default_image

फुटबल

June 10, 2017

विश्वकप छनोटमा बेल्जियमको अपराजित यात्रा कायमै

एजेन्सी – फिफा विश्वकप  २०१८को छनोट चरण अन्तर्गत शुक्रबार भएको समूह ‘एच’ अन्तर्गतको खेलमा इस्टोनियालाई २-०ले पराजित गर्दै बेल्जियमले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। प्पहिलो हाफको ३१औं मिनेटमा ड्रिज मर्टेन्सको गोलसँगै बेल्जियम खेलमा अगाडी बढेको थियो। पछिल्लो खेलमा ग्रिससँग १-१को बराबरी खेलेको बेल्जियमका लागि ८६औं मिनेटमा नासेर चाड्लीले गोल गर्दै जित पक्का गरेका थिए। […]

June 10, 2017

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

एजेन्सी – फिफा विश्वकप  २०१८को छनोट चरण अन्तर्गत शुक्रबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा पोर्चुगलले लाटभियालाई ३-०ले पराजित गरेको छ। निकै प्रतिस्पर्धात्मक पहिलो हाफको ४१औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। दोश्रो हाफको ६३औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै रोनाल्डोले पोर्चुगलको अग्रता दोब्बर पारे। यो उनको जारी विश्वकप छनोटको […]

June 9, 2017

टोखा र चन्द्रागिरी काठमाडौं अन्तर नगर कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– टोखा र चन्द्रागिरी नगरपालिका प्रथम काठमाडौं अन्तर नगर कप नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको सेमिफाइनलमा टोखाले नागार्जुन नगरपालिकालाई २–१ र चन्द्रागिरीले कीर्तिपुरनगर पालिका लागि टाइब्रेकरमा ४–१ ले हराउँदै फाइनलमा भेट पक्का गरेका हुन् । टोखालाई जित दिलाउन आशिष श्रेष्ठ र साजन श्रेष्ठले गोल […]

Brasil Global Tour - Brazil v Argentina

June 9, 2017

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई हरायो

मेलबर्न (एजेन्सी) – अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदान (एमसीजी) मा भएको मैत्रीपुर्ण फुटबल खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले हराएको छ । करिब ९५ हजार भन्दा बढी दर्शकको सामु भएको खेलमा एकमात्र गोल ग्याब्रियल मेर्काडोले गरे। पहिलो हाफको अन्त्य अघि सेभिल्लाका डिफेन्डर मेर्काडोले ओटामेन्डीको हेडर बारमा लागेर फर्किएको अवस्थामा बललाई सहजै गोलमा परिणत गरेका थिए । नेयमारको अनुपस्थितीमा […]

June 9, 2017

पुलिस र संकटा सेमिफाइनलमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लब र सिएमजी क्लब संकटा दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई ३–२ को गोल अन्तरमा पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो । पुलिसले फाइनल प्रवेशका लागि अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबको […]

ANFA Complex, Satdobato [एन्फा कम्प्लेक्स सातदोबाटो]

June 9, 2017

ताप्लेजुङलाई महिला लिगको उपाधि

काठमाडौँ (हाम्रो खेलकुद) – रौतहटलाई फाइनल खेलमा पराजित गर्दै ताप्लेजुङले एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४को उपाधि जितेको छ। अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा आज भएको फाईनल खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले रौतहट महिला फुटबल […]

default_image

June 9, 2017

विदित रियल म्याड्रिडका लागि छनोट

काठमाडौँ (हाम्रो खेलकुद) – शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस् टुर्स प्रालि र स्पेनिस फुटबल टोली रियल मड्रिड अन्तर्गतको रियल म्याड्रिड रियल मड्रिड फाउन्डेसनको संयुक्त आयोजनामा भएको रियल म्याड्रिड यु–१८ फुटबल प्रशिक्षणबाट प्रशिक्षकले उत्कृष्ट खेलाडी विदित मान तुलाधरलाई सिंगापुरस्थित रियल म्याड्रिड फाउन्डेसनमा प्रशिक्षणका लागि छनोट गरेका छन्। कुल ६५ खेलाडी सम्मिलित ५ दिने प्रशिक्षण कार्यक्रम चोभारस्थित मोडर्न इन्डियन […]

June 9, 2017

चिल्ड्रेन लाइफ र रुद्रेपिपल बागलुङ लिगको सेमिफाइनलमा

अर्जुन कार्की बागलुङ – चिल्ड्रेन  लाइफ स्पोर्टस् क्लब र रुद्रेपिपल युवा क्लब बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । चिल्ड्रने लाइफ विजेता र रुद्रेपिपल उपविजेताका समूह ‘क’ बाट अन्तिम चारमा पुगेका हुन् । जिल्लाको बाङ्गेचौर खेलमैदानमा शुक्रबार भएको समुह ‘क’ को अन्तिम खेलमा रुद्रेपिपलले बागलुङ खेलकुद क्लबलाई ४–२ ले हराउँदै सेमिफाइनल पुग्न सफल […]

June 9, 2017

कसरी किन्ने यमन विरुद्धको खेलको टिकट?

काठमाडौँ (हाम्रो खेलकुद) – एन्फाले यमनविरुद्धको खेलका बेच्ने भनिएको सात सय टिकट इसेवा मार्फत बेच्ने आज एक कार्यक्रम मार्फत जानकारी दिएको छ। १ हजार रुपैयाँ तोकिएको टिकट किन्ने प्रक्रिया निम्न रुपमा रहेको छ: १. टिकट इसेवाको खाता भएका समर्थकहरुले https://football.esewa.com.np/ मा गएर खरिद गर्न सक्नुहुनेछ। यदि आफूसँग इसेवा खाता छैन भने नजिकको इसेवा एजेन्टमार्फत पनि […]

June 9, 2017

यमनसँगको खेलको ७०० टिकट अनलाइनबाट बिक्रि हुने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्र्तगत घरेलु मैदानमा मंगलबार यमनविरुद्धको खेलको सम्पूर्ण टिकट अनलाइनबाट बित्री हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । अनलाइन टिकटको जिम्मा इ–सेवाले लिएको एन्फाले मंगलबार जनाकारी गरायो । एन्फाले यमनविरुद्धको खेलका लागि जम्मा सात सय टिकट बेच्ने यसअघि नै बताएको थियो । टिकटको मुल्य १ हजार […]

Success

Thank you for your time.