default_image

फुटबल

December 16, 2017

सुदुरपश्चिम ११ का दुवै टोली क्वाटरफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – सुदूरपश्चिम ११ स्पोर्टस क्लबका दुवै ए र बी टोली धनगढीमा जारी तेश्रो संस्करणको ग्यालेक्सी पबिलक स्कुल फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । आज भएका दुवै खेलमा जित हात पार्दै सुदूरपश्चिम ११ को ‘ए’ र ‘बी’ टीम अन्तिम आठमा पुगेका हुन् । धनगढी रंगशालामा सुदूपश्चिम ११ ए ले नेपाल […]

December 16, 2017

हेमजा युनाइटेड र आर टी विजयी

पोखरा (हाम्रो खेलकुद) – संगम कप फुटवल प्रतियोगिताको पहिलो दिन हेमजा युनाइटेड क्लब र आर टी सेन्टरले विजयी सुरुआत गरेका छन् । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा हेमजाले काजिपोखरी एफसीले ४–१ ले हराएको थियो । हेमजाको जितमा ईश्वर नेपालीले २, सुमन सुनार र अस्मित कुवंरले समान १ गोल गरे । काजिपोखरीका लागि हेमन्त तामाङले गोल […]

December 16, 2017

मोर्डन इन्डियन र क्रेस्सेन्ट फादार मोरान फुटबलको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– चोभारको मोडर्न इन्डियन स्कुल र गोदावरी क्रेस्सेन्ट एकेडेमी अंग्रेजी स्कुल २२ औं फादर मोरान मेमोरियल फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । सेन्ट जेभियर्स गोदवारीको आयोजनामा जारी प्रतियोगितामा आज बाडेगाँउको ज्वालाखदेवी विद्या मन्दिरलाई ३–२ ले हराउँदै मोर्डन इन्डियन अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो । विजयी टोलीका लागि रोजन बज्राचार्य, सबल महर्जन र […]

default_image

December 16, 2017

पहिलो खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१५महिला फुटबल प्रतियोगितामाको पहिलो खेलमा नेपालले आयोजक बंगलादेशको सामाना गर्दैछ । खेल नेपाली समय अनुसार दिउसो २ः१५ बजे ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम सुरु हुनेछ । आज भएको प्रिम्याच कन्फेरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक गंगा गुरुङले नेपालले डिफेन्समा ध्यान दिएको कारणले फाइनल पुग्ने बताएकी छन । यस्तै […]

December 16, 2017

आर्मीलाई हराउँदै मनाङले जित्यो वर्षको दोस्रो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – जारी दोस्रो मनमोहन स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगितामा मनाङले आर्मीलाई २-१ ले हराउँदै उपाधि आफ्नो नाममा पारेको हो । मनाङका लागि विमल राणाले निर्णायक गोल गरे । खेलको १६ औं मिनेटमा नवयुग श्रेष्ठले आर्मीका लागि गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यसको दश मिनेटमै मनाङका विशाल राईले गोल गर्दै […]

December 16, 2017

नेपाली महिला फुटबल फिफा वरियताको अहिले सम्मकै उच्च स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला फुटबल टोली फिफा वरियतामा तीन स्थान माथि उक्लदै ९१ औं स्थानमा पुगेको छ । डिसेम्बरका लागि फिफाले जारी गरेको वरियतामा नेपाल दक्षिण एसियाली राष्ट्रबीच दोस्रो स्थानमा रहेको छ । महिला फुटबलको वरियतामा सन् २००९ यता नेपालको यो उच्च वरियता हो । २००९ मा नेपाल ९२ औं स्थामा रहेको थियो । […]

December 16, 2017

गोलकिपर किरण स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभियन क्लब टिसी स्पोर्टस्सँगको एक वर्षे सम्झौता सकिएसँगै नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर १ गोलकिपर किरण चेम्जोङ आज स्वदेश फर्कदैछन् । नयाँ सम्झौताका विषयमा छलफल चलिरहेपनि सिजन ब्रेकसँगै किरण स्वदेश फर्कन लागेका हुन् । नयाँ सिजन जनवरीबाट मात्र सुरु हुने बताइएको छ । स्वदेश फर्कनु अघिल्लो राति किरणसम्मिलत टिसी स्पोर्टस् ले […]

December 16, 2017

मनाङ र आर्मीबीच २४ दिनमा तेस्रो फाइनल

बेलबारी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबीच २४ दिनमा तेस्रो नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भेट हुँदैछ । यी दुई टोली दोस्रो मनमोहन स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज प्रतिस्पर्धा हुँदैछ । अघिल्लो महिना भएको दुवै फाइनलमा आर्मीले बाजी मारेको थियो । मंसिर ७ गते सताक्षी गोल्ड कप […]

December 16, 2017

ब्रिसवेनमा सिम्रिक फुटबल क्लबको स्थापना

 अष्ट्रेलिया (हाम्रो खेलकुद)- अष्ट्रेलियामा नेपाली फुटबल क्लबहरुको संख्या गन्ने हो भने करिब दुई दर्जन नाघिसकेको छ। नेपालमा व्यवसायिक फुटबल खेलेर अष्ट्रेलिया आएकाहरु मात्र हैन आफ्नो नियमित दिनचर्याबाट केहि समय निकालेर फुटबल खेलमा निरन्तरता दिनेहरुको संख्या पनि ठुलै भइसकेको छ। चाहे व्यक्तिगत तनाव मुक्त गर्न होस् वा आफ्नो स्वास्थ्यको लाभका लागी समग्रमा नेपाली फुटबलले विभिन्न बहानामा […]

December 16, 2017

पिएसजी रेनेसको सामना गर्दै

रेनेस (एजेन्सी) – फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) आज छैठौं स्थानमा रहेको रेनेसको सामना गर्दै छ । रेनेसको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय रातिको ९.४५ बजे सुरु हुने छ । पिएसजीका लागि कप्तान थियागो सिल्भा घाइते छन् र उनी यस खेलमा नखेल्ने सम्भावना रहेको छ । त्यस्तै अड्रिन […]

Success

Thank you for your time.