default_image

फुटबल

June 9, 2017

रियल म्याड्रिडको प्रशिक्षण क्याम्प सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस् टुर्स प्रालि र स्पेनिस फुटबल टोली रियल मड्रिड अन्तर्गतको रियल म्याड्रिड रियल मड्रिड फाउन्डेसनको संयुक्त आयोजनामा भएको रियल म्याड्रिड यु–१८ फुटबल प्रशिक्षण आज सम्पन्न भएको छ। कुल ६५ खेलाडी सम्मिलित ५ दिने प्रशिक्षण कार्यक्रम चोभारस्थित मोडर्न इन्डियन स्कुलको खेलमैदानमा आयोजना भएको थियो। पाँचदिने प्रशिक्षण क्याम्पमा १२ औं […]

June 9, 2017

ब्राजिल र अर्जेन्टिना भिड्दै

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज दक्षिण अमेरिकी फुटबलका दुई ठुला टोली ब्राजिल र अर्जेन्टिना आमनेसामने हुँदैछन्। अष्ट्रेलियामा हुने उक्त खेलमा ब्राजिलले आफ्ना केहि महत्त्वपूर्ण खेलाडीलाई विश्राम दिएको छ। नेपाली समयानुसार दिनको ३ बजे सुरु हुने खेलमा अर्जेन्टिनाको कप्तानी लियोनल मेस्सीले गर्नेछन् भने ब्राजिलको कप्तानीको जिम्मा फिलिप कुटिन्होले पाएका छन्। अर्जेन्टिनाका लागि प्रशिक्षक जोर्गे साम्पाओलीको […]

June 9, 2017

इब्राहिमोभिचसँग नयाँ सम्झौता गर्न युनाइटेड अनिच्छुक

लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले फरवार्ड ज्लाटान इब्राहिमोभिचसँग अर्को सिजनका लागि सम्झौता थप्न नचाहेपनि उनका लागि एउटा विकल्प भने राखिएको बताएको छ । एक बर्षको सम्झौतामा गत सिजन युनाइटेडमा आबद्ध इब्राहिमोभिचलाई विकल्पका रुपमा अर्को एक बर्षको सम्झौताको प्रस्ताव दिन सकिने सम्भावना रहेको श्रोतहरुले बताएका छन् । क्लबसँको उनको पुराना सम्झौता अब एक महिना बाँकी छ । […]

June 8, 2017

बागलुङ लिगमा चिल्ड्रेन लाइफको ८ गोल

अर्जुन कार्की बागलुङ – बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिताको तेस्रो दिन बिहीबार रस आवर फुटसल, फ्युचर स्पोर्टस् क्लब र चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब विजयी भएका छन् । रस आवरले मुलपानी खेलकुद विकास समितिलाई २–१, फ्युचरले पावर फिटनेस क्लबलाई र चिल्ड्रेन लाइफले युनिक स्पोर्टस क्लबलाई ८–० ले हराएको थियो । जिल्लाको बाङ्गेचौर खेलमैदानमा भएको समूह ‘ख’ […]

June 8, 2017

आर्मी र फ्रेन्ड्स ललित स्मृति यू १८ को सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब दोस्रो ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार आर्मीले सरस्वती क्लबलाई ५–० र फ्रेन्ड्सले एपिएफलाई ३–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् । रोमाञ्चक खेलमा एपिएफसँग २–० ले पछि परेको खेल उल्टाउँदै फ्रेन्ड्स अघि बढ्न सफल […]

June 8, 2017

कोष्टाले अर्को सिजन चेल्सी छाड्ने पक्का

एजेन्सी – गत सिजन प्रिमियर लिग उपाधि जित्दा चेल्सीका सर्वाधिक गोलकर्ता रहेका स्पेनिश फरवार्ड डिएगो कोष्टाले अर्को सिजन क्लब छाड्ने भएका छन्। चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले कोष्टालाई व्यक्तिगत सन्देशमार्फत अर्को सिजन उनि प्रशिक्षकको योजनामा नरहेको बताएका छन्। कोष्टाले प्रशिक्षक कोन्टेले उनलाई क्लब छाड्न खुला छाडेको जानकारी दिए। कोष्टाले चेल्सीका लागि गत सिजन २२ गोल गरेका […]

June 8, 2017

जगजित सनसाइन छोडेर नुनावडिङमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– अस्ट्रेलियामा व्यवसायिक फुटबल खेलाडी रहेका नेपाली मिडफिल्डर जगजित श्रेष्ठ नुनावडिङ सिटी एफसीमा आबद्ध भएका छन् । गत माघमा एनपिएलको अर्को टोली सनसाइन क्रस एफसीमा आबद्ध भएका जगजित हिजो नयाँ क्लब नुनावडिङमा आबद्ध भएका हुन् । अब उनी बाँकी सिजन अक्टोबर सम्म त्यस क्लबमा रहनेछन् । ट्रान्फर विन्डोको अन्तिम दिन बुधबार नयाँ क्लबमा […]

James

June 7, 2017

रोनाल्डो सर्वाधिक कमाउने खेलाडी

फर्ब्स – अमेरिकन बिजनेस म्यागजिन फर्ब्सले सार्वजनिक गरेको ‘बिश्वको सर्वाधिक कमाउने खेलाडी’ सुचीमा रियल म्याड्रिड फरवार्ड क्रिस्टियानो रोनाल्डो पहिलो स्थानमा रहेका छन् । बास्केटबल खेलाडी लेब्रन जेम्स भन्दा धेरै कमाउदै रोनाल्डोले पहिलो स्थान पक्का गरेका हुन् । फर्ब्सको अनुसार उनको कमाई बार्षिक ७१.८ मिलियन पाउण्ड छ । रोनाल्डो भन्दा अघि गल्फर टाइगर वुड्स र बक्सर फ्लोइड […]

Hazard

June 7, 2017

हाजार्डले दिए रियलबाट खेल्न चाहेको संकेत

बेल्जियम (एजेन्सी)– चेल्सीका मिडफिल्डर इडेन हाजार्डले रियल म्याड्रिडबाट कुनै प्रस्ताव आएमा त्यस बारे आफुले विचार गर्न तयार रहेको बताएका छन् । चेल्सीलाई यो सिजन प्रिमियर लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका हाजार्डको नाम धेरै अघिदेखि रियलसँग जोडिदै आएपनि यसपटक भने उनले रियलबाट खेल्न चाहेको संकेत गरेका छन् । रियलबाट खेल्न सक्ने सम्भावनाको बारेमा चर्चा […]

June 7, 2017

यमनसँग खेलका लागि बिहिबारदेखिनै प्रशिक्षण सुरु हुने

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले यमन विरुद्ध हुने एएफसी एसियन कपको छनोट चरणको दोश्रो खेलका लागि बिहिबारबाट प्रशिक्षण सुचारु गर्ने भएको छ। मंगलबार साँझ ७:१५ बजे भारतविरुद्ध मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली बुधबार रातको ८:४५ बजे नेपाल आइपुगेको थियो। प्रशिक्षक ग्योतोकु कोजिले बिहिबार टोलीले हल्का अभ्यास गर्ने र शुक्रबार देखि पूर्ण रुपमा […]

Success

Thank you for your time.