प्यालेसले आफ्नो घरेलु मैदानमा आर्सनललाई ३-०को फराकिलो अन्तरले पराजित गरेको छ। खेलको १७औं मिनेटमा विल्फ्रिड जाहाको पासलाई सदुपयोग गर्दै आन्ड्रोस टाउनसेण्डले प्यालेसलाई खेलमा सुरुवाती अग्रता दिलाएका थिए। खेलको अधिकांश समय बल पोसेसन राखे पनि आर्सनलले राम्रो आक्रमण सिर्जना गर्न सकेको थिएन। खेलको ६३औं मिनेटमा […]

April 11, 2017

लेवान्डोस्कीले रियलविरुद्धको खेल गुमाउने सम्भावना

एजेन्सी – बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले रियल म्याड्रिड विरुद्ध हुने युरोपेली च्याम्पियन्स लिग अन्तर्गतको पहिलो लेगको खेल गुमाउने खतरा बढेको छ। काँधमा लागेका चोटका कारण विगत २ दिनयता प्रशिक्षणमा अनुपस्थित रहेपछि पोल्याण्डका स्ट्राइकर रियल विरुद्धको खेलका लागि फिट नहुने सम्भावना बढ्दै गएको हो। युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगका लागि बायर्नले बुधबार राती घरेलु […]

April 11, 2017

च्याम्पियन्स लिगमा युभेन्टस र बार्सिलोना भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनल चरणको खेलको पहिलो लेगमा युभेन्टसले बार्सिलोनालाई आफ्नो घरेलु मैदानमा निम्त्याउँदै छ। घरेलु लिगमा किएभोसंगको २-०को जितमा आफ्नो महत्वपूर्ण खेलाडीहरुलाई विश्राम दिएका प्रशिक्षक मासिमिलानो एलेग्रीले यस खेलका लागि आफ्नो उत्कृष्ट ११ लाई मैदानमा उतार्ने पक्का छ। लिओनार्डो बोनुची, जिओर्गियो किएलिनी, मारियो मान्जुकिच र मिरालेम प्यानिचले लिगको खेलमा विश्राम लिएका […]

April 11, 2017

‘रियल छाडेको दिनमा म रोएँ’- हिगुआइन

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत युभेन्टस र बार्सिलोनाको खेल अघि रियल म्याड्रिडका पुर्व खेलाडी गोन्जालो हिगुआइनले रियल म्याड्रिड छोड्दाको समय निकै गाह्रो भएको अभिव्यक्ति दिएका छन्। सन् २००७ देखि २०१३ सम्म रियलका लागि खेलेका अर्जेन्टिनी स्ट्राइकर हिगुआइनले म्याड्रिडको जर्सीमा खेल्दै १२१ गोल गरेका थिए। सन् २०१३मा नेपाली लागेका हिगुआइनले युभेन्टस आउनुअघि ३ सिजन इटालीमै […]

April 10, 2017

रियल वा बार्सिलोनाले मात्र औबामेयाङलाई किन्न सक्ने

एजेन्सी – जारी सिजनमा ३२ गोल गरेर लगातार युरोपमा तहल्का मच्चाईरहेको बोरुसिया डर्टमुण्डका स्ट्राइकर पिएर एमेरिक औबामेयाङलाई किन्न स्पेनका ठुला क्लब बार्सिलोना र रियल म्याड्रिडले मात्र सक्ने डर्टमुण्डका प्रबन्ध निर्देशक हान-योचिम वाट्ज्केले बताएका छन्। २७ वर्षीय स्ट्राइकरले पछिल्लो तिन सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनको डर्टमुण्डसंगको अनुबन्धन सन् २०२०सम्म कायम रहनेछ र त्यसैकारण क्लबले […]

April 10, 2017

‘नेपाल युथ प्रोग्राम’लाई जर्मनीबाट सहयोग

काठमाडौँ (हाम्रो खेलकुद) – विगत २ वर्षयता युवाहरुलाई फुटबल मार्फत खेल तथा व्यक्तित्व विकासमा विभिन्न कार्यक्रम गर्दै आएको संस्था नेपाल युथ प्रोग्रामलाई एक कार्यक्रमका बीच आज जर्मनीबाट सहयोग प्रदान भएको छ। जर्मनीको एम्च्योर क्लब भी.एफ.आर मेर्जहौसेनका अध्यक्ष वोल्फगंग वेयर्सले नेपाल युथ प्रोग्रामलाई नगद सहयोग गरेका हुन्। उनले कुलेश्वर स्थित नेपाल युथ प्रोग्रामको मैदानमा गएर प्रशिक्षण […]

April 10, 2017

नेयमारसंगै रोनाल्डोले पनि एल क्लासिको गुमाउने सम्भावना

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रातो कार्ड पाएपश्चात गरेको व्यवहारका कारण नेयमारले थप प्रतिबन्ध पाउँदै एल क्लासिकोमा प्रतिबन्धित हुने भएका छन्। रातो कार्ड पाएपछि मैदान छाड्ने क्रममा चौथो अफिसियललाई व्यंग्यात्मक ढंगले ताली बजाएपछि नेयमार फसेका हुन्। रोनाल्डोले लास पल्माससंग खेल्दा ला लिगाको चौथो पहेंलो कार्ड पाएका थिए र आगामी साता […]

Success

Thank you for your time.