June 24, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङको क्लब ट्रस्ट एन्ड केयर (टिसी) फुटबल क्लबले माल्दिभ्सको धिवेही प्रिमियर लिग अन्तर्गत शुक्रबार रातीको खेलमा न्यु रेडीयन्टसँग ४-३को हार व्येहोरेको छ। आलु फसिरले २०औं मिनेटमा गोल गर्दै रेडीयन्टलाई अग्रता दिलाएका थिए भने हमजा मोहमदले ३४औं मिनेटमा अग्रता दोब्बर पारेका थिए। तर नाइज हुसेनले गोल गर्दै खेलमा […]
June 24, 2017
पोल्याण्ड (एजेन्सी) – पोल्याण्डमा जारी युरोपेली यू २१ च्याम्पियनसिप अन्तर्गतको समुह चरणको खेलमा स्पेनले सर्बियालाई १-०ले पराजित गरेको छ। लगातार तेस्रो जीत सँगै स्पेन समुह बिजेता हुदै सेमिफाइनल प्रवेश गरेको छ । स्पेनको जीतमा बार्सिलोनाका मिडफिल्डर डेनिस स्वारेजले खेलको निर्णायक गोल गरेका थिए । एक खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गरेको स्पेनले सुरुवात देखि […]
June 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)- अर्जेन्टिना र बार्सिलोनाका सुपरस्टार लियोन मेस्सी शनिबार ३० बर्ष पुग्दै छन् । उनको जन्मदिनको अवसर पारेर उनका ३० रोचक तथ्य हामीले तयार पारेका छौ । १. अंक ३० – मेस्सी ३० बर्ष पुग्दा उनको बार्सिलोनाको पहिलो खेलको स्मरण गर्दा ३० अंक निकै महत्वपूर्ण छ । उनले पहिलो खेलमा ३० नम्बर अंकित जर्सी […]
June 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– साउदी अरबमा रहेका नेपालीहरुले स्थापना गरेका दुई क्लबको संयुक्त आयोजनामा हुने न्यू अन्नपूर्ण एवंमु नेपाली ब्वाइज गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा नेपाली समुदायका ३० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । न्यू अन्नपूर्ण स्पोर्टस् क्लब र नेपाली ब्वाइज युथ क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगिता आइतबारदेखि तीन दिन बिहान ८ बजेदेखि राती ११ सम्म […]
June 23, 2017
सुबास हुमागाईं काठमाडौँ – अष्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटको नेसनल प्रिमियर लिगको पार्रामात्ता क्लबमा अनुबन्धित भएका २२ वर्षीय विवेक प्रताप पन्त सेन्टर डिफेन्डर हुन्। २०६९ सालको ‘ए’ डिभिजन लिगमा भक्तपुरे क्लब मध्यपुर युथ एसेसिएसनले पहिलो पटक शीर्ष श्रेणीको लिग खेल्दा विवेक टोलीका महत्त्वपूर्ण खेलाडी थिए। अघिल्लो सिजनमा मध्यपुर ‘बी’ डिभिजन लिगबाट बढुवा हुँदा विवेकको प्रदर्शन […]
June 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका फरवार्ड भरत खवास र पूर्व मिडफिल्डर राजु तामाङ आज अमेरिका प्रस्थान गरेका छन् । उनीहरु कतार एअरलाइन्सको ९:४५को उडानमा त्यस तर्फ प्रस्थान गरेका हुन्। नेपाल अमेरिका कन्भेन्सन फुटबल प्रतियोगितामा भाग लिन उनीहरु त्यसतर्फ गएका हुन् । प्रतियोगिताको पछिल्लो चरणको खेलहरुमा भरत र राजुले सहभागिता जनाउने छन्। कन्भेन्सका अध्यक्ष विश्व […]
June 23, 2017
रुस (एजेन्सी)– रुसमा जारी कन्फेडेरेसन कपमा जर्मनीसँगको बराबरीमा गोल गरेका एलेक्सिस स्यान्चेज चिलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । गए राती चिलीले जर्मनीसँग समूह चरणको खेलमा १–१ को बराबरी खेल्दा स्यान्चेचले नै पहिलो गोल गरेका थिए । उनले सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । राष्ट्रिय टोलीबाट त्यो उनको ३८ औं गोल […]
June 23, 2017
एजेन्सी – एएस मोनाको एवं फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका युवा स्टार किलियन बाप्पेलाई आफ्नो क्लबमा भित्र्याउन पेरिस सेन्ट जर्मनले विश्व कीर्तिमानी १ सय १९ मिलियन पाउण्डको प्रस्ताव राखेको छ। आर्सनल र रियल म्याड्रिडले पनि बाप्पेलाई आफ्नो क्लबमा ल्याउन चाहिरहेको अवस्थामा पिएसजीको यस प्रस्तावले दुवै युरोपेली महारथी माथि दबाव थपिएको छ। गत सिजन ४४ खेलमा २६ […]
June 23, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली यू १९ राष्ट्रिय टोलीका पूर्व खेलाडी विवेक प्रताप पन्तलाई अष्ट्रेलियाको न्यु साउथ वेल्सको नेसनल प्रिमियर लिगको टोली पार्रामात्ता फुटबल क्लबले अनुबन्धित गरेको छ। यसअघि अष्ट्रेलियाका अन्य क्लबबाट फुटबल खेलिरहेका विवेकलाई अष्ट्रेलियाको दोश्रो श्रेणीको लिगमा रहेको क्लबले रोजेको हो। उनले गत सिजन न्यु साउथ वेल्सको नेसनल प्रिमियर लिग ३ मा रहेको ग्लाड्सभिल […]
June 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका फरवार्ड भरत खवास र पूर्व मिडफिल्डर राजु तामाङ आज अमेरिका जाने भएका छन् । नेपाल अमेरिका कन्भेन्सन फुटबल प्रतियोगितामा भाग लिन उनीहरु त्यसतर्फ जान लागेका हन् । उनीहरु राती ९ बजे त्यसतर्फ प्रस्थान गर्नेछन। कन्भेन्सनका अध्यक्ष विश्व अधिकारीको निमन्त्रणामा अमेरिका जान लागेको भरतले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । जुन […]