default_image

फुटबल

Neymar

April 23, 2017

नेयमारलाई ‘एल क्लासिको’ खेलाउन जोखिम उठाउँदै बार्सिलोना

बार्सिलोना (एजेन्सी) – प्रतिबन्धमा पुनरावलोकन गर्न कोर्ट अफ आर्बिट्रेसन (कास/टाड) समक्ष अपिल गरेको बार्सिलोनाले नेयमारले एल क्लासिकोमा खेल्न पाउनु पर्ने दबाव दिएको छ । स्पेनिस अपिल समितिले यसअघिको अपिल खारेज गरेपछि शुक्रबार कास समक्ष अपिल गरेको बार्सिलोनाको बुझाइ अनुसार कासले आफ्नो निर्णय प्रकट नगरेसम्म नेयमारको प्रतिबन्ध मुद्दा तामेली हुने कारणले उनले रियल म्याड्रिडसंगको खेल खेल्न […]

April 23, 2017

बार्सिलोनाको एरिक्सन भित्र्याउने चाहना

स्पेन (एजेन्सी)- डेनमार्क तथा लन्डन क्लब टोटनह्यामका मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई आउदो सिजन आफ्नो टिममा भित्र्याउन स्पेनिस महारथी बार्सिलोनाले इच्छा देखाएको छ। सिजन सुरु हुनु अघि देखि क्याट्लान क्लबले एरिक्सन माथि आफ्नो नजर राखेको थियो र उनलाई आउँदो सिजन बार्सा भित्र्याउन मोटो रकम खर्च गर्ने जनाइएको छ। क्लबका पूर्व स्टार खेलाडी माइकल लड्रुपले इरिक्सनलाई बार्सामा जानका लागि […]

Chelsea

April 23, 2017

टोटेनह्यामलाई हराउदै चेल्सी एफए कपको फाइनलमा

लन्डन (एजेन्सी) – टोटेनह्याम हटस्पर्सलाई ४-२ ले हराउदै चेल्सी एफए कपको फाइनल प्रवेश गरेको छ । लण्डन स्थित वेम्ब्ली रंगशालामा भएको खेलमा दुईपटक नतिजा उल्ट्याउने प्रयास गरेपनि स्पर्स सफल हुन सकेन। इडेन हाजार्डको स्थानमा सुरु गरेका विलियमले चेल्सीलाई सुरुआती अग्रता दिलाए । खेलको पाचौ मिनेटमा विलियनको गोलले पछि परेको टोटेनह्यामले ह्यारी केनको गोलको मद्धतले खेलमा फर्कियो […]

Rohit Chand

April 22, 2017

इन्डोनेसियीमा रोहितको टोलीले बराबरी खेल्यो

जाकार्ता (एजेन्सी)- इन्डोनेसियाको लिगा १ अन्तर्गत रोहित चन्दको क्लब पर्सिजा जाकार्ताले सिजनको दोस्रो खेलमा बारिटो पुटेरासंग १-१ को बराबरी खेलेको छ । पहिलो रोजामा परेका रोहितले पुरा समय खेलेका थिए । पहिलो खेलमा २-० को जित हासिल गरेको जाकार्ता दोस्रो खेलमा १-० ले पछि परेर पनि पुनरागमन गर्दै बराबरी गर्न सफल भएको थियो। खेलको दुवै […]

April 22, 2017

अस्ट्रेलियामा जगजितको टोलीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब सनराइज जर्ज एफसीले भिक्टोरिया प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार भएको अवे खेलमा जगजितको टोलीले इस्टर्न लायन्स एससी लाई २–१ ले हराएको छ । अघिल्लो साता सनराइजले सनराइजले बु्रन्सविक सिटी एफसीलाई १–० ले पराजित गरेको थियो ।पछिल्लो पाँच खेलमा टोलीको यो लगातार […]

