December 18, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिश ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गए राति डेपोर्टिभोलाई ४-० ले हराएको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले र पौलिन्होले दुईदुई गोल गरेका थिए । खेलको २९ औं मिनेटमा लियोनल मेस्सीको पासमा स्वारेजले गोल गर्दै घरेलु टोलीको खाता खोलेका थिए । त्यस्तै पौलिन्होले ४१ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर […]
December 17, 2017
वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले वेस्ट ब्रोमलाई २-१ ले हराउँदै पूरा ३ अंक आफ्नो नाममा पारेको छ । म्यानचेस्टर युनाइटेडले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिन सफल भएको थियो । खेलको २७ औं मिनेटमा मार्कोस रासफोर्डको क्रसमा रोमेलु लुकाकुले गोल गरेका थिए । वेस्ट ब्रोम लुकाकुको पूर्व क्लब […]
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– झापा महेशपुरको मोरान मेमोरिअल स्कुल र लुभूको नेपाल डन बोस्को २२ औं फादर मोरान मेमोरियल फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । त्यस्तै लिटिल एन्जेल्स र सेन्ट जेभियर्स जावलाखेल पनि समूह एबाट अन्तिम आठमा पुगेका छन् । आज १–१ को बराबरी खेलेपछि मोरान समूह सीको विजेता र डन बास्को उपविजेता रुपमा अघिल्लो चरण […]
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले हारबाट साफ यु १५ महिला फुटबल प्रतियोगिताको यात्रा सुरु गरेको छ । बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल रंगशालामा नेपाली टोली आयोजकसँग ६–० को फराकिलो अन्तरमा पराजित भएको छ । तस्बिरहरु: नेपाल खेलकुद पत्रकार मञ्च
December 17, 2017
वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यान्चेसटर युनाइटेड आज साँझ वेस्ट ब्रोमको सामना गर्दै छ । वेस्ट ब्रोमको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार ८ बजे सुरु हुने छ । म्यानचेस्टर युनाइटेडका लागि मिडफिल्डर पल पोग्बा प्रतिबन्धित छन् । त्यस्तै माइकल क्यारिय र एरिक बाई पनि खेलमा सहभागि हुने छैनन् […]
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले हारबाट साफ यु १५ महिला फुटबल प्रतियोगिताको यात्रा सुरु गरेको छ । बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल रंगशालामा नेपाली टोली आयोजकसँग ६–० को फराकिलो अन्तरमा पराजित भएको छ । घरेलु टोलीलाई जित दिलाउन तोहुरा खातुनले ह्याट्रिक गरिन् भने अनुचिङ मोगिनीले २ र मोनिका चाक्माले १ गोल गरिन् […]
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यू १५ महिला टोलीले आयोजक बंगलादेशको सामना गर्दै साफ यू–१५ महिला फुटबल प्रतियोगिताको सुरुआत गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल रंगशालामा हुनेछ । नेपाल, बंगलादेशसँग भारत र भुटानको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । नेपाल […]
December 17, 2017
रेनेस (एजेन्सी) – फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले रेनेसलाई ४-१ ले हराएको छ । पिएसजीको जितमा नेयमारले दुई गोल गरेका थिए । खेलको सुरुवाती मिनेटमै पिएसजीले नेयमारको गोलमार्फत अग्रता लिन सफल भएको थियो । त्यस्तै खेलको १७ औं मिनेटमा किलियन बाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । […]
December 17, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीले गए राति टोटनह्यामलाई ४-१ ले हराएको छ । सिटीको जितमा रहिम स्टेर्लिङले २ गोल गरेका थिए । खेलको १४ औं मिनेटमा इल्के गुन्डगोनको गोलमार्फत सिटीले खेलमा अग्रता लिएको थियो । त्यस्तै दोस्रो हाफको ७० औं मिनेटमा केभिन डे ब्रुयनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । […]
December 17, 2017
अबू धाबी (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा गरेको एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले ग्रिमिओलाई क्लब विश्व कपमा १-० ले हराउँदै उपाधि जित्न सफल भएको छ । रोनाल्डोले ५३ औं मिनेटमा फ्रि किक मार्फत गरेको गोलले रियललाई लगातार दोस्रो पटक विश्व कप जित्ने पहिलो टोली बनाएको हो । ग्रीमिओका जेल्सनले रोनाल्डोलाई फौल गरेपछि पाएको फ्री किकलाई पोर्चुगेली स्टारले […]