default_image

फुटबल

May 19, 2017

ललित स्मृति यू-१८ प्रतियोगिताको समुह बिभाजन सम्पन्न

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको आयोजनामा हुने ललित स्मृति यू-१८ फुटबल प्रत्तियोगिता २०७४को आज एक कार्यक्रम बीच समूह बिभाजन गरिएको छ। १६ टोलीले भाग लिने यस प्रतियोगितामा थ्री स्टारको उपस्थिति रहेने छैन। जेठ १३ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल जेठ २९ गते हुनेछ। रुस्लान थ्री स्टार क्लबका अध्यक्ष एवं एन्फाका कार्यवाहक अध्यक्ष रहेका […]

May 19, 2017

थ्री स्टारले ललित स्मृति पनि नखेल्ने

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघसँगको विवादका कारण लामो समयदेखि फुटबल गतिविधिबाट टाढिंदै आएको रुस्लान थ्री स्टार क्लबले ललित स्मृति यू-१८ फुटबल प्रतियोगितामा पनि सहभागिता नजनाउने भएको छ। आज एन्फा कम्प्लेक्समा एक कार्यक्रमबिच जारि गरिएको टाईसिट ड्रमा थ्री स्टारको उपस्थिति रहेको थिएन। १६ टोलीले भाग लिने यस प्रतियोगिता जेठ १३ गतेदेखि सुरु हुने […]

May 19, 2017

फुटबल टोलीको बिदाई

काठमाडौँ (हाम्रो खेलकुद) – मलेसिया र नेपालको महिला राष्ट्रिय टोली बीचको मैत्रीपूर्ण खेलमा सहभागी हुन मलेसिया प्रस्थान गर्न लागेको नेपाली टोलीलाई एन्फाले शुक्रबार बिदाई गरेको छ। मलेसियाको सबाह स्टेटको कोटा किनाब्लुमा यहि जेठ ८ र १० गते आयोजना हुने खेलमा सहभागी हुन २८ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो। २० खेलाडी र […]

May 19, 2017

लेस्टरको लज्जास्पद हारमा केनको ४ गोल

एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत बिहिबार रातीको खेलमा स्चार फर्वार्ड ह्यारी केन एक्लैले ४ गोल गरेपछि टोटेनहम हट्सपरले साविक विजेता लेष्टर सिटीलाई ६-१ले पराजित गरेको छ। आजको खेलसँगै यस सिजन प्रिमियर लिगकै सर्वाधिक गोलकर्ताको सुचिमा शीर्षस्थानमा पुगेका केनले पहिलो हाफमा १ र दोश्रो हाफमा ३ गोल गरेका थिए। टोटेनहमको अन्य २ गोल भने सन […]

May 18, 2017

युभेन्टसलाई लगातार तेश्रो कोप्पा इटालीया

रोम (एजेन्सी) – इटालीयन महारथी युभेन्टसले बुधबार रातीको फाइनल खेलमा लाजियोलाई २-०ले पराजित गर्दै कोप्पा इटालीयाको उपाधि लगातार तेश्रो पटक जितेको छ। ड्यानी आल्भेसको १२औं मिनेटको उत्कृष्ट भली गोलसँगै अग्रता लिएको युभेन्टसले २४औं मिनेटमा अग्रता दोब्बर पारेको थियो। लियोनार्डो बोनुचीले गरेको उक्त गोल निर्णायक सावित भएपछि युभोन्टसले उपाधि जितेको हो। लिगको शीर्ष स्थानमा रहेको युभेन्टस […]

May 18, 2017

रियल म्याड्रीड उपाधि नजिक

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार भएको खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-१ले पराजित गर्दै बार्सिलोनासंग ३ अंकको अग्रता कायम गरेको छ। सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडले खेलको १०औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलले अग्रता लिएको थियो। पहिलो हाफमा १-०को अग्रता बनाएको म्याड्रिडले दोश्रो हाफमा ३ गोल थपेको थियो। दोश्रो हाफको सुरुवातमा […]

May 17, 2017

राष्ट्रिय टोलीको प्रशिक्षण [फोटोफिचर]

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत यमन विरुद्धको खेलको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली हाल प्रशिक्षणमा व्यस्त छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा मुख्य प्रशिक्षक ग्योतोकु कोजीले प्रशिक्षण दिइरहेका छन्। नेपाली टोलीले जुन १३ तारिखमा यमन संग खेल्नुअघि भारतसंग जुन ६ तारिखमा मैत्रीपूर्ण खेल पनि खेल्दैछ। बुधबारको प्रशिक्षणका केहि […]

May 17, 2017

रियल र सेल्टा आज भिड्दै

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार हुने खेलमा रियल म्याड्रिडले सेल्टा भिगोको मैदानमा आफ्नो लिगको ३७औं खेल खेल्दैछ। समान अंक बोकेको बार्सिलोनालाई लिगको शीर्षस्थानमा उछिन्ने दाउमा रहेको म्याड्रिडले यस खेल जितेमा लिगको अन्तिम खेलमा बराबरीमात्र गरेपनि लिग उपाधि जित्नेछ। गतसाता युरोपा लिगको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएसँगै सेल्टाले आफ्ना महत्त्वपूर्ण खेलाडीहरुलाई लिग खेलमा विश्राम […]

May 17, 2017

लेबनानसँगको खेल रद्द भएपछि भारतले नेपाल रोज्यो

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी जुन ६ तारिखमा मुम्बईस्थित अँधेरी स्पोर्ट्स कम्प्लेक्समा भारतको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ।  भारतले जुन ७ तारिखमा लेबनानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएपनि भारत सरकारले लेबनानका खेलाडीहरुलाई ‘अन अराइभल’ भिसा दिन नमानेपछि अल इन्डिया फुटबल फेडेरेसन (ए.आइ.इफ.एफ)ले नेपाललाई मैत्रीपूर्ण खेलको निम्तो दिएको थियो। […]

May 17, 2017

नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले यहि जुन ६ तारिखमा भारतको राष्ट्रिय टोलीसंग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। मुम्बईमा खेलिने खेल दुवै टोलीका लागि एसियन कप २०१९को छनोट खेलको राम्रो तयारी हुनेछ। अल इन्डिया फूटबल फेडेरेसनको निम्तोमा उक्त खेल आयोजना हुन लागेको हो। नेपालले जुन १३मा एसियन कप २०१९को छनोट चरणको दोर्सो खेलमा यमनको सामना […]

Success

Thank you for your time.