default_image

फुटबल

December 12, 2017

माल्दिभ्समा किरण उत्कृष्ट विदेशी खेलाडीको मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय फुटबल टोलीका किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्डअन्तर्गत उत्कृष्ट विदेशी खेलाडीको मनोनयनमा परेका छन् । मनोनयनमा ५ विदेशी खेलाडी रहेका छन् । टिसी स्पोर्टसका किरणसँगै स्टेवार्ट कोर्निलोस, न्यू रेडियन्ट स्पोर्टस् क्लबका गालार्डो भाल्डेस एड्रियन र रियुज पाज एन्जल लुइस र क्लब ग्रिन स्ट्रिर्सका सोबोल इला मनोनयनमा परेका छन् । माल्दिभ्स फुटबल […]

Messi Ronaldo

December 12, 2017

‘मेस्सीको छायाँमा रोनाल्डो’

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका इभान राकिटिक क्रिस्टियानो रोनाल्डोलाई भन्दा टोलीका सहकर्मी लियोना मेस्सीलाई इतिहासकै उत्कृष्ट खेलाडी मान्दछन् । रोनाल्डोले गत साता बालोन डी’ ओर उपाधि पाँचौं पटक जित्दै मेस्सीको कीर्तिमानीसँग बराबरी गरेपछि राकिटिकको यस्तो भनाई आएको हो । सन् २००८ यता मेस्सी र रोनाल्डोले मात्र बालोन डी’ ओर जित्दै आएका छन् । तर, राकिटिक एकै समयमा […]

December 11, 2017

‘रोनाल्डोको रफ्तारले निरन्तरता पाउने आशा छ’ – जिदान

म्यड्रिड (एजेन्सी)– रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गए राति २ गोल गरेपछि क्लबका सुपर स्टार क्रिस्टियानो रोनाल्डोको तारिफ गर्दै यो साता उनका लागि सुखद रहेको बताएका छन् । घरेलु लिगमा पोर्चुगिज स्टार रोनाल्डोले राम्रो सुरुआत गर्न सकेका थिएनन् । उनले गए रातीको खेलअघि ला लिगमा २ गोलमात्र गर्न सकेका थिए । यद्दपी उनको क्षमतामा जिदानलाई […]

December 11, 2017

फादर मोरान आमन्त्रण फुटबल सुरु, पहिलो दिन ३ खेल

काठमाडौं (हाम्रो खेलकुद)– सेन्ट जेभियर्स स्कुल गोदावरीको आयोजनामा आज सुरु भएको २२ औं फादर मोरान मेमोरियल आमन्त्रण फुटबल प्रतियोगितामा ललितपुरको लिटिल एन्जल्स, आयोजकको ए टोली र नेपाल डन बस्को स्कुल विजयी भएका छन् । पहिलो खेलमा लिटिल एन्जल्सले सेन्ट जेभियर्स जावलाखेल एलाई ४–३ ले हराएको छ । विजयी टोलीका लागि भारगव सिलवालले २ तथा सम्राट […]

December 11, 2017

मनाङ दुवही गोल्ड कपको सेमिफाइनल, सुजलको २ गोल

खनेन्द्र कुमार राई (अर्जुन) बेलबारी – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी सुनसरीको दुहवीमा जारी दोश्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगिेको छ । आयोजक एलेभन एरोज क्लबमाथि आज ५–२ को जित हासिल गर्दै मनाङ अन्तिम चारमा पुगेको हो । टोलीको जितमा सुजल श्रेष्ठले २ गोल तथा कप्तान अनिल गुरुङ, अफ्रिकिन खेलाडी पोटरिक, सुजल श्रेष्ठ, विशाल […]

December 11, 2017

च्याम्पियन्स लिग अन्तिम १६ को ‘ड्र’ सार्वजनिक, पिएसजी र रियल म्याड्रिड भिड्ने

न्योम (एजेन्सी) – युएफा च्याम्पियन्स लिगको अन्तिम १६ चरणको ड्र सार्वजनिक भएको छ । यस अन्तर्गत दुई उपाधि दाबेदार मानिएका टोली पेरिस सेन्ट जर्मन (पिएसजी) र रियल म्याड्रिड एक आपसमा भिड्ने छन् ।   अन्य महत्त्वपूर्ण खेलहरुमा बार्सिलोना र चेल्सी भिड्दै छन् । त्यस्तै युभेन्टस र इङ्ग्लिस क्लब टोटनह्यामको भिडन्त पनि हेर्न लायक हुने छ ।त्यस्तै […]

December 11, 2017

कम्पनीको भर पर्न मिल्दैन: पेप ग्वार्डिओला

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा गए राति म्यानचेस्टर सिटीले प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडलाई २-१ ले हरायो । तर सो जितमा टोलीका कप्तान भिन्सेन्ट कम्पनी फेरि घाइते हुने पुगे । चोटबाट फर्किएका कम्पनीलाई हिजोको खेलमा हाफ टाइममा परिवर्तन गरिएको थियो । दुई वर्ष देखि विभिन्न चोटहरुसँग जुधिरहेका कम्पनी फेरि लामो समयका लागि घाइते भएको अनुमान गरिएको छ । […]

derby

December 11, 2017

म्यानचेस्टर डर्बी पछि ड्रेसिङ्ग रुममा झडप , भनाभन देखि हानाहान सम्म

म्यानचेस्टर (एजेन्सी)– प्रिमियर लिगमा गए राति म्यानचेस्टर सिटीले सहरी प्रतिद्वन्द्वि म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराएपछि ड्रेसिङ्ग रुममा दुई पक्षबीच झगडा भएको छ । श्रोतका अनुसार युनाइटेडका प्रशिक्षक जोसे माउरिन्हो र सिटीका गोल किपर एडर्सनबीच भनाभन भएपछि माउरिन्होमाथि दुध र पानी फालिएको थियो । जितपछि सिटीका खेलाडीहरुले ड्रेसिङ्ग रुममा ठूलो आवाजमा संगित बजाउँदै खुसी मनाएका थिए […]

December 11, 2017

बार्सिलोनाको जितमा मेस्सी र स्वारेजको गोल

भिलारियल (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा तालिकाको अग्रस्थानमा रहेको बार्सिलोनाले भिलारियललाई २-० ले हराएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरेका थिए । यस सिजन लिगमा अपराजित रहेको बार्सिलोनाले पहिलो हाफमा भिलारियलको डिफेन्सलाई तोड्न सकेन । तर घरेलु टोलीको मिडफिल्डर राबाले रातो कार्ड खाँदै मैदान छाडेपछि बार्सिलोनाले त्यसको फाइदा […]

December 11, 2017

युनाइटेड विरुद्ध सिटी विजयी, अग्रस्थानमा ११ अंकले अगाडि

म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा म्यानचेस्टर सिटीले प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडलाई २-१ ले हराएको छ । सिटीका लागि डिफेन्डर निकोलस ओटामेन्डिले निर्णायक गोल गरेका थिए । खेलको ४३ औं मिनेटमा डेभिड सिल्भाको गोलमार्फत सिटी खेलमा अग्रता लिन सफल भएको थियो । तर त्यसको ५ मिनेटमै युनाइटेडले एक गोल फर्काउँदै खेल बराबरी बनाएको थियो । […]

Success

Thank you for your time.