December 13, 2017
बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले आज दोस्रो मनमोहन स्मृति दुवही गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा चर्च ब्वाइज काठमाडौंको सामना गर्दैछ । दुवही रंगशालामा खेल दिउँसो ३ः०० बजे सुरु हुने बताइएको छ । आजको विजेताले त्रिभुवन आर्मी क्लब वा अग्नी रुपन्देही ११ को विजेतासँग फाइनल खेल्नेछ । यो वर्ष एउटा […]
December 13, 2017
हडर्सफिल्ड (एजेन्सी) – साविक विजेता चेल्सीले गए राति प्रिमियर लिगमा हडर्सफिल्डलाई ३-१ ले हराएको छ । चेल्सीको जितमा मिडफिल्डर विलियन नायक सावित भए । खेलको २३ औं मिनेटमा विलियनको पासमा टेमो बाकायोकेले गोल गर्दै चेल्सीलाई खेलमा अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको अन्त्यतिर विलियन आफैंले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । दोस्रो […]
December 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर १ गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस् प्रेसिडेन्ट्स कपको फाइनलमा पुगेको छ । माजियालाई गए राति २–० ले हराउँदै टिसी स्पोर्टस् उपाधि नजिक पुगेको हो । शुक्रबार हुने फाइनलमा सिजनको सर्वाधिक सफल टोली न्यू रेडियन्टको सामना गर्नेछ । गए राति इसा इल्माग्रेबीको गोलमा टिसीले १२ […]
December 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली राष्ट्रबीच फुटबलमा सबैभन्दा ठूलो मानिएको साफ च्याम्पियनसिप अर्को वर्ष बंगलादेशमा आयोजना हुने भएको छ । च्याम्पियनसिप ढाकामा सेप्टेम्बर ५ देखि १५ सम्म आयोजना हुने साफले जनाएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हरेक दुई वर्षमा आयोजना हुने भनिएपनि यसपटक झन्डै एक वर्ष ढिला हुन लागेको हो । […]
December 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– सेन्ट जेभियर्स स्कुल गोदावरीको आयोजनामा जारी २२ औं फादर मोरान मेमोरियल आमन्त्रण फुटबल प्रतियोगितामा आज ललितपुर धापाखेलको जेम्स स्कुल, चोभारको मोर्डन इन्डियन स्कुल र धुलिखेलको काठमाडौं विश्व विद्यालय हाइस्कुल विजयी भएका छन् । जेम्सले विशंखु नारायणलाई ६–१ ले हरायो । जेम्सका लागि डोरमणी गिरी एक्लैले ४ गोल गरे भने अलिश वैद्य र […]
December 12, 2017
हडर्सफिल्ड (एजेन्सी) – प्रिमियर लिगमा आज राति साविक विजेता चेल्सीले हडर्सफिल्डको सामना गर्ने छ । हडर्सफिल्डको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार १.४५ बजे सुरु हुने छ । चेल्सीका लागि मुख्य स्ट्राइकर एल्भारो मोराटा घाइते भएका छन् । त्यसैले मिची ब्याटसुवायीले उनको स्थान लिने देखिन्छ । त्यस्तै मिडफिल्डर ड्यानी ड्रिन्कवाटर र डिफेन्डर डेभिड […]
December 12, 2017
बेलबारी (हाम्रो खेलकुद)– अग्नी रुपन्देही ११ दोस्रो मनामोहर स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई ३–० ले हराउँदै अन्तिम चारणमा पुगेको हो । रुपन्देही अब सेमिफाइनलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । लक्ष्मण जिसीले ४३ औं मिनेटमा आत्मघाती गोल गरेपछि रुपन्देहीले खेलमा अग्रता बनाएको […]
December 12, 2017
म्युनिख (एजेन्सी)– आयर्न रोबेन र फ्रान्क रिबेरीसँग उनीहरुको भविष्यले लिएर गम्भिर छलफल अघि बढाइएको बायर्न म्युनिखका अध्यक्ष कार्ल हेनिज रुमेनिगले बताएका छन् । रोबेन र रिबेरी दुवैको यो सिजनको अन्त्यसँगै क्लबसँगको सम्झौता टुंगिनेछ । रोबेनले चाँडै सन्यासको घोषणा गर्ने संकेत गरेका छन् भने रिबेरीले अझै ३/४ वर्ष खेलेर बायर्नबाटै सन्यास लिने योजना बनाएका छन् । […]
December 12, 2017
कोलकाता (एजेन्सी) – विश्व फुटबलका महान् खेलाडि डिएगो म्याराडोनाले भारतको कोलकातामा आफ्नो मूर्ति उद्घाटन गरेका छन् । सो मूर्तिमा म्याराडोनाले विश्वकपको ट्रफी उचालिरहेका छन् । फुटबलप्रेमीहरुका लागि चिनिने कोलकाता सहरमा एक कार्यक्रमबीच हिजो म्याराडोनाले आफैंले आफ्नो मूर्ति उद्घाटन गरेका थिए । तर म्याराडोनाको अनुहारसँग मूर्ति मेल नखाएको भन्दै सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा प्रशंसकहरुले आलोचना पनि […]
December 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्ड उत्कृष्ट गोलकिपरको मनोनयनमा परेका छन् । दोहोरो मनोनयनमा परेका किरण उत्कृष्ट विदेशी खेलाडीको मनोनयनमा परेका छन् । दुवैको मनोनयनमा ५ विदेशी खेलाडी रहेका छन् । आज सार्वजनिक गरिएको मनोनयनमा किरणसँगै उत्कृष्ट गोलकिपरको मनोनयनमा क्लब ग्रिन स्ट्रिर्सका जुन कोची, माजियाका मोहम्मद अल योसफ तथा […]