June 19, 2017
एजेन्सी – फुटबलमा सिजनको समाप्तिसँगै सुरु हुने ‘ट्रान्सफर विन्डो’ ले अहिले क्लब विश्व फुटबलको माहोल तातेको छ। केहि क्लबहरुले खेलाडीहरु भित्र्याई सकेका छन् भने केहि प्रक्रियामा छन्। फुटबलका समर्थकहरु भने खेलाडीसँग आफ्नो क्लब जोडिएको समाचारमा रमाउदै छन् भने कतिपय खेलाडीहरु नयाँ क्लब र नयाँ चुनौतीको खोजिमा छन् । कतिपय फुटबल प्रेमीहरु ट्रान्सफर हुने प्रक्रियाका बारेमा […]
June 19, 2017
एजेन्सी – अन्तर्राष्ट्रिय फुटबल महासंघ (आईफएएबी)को कानुन निर्माण बोर्डले ६० मिनेट समय फुटबल खेलका लागि पर्याप्त हुने भन्दै विश्व फुटबल महासंघ (फिफा)मा खेलको समय घटाउने प्रस्ताव पेस गरेको छ । फुटबलमा थ्रो इन, फ्रिकिक, कर्नर, गोलकिक सँगै खेलाडीहरु घाइतेहुँदाको समयलाई पनि खेल समयमै जोडिने गरिएको छ। बास्केटबल, हक्की जस्ता खेलमा भने यसरि खेल रोकिंदा समय पनि रोकिने […]
June 19, 2017
बेसिक्टास (एजेन्सी)- सर्बियाका ३२ बर्षीय रक्षक डुस्को तोसिचले पछिल्लो अन्तर्वार्तामा रोनाल्डो र मेस्सी टर्किस च्याम्पियन बेसिक्टासको टिममा स्थान बनाउन नसक्ने बताएका छन्। टर्किस मिडियाहरुमा रोनाल्डो टर्की आउनसक्ने हल्ला चलिरहेको छ। बेसिक्टासका रक्षक तोसिचले आफ्नो टोलीको सन्तुलन एकदमै राम्रो रहेको तथा मेस्सी र रोनाल्डोसंग आफ्नो टोलिका कोहि साथीसंग स्थान साट्न नमिल्ने बताए। तोसिचले आफु रोनाल्डोको खेल हेरेर कहिले […]
June 19, 2017
दिपक बोहोरा (फिदिम)– एक समय बलियो टोलीको छवि बनाएको पाँचथरको महिला फुटबल पछिल्ला दिनमा भने कमजोर हुँदै गएको छ । जिल्लाहरु कमजोर हुँदै जाँदा नेपालको महिला फुटबल विभागिय टोलीले थेगेको छ भन्दा फरक पर्दैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा जिल्लाका टोलीहरुको सहभागिता औपचारिकता निर्वाह गर्नका लागि मात्र हुने गरेको भन्दा […]
June 19, 2017
नेपालको महिला फुटबलमा लक्ष्मी कुमारी पौडेल चिर परिचित नाम हो। राष्ट्रिय टोलीकि सदस्य समेत रहेकी लक्ष्मी सशस्त्र प्रहरी बल (एपीएफ)को फुटबल टोलीबाट व्यावसायिक फुटबल खेल्दै आएकी छिन्। कलिलो उमेरमै फुटबल समाएकी लक्ष्मीलाई १५ वर्षको उमेरमै एपीएफले करारमा लिएको थियो। १९ वर्षको कलिलो उमेरदेखि सशस्त्र प्रहरी बलको मिडफिल्डको कमान सम्हालेकी लक्ष्मीले घरेलु फुटबलमा जित्न बाँकी सायदै […]
June 19, 2017
म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो यहि समरमा पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्कन इच्छुक रहेको चर्चा सुरु भएको छ । रियल म्याड्रिडका फरवार्ड रोनाल्डोले स्पेन छोड्न चाहेको यसअघि नै सार्वजनिक भइसकेको छ । युनाइेडप्रति उनी भावनात्मक रुपमा नजिक भएकाले पनि उनी पुरानै क्लबमा फर्कने सम्भवना बढी रहेको बताइएको छ । युनाइडेले सन् २००९ मा रोनाल्डोलाई ८० मिलियन […]
June 19, 2017
एजेन्सी – फिफा कन्फेेडेरेसन कप अन्तर्गत आइतबार भएको दोश्रो खेलमा क्यामरुनलाई २-०ले पराजित गर्दै चिलीलो विजयी सुरुवात गरेको छ। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केहि अवसर पाएपनि सदुपयोग गर्न नसक्दा खेलको अधिकांश समय गोलरहित बराबरीमा अडेको थियो। तर ८२औं मिनेटमा आर्टुरो भिडालले चिलीका लागि गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको अन्तिम मिनेटमा एडुआर्डो भार्गासले गोल गरेपछि […]
June 18, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत भएको समूह ‘ए’को दोश्रो खेलमा पोर्चुगल र मेक्सिकोले २-२को बराबरी खेलेका छन्। खेलमा २ पटक अग्रता लिएको पोर्चुगलले सम्हालिएर खेल्न नसक्दा अंक बाँड्नु परेको हो। पहिलो हाफको ३६औं मिनेटमा रिकार्डो करेज्माले गोल गर्दै पोर्चुगललाई खेलमा अग्रता दिलाएका थिए। तर जाभिएर हर्नान्डेजले पहिलो हाफको ३ मिनेट समय बाँकी हुँदा बराबरी […]
June 18, 2017
पोखरा (हाम्रो खेलकुद)– स्पेनिस क्लब बार्सिलोनाका समर्थकहरुले गठन गरेको बार्सा नेपालले आज पोखरामा सरसफाई कार्यक्रम गरेको छ । ‘अग्रजलाई सम्मान युवालाई प्रोत्साहन, समाज सुधारमा बार्सा नेपाल पोखराको अभियान’ भन्ने मूल नारा तय गर्दै सामाजिक कार्यको थालनी गरेको बार्सा नेपालले पोखराको चिप्लेढुंगा र त्यस आसपासका क्षेत्र सरसफाई गरेको थियो । मानवाधिकार चोकबाट सुरू गरिएको सरसफाइ चिप्लेढुंगा, […]
June 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भरत खवास राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर हुन् । झन्डै एकदशक देखि राष्ट्रिय टोलीको सदस्य रहँदै आएका भरतका विषयमा उनका समर्थकलाई थोरबहुत जानकारी छ । तर, सबै समर्थकलाई उनका बारेमा थाहा नहुन पनि सक्छ । यस्तै समर्थकका माझमा लोकप्रिय खेलाडीका बारेमा थप जानकारी दिने उद्देश्यले हाम्रो खेलकुद डटकमले खेलाडीसँग प्रश्न सोध्ने र उनको […]