default_image

फुटबल

October 17, 2023

राष्ट्रिय टोलीबाट अमृतको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा फुटबल क्लबका डिफेन्डर अमृत श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । २६ वर्षीय सेन्टर डिफेन्डर अमृतले लाओसविरुद्ध फिफा विश्वकप २०२२ को छनोट अन्तर्गत पहिलो चरणको दोस्रो लेगमा डेब्युको अवसर पाएका हुन् । उनले खेलको अन्त्यतिर फरवार्ड जिलेस्पी जंग कार्कीको स्थान लिँदै सिनियर टोलीबाट पहिलो खेल खेले । […]

October 17, 2023

यस्तो छ नेपालको फिफा विश्वकप छनोट यात्रा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणमा लाओसलाई पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा लाओसमाथि समग्रमा २-१ को जित निकाल्दै नेपाल अघि बढेको हो । दशरथ रंगशालामा बिहीबार पहिलो लेग १-१ को बराबरीमा सकिएपछि आज भ्यानट्यानमा भएको दोस्रो लेगमा नेपाल १-० ले […]

October 17, 2023

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसको घरेलु मैदानमा जित निकाल्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको छ । मनिष डाँगीले दोस्रो हाफमा गरेको गोलको सहयोगमा नेपालले १-० को जित निकाल्दै दोस्रो चरणको यात्रा सुनिश्चित गर्यो । पहिलो लेगमा १-१ को बराबरी खेलेको नेपाल समग्रमा २-१ को जितका साथ अघि […]

October 17, 2023

कम्बोडियालाई स्तब्ध पार्दै पाकिस्तान दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरीयतामा माथि रहेको कम्बोडियालाई पराजित गर्दै पाकिस्तान पहिलो पटक फिफा विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । पाकिस्तानको राजधानी इस्लामाबादको जिन्नाह स्टेडियममा आज सम्पन्न दोस्रो लेगको खेलमा कम्बोडियालाई १–० ले हराउँदै पाकिस्तान दोस्रो चरणको छनोटमा प्रवेश गरेको हो । त्यसअघि कम्बोडियामा भएको पहिलो लेग ०-० मा सकिएको थियो । […]

October 17, 2023

नेपालको सुरुवाती ११ मा तीन परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो लेगको टोलीमा तीन परिवर्तनसहित फिफा विश्वकप एसियाली छनोट अन्तर्गतको प्लेअफको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध सुरुवाती-११ सार्वजनिक गरेको छ । डबल लेगको ढाँचामा खेलाइएको पहिलो चरणको दोस्रो खेल भ्यानट्यान स्थित राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार ५:४५ बजे सुरु हुनेछ । गत बिहिबार सम्पन्न पहिलो लेगको खेल दशरथ रंगशालामा १-१ को बराबरीमा सकिएको […]

October 17, 2023

शीर्षमा एक्लै बस्ने अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई आज इतिहास रच्ने मौका छ। फिफा विश्वकप छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज साँझ नेपाली समयअनुसार ५:४५ बजे लाओसको सामना गर्दै छ। नेपाली राष्ट्रिय टोली बाट सबै भन्दा धेरै गोल गर्ने सूचीको शीर्ष स्थानमा तीन जनाको नाम छ। हरी खड्का, निराजन रायमाझी […]

October 17, 2023

नेपालको लाओस विरुद्ध महत्वपूर्ण खेल आज

काठमाडौं (हाम्रोखेलकुद) – नेपाल र लाओस बीचको फिफा विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेग आज (मंगलबार ) हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे लाओसको राजधानी भ्येनट्यान स्थित लाओस राष्ट्रिय रंगशालामा सुरु हुने छ। काठमाडौंमा गत बिहिबार भएको पहिलो खेल १-१ को बराबरीमा टुंगिएको थियो। दोस्रो हाफमा अन्जन विष्टको‌ गोलमा नेपालको हार टरेको थियो। […]

October 17, 2023

२ जनाको हत्याका कारण बेल्जियम र स्वीडेनको खेल रद्द

एजेन्सी – ब्रसेल्समा २ जनाको गोली हानी हत्या भएपछि बेल्जियम र  स्वीडेनबीचको  युरो कप २०२४ को छनोट खेल रद्द भएको छ । सोमबार रातीको  छनोट अघि बेल्जियमको राजधानीको सडकमा घटना भएको थियो। मृतकहरूले स्वीडेन फुटबल टोलीको जर्सी लगाएका थिए । यद्दपी उनीहरू सोही खेल हेर्न जाँदै थिए वा थिएनन् भन्ने  पुष्टि भएको छैन। खेल स्थगित […]

October 17, 2023

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

एजेन्सी – युरोपेली च्याम्पियनसिप (युरो कप) छनोटमा सोमबार पोर्चुगलले फराकिलो अन्तरको जित दर्ता गरेको छ। पोर्चुगलले बोस्निया & हर्जेगोभिनालाई ५-० ले पराजित गरेको हो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोको २ गोल गर्दा जोआओ क्यान्सेलो, जोआओ फेलिक्स र ब्रुनो फर्नान्डेजको समान १ गोल रह्यो। सबै गोल पहिलो हाफमा भएका थिए। पोर्चुगलको खेलमा अग्रता पाचौं मिनेटमा आएको थियो। […]

October 16, 2023

‘पछिल्लो खेल निराशाजनक रह्यो’- कप्तान किरण

काठमाडौं (हाम्रो खेलकुद) –नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले लाओस विरुद्धको पहिलो खेलमा नेपालले धेरै स साना गल्ती गरेको बताएका छन् । फिफा विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेगको अघिल्लो दिन सोमबार पत्रकार सम्मेलनमा उनले नेपालले मंगलबार हुने खेल जित हासिल गर्ने लक्ष्य राखेको बताएका छन् । ‘पछिल्लो खेल निकै निराशाजनक रह्यो। हामीले पहिलो […]

Success

Thank you for your time.