September 23, 2017
साउथह्याम्पटन (एजेन्सी)– साउथह्याम्पटनलाई १–० ले हराउँदै म्यानचेस्टर युनाइटेडले यस सिजनको अपराजित यात्रालाई निरन्तरता दिएको छ । युनाइटेडका लागि निर्णायक गोल रोमेलु लुकाकुले गरे । पहिलो हाफको २० औँ मिनेटमा पोस्ट नजिकैबाट लुकाकुले गरेको प्रहारबाट गोलभएपछि युनाइटेडले अग्रता लिएको थियो । यो गोलसँगै लुकाकुले लुइस साहाको युनाइटेडका लागि पहिलो ६ खेलमा गोल गर्ने कीर्तिमानसँग बराबरी गरेका […]
September 23, 2017
अलाभा (एजेन्सी)– दोस्रो हाफमा अलाभेसको दुई प्रहार पोस्टमा लागेपछि रियल म्याड्रिड ला लिगामा अंक गुमाउनबाट जोगिएको छ । पहिलो हाफमा डेनियल सेबालोसले दुई गोल गरेपछि रियलले आज अलाभेसमाथि २–१ को जित हासिल गरेको छ । खेलको १० औं मिनेटमा गोल गर्दै सेबालोसले रियललाई अग्रता दिलाएपनि मानु गार्सियाले घरेलु टोलीलाई ४० औं मिनेटमा गोल गर्दै खेलमा […]
September 23, 2017
स्टोक (एजेन्सी) – रियल म्याड्रिडका पूर्व स्ट्राइकर अल्भारो मोराटाको गोलमा चेल्सीले स्टोक सिटीको ४–० को जित हासिल गरेको छ । चेल्सीले मोराटाको गोलमा खेलको सुरुआतमा अग्रता लिएको थियो । एचप्लीइक्वेटाको लामो पासलाई सदुपयोग गर्दै दोस्रो मिनेटमा नै मोराटाले गोल गरेका थिए । चोटमुक्त भएर फर्केका पेड्रो रोड्रिग्वेजले ३० औं मिनेटमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर […]
September 23, 2017
भद्रपुर (हाम्रो खेलकुद)– काकरभिट्टा फुटबल एकेडेमी झापा जिल्ला एकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रानी पुलिस क्लब विराटनगरलाई आज ४–१ ले हराउँदै काकरभिट्टा अन्तिम चारमा पुगेको हो । काकरभिट्टालाई जित दिलाउन खमिर गिल्सन कन्दङ्वाले २ तथा सानुका लिम्बु र सञ्जोक राईले समान १ गोल गरे । रानी पुलिसका लागि सुनिल यादवले गोल […]
September 23, 2017
जनम बराल झापा – विभागिय टोली नेपाल एपिएफ दुबोर्ग दुधे गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । रुपन्देही ११ लाई आज २–१ ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । अघिल्लो दिन मोरङ ११ सँग स्तब्ध हुँदै अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब प्रतियोगिताबाट बाहिरिएको थियो । एपिएफका लागि दुवै गोल युवराज खड्काले गरे । पहिलो […]
September 23, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा अपराजित रहेको म्यानचेस्टर युनाइटेड आज साउथह्याम्पटनको सामना गर्दै छ । ५ खेलमा १३ अंक सहित युनाइटेड अग्रस्थानमा छ भने ८ अंक सहित साउथह्याम्पटन नवौँ स्थानमा छ । मध्य सातामा बर्टनसँग टोलीमा ठुलो परिवर्तन गरेको युनाइटेडले आफ्नो नियमत टोली यस खेलमा खेलाउने छ । उनका खेलाडी पल पोग्बा लामो समयका लागि […]
September 23, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका ब्राजिलियन लेफ्ट ब्याक मार्सेलो चोटका कारण करिब एक महिना मैदान बाहिर हुनेछन । रातो कार्डका कारण एक खेल गुमाएका मार्सेलो मैदानमा फर्किएकै खेलमा बेटिसविरुद्ध चोट बोकेका थिए । रियल बेटिससँग पराजित हुँदा मार्सेलो ७१ औं मिनेटमा परिवर्तित भएका थिए । मार्सेलो रियलको आज एबारसँगको खेलमा उपलब्ध छैनन् । थप परिक्षणपछि उनको चोटको बारेमा थप […]
September 23, 2017
मोन्टपिलेर (एजेन्सी) – फ्रान्सेली लिग १ को शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) आज राति मोन्टपिलेरको सामना गर्दै छ । विश्वको सबैभन्दा महँगा खेलाडी रहेका नेयमारले भने यस खेल गुमाउने छन् । प्रशिक्षणका क्रममा हल्का चोट लागेका कारण नेयमारलाई टोलीमा नराखिएको हो । उनीजस्तै एन्जेल डि मारिया पनि टोलीमा समेटिएका छैनन् । दुवै खेलाडी […]
September 22, 2017
भद्रपुर (हाम्रो खेलकुद)– केर्खा स्टार फुटबल क्लब झापा जिल्ला ऐकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक चन्द्रगढी फुटबल एकेडेमीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै केर्खा अन्तिम चारमा पुगेको हो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएको खेलमा टाइब्रेकरमा केर्खा स्टार विजयी भएको थियो । चन्द्रगढीले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा पेनाल्टी सुटआउटमा […]
September 22, 2017
जुरिच (एजेन्सी) – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले यस वर्षको फिफा वर्ष खेलाडीको लागि अन्तिम तीन जनाको नाम सार्वजनिक गरेका छन् । फिफा मुख्यालय जुरिचमा शुक्रबार सार्वजनिक गरिएको वर्ष खेलाडीमा पोर्चुगल तथा रियल म्याड्रिडका फरवार्ड क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिना तथा बार्सिलोनाका लियोनेल मेस्सी र ब्राजिल तथा पिएसजीका नेयमार अन्तिम तीनको सुचीमा परेका छन् । फिफा […]