April 22, 2017

विर्ता युनाइटेडलाई पाँचथर गोल्ड कप उपाधि

दिपक बोहोरा फिदिम – विर्ता युनाइटेड झापाले शनिबार प्रथम पाँचथर गोल्ड कपको उपाधि जितेको छ । एपिएफ पूर्वाञ्चललाई टाइब्रेकरमा ४–२ ले हराउँदै विर्ता च्याम्पियन बनेको हो । यसअघि पुसमा फिदिममा नै भएको आठौं फाल्गुनन्द गोल्ड कपको उपाधि पनि विर्ताले नै जितेको थियो । उपाधिसहित विर्ताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । एपिएफले १ […]

Real Barca Youth

April 22, 2017

बार्सिलोना र रियल म्याड्रिड युथ च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिर

न्योन (एजेन्सी) – बार्सिलोना फुटबल क्लब र रियल म्याड्रिडका युवा टोली सेमिफाइनलको पराजय पछि यूइएफए युथ लिगबाट बाहिरिएका छन्। बार्सिलोनालाई हराउदै अष्ट्रीयाको साल्जबर्ग र रियललाई हराउँदै पोर्चुगलको बेन्फिकाको युवा टोली युवाहरुको च्याम्पियन्स लिग मानिने युथ लिगको फाइनल प्रवेश गरेका छन्। बार्सिलोना १-२ स्लाजबर्ग शुक्रबार भएको पहिलो खेलमा बार्सिलोनाको अग्रतालाई उल्टाउँदै साल्जबर्गले २-१ को विजयी नतिजा […]

April 21, 2017

नेयमारको प्रतिबन्धविरुद्ध कासमा बार्सिलोनाको अपिल

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले नेयमारको प्रतिबन्धमा पुनरावलोकन गर्न कोर्ट अफ आर्बिट्रेसन (कास) समक्ष अपिल गरेको छ । स्पेनिस ला लिगामा मालगासंगको खेलमा रातो कार्डको सामना गरेका नेयमारले रेफ्रीलाई व्यंग्यात्मक रुपमा ताली बजाउदै मैदान बाहिरिएका थिए । त्यसमा थप कारवाही स्वरुप दुई खेलमा प्रतिबन्ध गरेपछि उनले ३ खेल खेल्न नपाउने भएका छन् । स्पेनिस अपिल समितिले […]

Ibrahimovic

April 21, 2017

इब्राहिमोभिचले सिजनका बाँकी खेल गुमाउन सक्ने

म्यानचेस्टर (एजेन्सी)– युरोपा लिगको क्वार्टरफाइनलको दोस्रो लेगमा चोट लागेका म्यानचेस्टर युनाइटेडका ज्लाटन इब्राहिमोभिचले सिजनका बाँकी खेल गुमाउने सम्भावना बढेको छ । एन्डरलेकसँग बिहीबार भएको खेलको थप समयमा इब्राहिमोभिचको घुँडामा चोट लागे थियो । चोट जोखिमपूर्ण नभएको अनुमान लगाएका युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले आफुले सोचेभन्दा इब्राहिमोभिचको अवस्था चिन्ताजनक रहेको बताएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) […]

Rabin Shrestha

April 21, 2017

रविनले घुँडाको शल्यक्रिया गराए, कम्तिमा सात महिना मैदान बाहिर

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर रविन श्रेष्ठले हिजो घुँडाको चोटको शल्यक्रिया गरेका छन्। चैत १५ गते फिलिपिन्सविरुद्ध एसियन कप छनोट चरणअन्तर्गत समूहको पहिलो खेलका दौरान उनको घुँडामा चोट लागेको थियो ।  मेडिकल भाषामा ए.सी.एल. च्यातिएको भनिने सो भाग फुटबलमा भैरहने घुँडाको चोट हो| शल्यक्रियासंगै रविनले कम्तिमा सात महिना आराम गर्नुपर्नेछ। गत महिना फिलिपिन्स […]

Success

Thank you for your time.